Hebrews 13:7
आफ्ना अगुवाहरूलाई सम्झौ। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुसरण गर।
Hebrews 13:7 in Other Translations
King James Version (KJV)
Remember them which have the rule over you, who have spoken unto you the word of God: whose faith follow, considering the end of their conversation.
American Standard Version (ASV)
Remember them that had the rule over you, men that spake unto you the word of God; and considering the issue of their life, imitate their faith.
Bible in Basic English (BBE)
Keep in mind those who were over you, and who gave you the word of God; seeing the outcome of their way of life, let your faith be like theirs.
Darby English Bible (DBY)
Remember your leaders who have spoken to you the word of God; and considering the issue of their conversation, imitate their faith.
World English Bible (WEB)
Remember your leaders, men who spoke to you the word of God, and considering the results of their conduct, imitate their faith.
Young's Literal Translation (YLT)
Be mindful of those leading you, who did speak to you the word of God, whose faith -- considering the issue of the behaviour -- be imitating,
| Remember | Μνημονεύετε | mnēmoneuete | m-nay-moh-NAVE-ay-tay |
| them which have the rule | τῶν | tōn | tone |
| over | ἡγουμένων | hēgoumenōn | ay-goo-MAY-none |
| you, | ὑμῶν | hymōn | yoo-MONE |
| who | οἵτινες | hoitines | OO-tee-nase |
| have spoken | ἐλάλησαν | elalēsan | ay-LA-lay-sahn |
| unto you | ὑμῖν | hymin | yoo-MEEN |
| the | τὸν | ton | tone |
| word | λόγον | logon | LOH-gone |
| of | τοῦ | tou | too |
| God: | θεοῦ | theou | thay-OO |
| whose | ὧν | hōn | one |
| ἀναθεωροῦντες | anatheōrountes | ah-na-thay-oh-ROON-tase | |
| faith | τὴν | tēn | tane |
| follow, | ἔκβασιν | ekbasin | AKE-va-seen |
| considering | τῆς | tēs | tase |
| the | ἀναστροφῆς | anastrophēs | ah-na-stroh-FASE |
| end | μιμεῖσθε | mimeisthe | mee-MEE-sthay |
| of their | τὴν | tēn | tane |
| conversation. | πίστιν | pistin | PEE-steen |
Cross Reference
Hebrews 6:12
अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।
Hebrews 13:17
आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दुखित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।
Hebrews 13:24
तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई नमस्कार भनिदिनू। इटालीयाबाट आएका सबैको नमस्कार।
Acts 14:23
तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे।
Song of Solomon 1:8
तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो? स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ। जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।
Matthew 24:45
“बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ।
1 Timothy 3:5
यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला।
Revelation 20:4
तब मैले केही सिंहासनहरु जहाँ मानिसहरु बसेको देखें। यी मानिसहरु तिनीहरु थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरुको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरु येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरुले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरुले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरु फेरि जीवित भए अनि ख्रीष्टसंग एक हजार र्वष सम्म शासन गरे।
Revelation 6:9
त्यो भेंडाको पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरु देखें। ती आत्माहरु ती मारिएका मानिसहरुका थिए किनभने तिनीहरु परमेश्वरको सन्देश अनि तिनीहरुले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए।
Revelation 1:9
म यूहन्ना हुँ अनि म तिमीहरुको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ।
2 Thessalonians 3:9
यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुसरण गर, हामी आफ्नो हेरचाहकोलागी आफै खट्यौं।
1 Thessalonians 5:12
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर।
1 Thessalonians 2:13
तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैं परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं।
1 Thessalonians 1:6
अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आन्नदपूर्वक शिक्षा ग्रहण गर्यौं । त्यो आन्नद पवित्र आत्माले दिनुभएको हो।
Philippians 3:17
दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्।
1 Corinthians 10:13
हामीमा पनि अरूमा जस्तै प्रलोभन्हरू छन्। तर तिमीले परमश्वरमाथि भरोशा राख्न सक्छौ। उहाँले तिमीले सहनु सक्ने भन्दा बढता परीक्षा लिनु दिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।
1 Corinthians 4:16
यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु।
Romans 10:17
यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।
Luke 8:11
यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो।
Acts 4:31
विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।
Acts 7:55
तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले यशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे।
Acts 13:46
तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ र्फकनेछौं।
1 Corinthians 11:1
मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु।मालिकको अधीनमा हुनु
2 Thessalonians 3:7
तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं।
Luke 12:42
प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।