Deuteronomy 28:62
आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सकछन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एकदमै थोरे संख्यामा रहने छौ।
Deuteronomy 28:62 in Other Translations
King James Version (KJV)
And ye shall be left few in number, whereas ye were as the stars of heaven for multitude; because thou wouldest not obey the voice of the LORD thy God.
American Standard Version (ASV)
And ye shall be left few in number, whereas ye were as the stars of heaven for multitude; because thou didst not hearken unto the voice of Jehovah thy God.
Bible in Basic English (BBE)
And you will become a very small band, though your numbers were like the stars of heaven; because you did not give ear to the voice of the Lord your God.
Darby English Bible (DBY)
And ye shall be left a small company, whereas ye were as the stars of heaven for multitude; because thou hast not hearkened to the voice of Jehovah thy God.
Webster's Bible (WBT)
And ye shall be left few in number, whereas ye were as the stars of heaven for multitude; because thou wouldst not obey the voice of the LORD thy God.
World English Bible (WEB)
You shall be left few in number, whereas you were as the stars of the sky for multitude; because you didn't listen to the voice of Yahweh your God.
Young's Literal Translation (YLT)
and ye have been left with few men, instead of which ye have been as stars of the heavens for multitude, because thou hast not hearkened to the voice of Jehovah thy God.
| And ye shall be left | וְנִשְׁאַרְתֶּם֙ | wĕnišʾartem | veh-neesh-ar-TEM |
| few | בִּמְתֵ֣י | bimtê | beem-TAY |
| in number, | מְעָ֔ט | mĕʿāṭ | meh-AT |
| whereas | תַּ֚חַת | taḥat | TA-haht |
| אֲשֶׁ֣ר | ʾăšer | uh-SHER | |
| ye were | הֱיִיתֶ֔ם | hĕyîtem | hay-yee-TEM |
| as the stars | כְּכֽוֹכְבֵ֥י | kĕkôkĕbê | keh-hoh-heh-VAY |
| heaven of | הַשָּׁמַ֖יִם | haššāmayim | ha-sha-MA-yeem |
| for multitude; | לָרֹ֑ב | lārōb | la-ROVE |
| because | כִּי | kî | kee |
| thou wouldest not | לֹ֣א | lōʾ | loh |
| obey | שָׁמַ֔עְתָּ | šāmaʿtā | sha-MA-ta |
| the voice | בְּק֖וֹל | bĕqôl | beh-KOLE |
| of the Lord | יְהוָ֥ה | yĕhwâ | yeh-VA |
| thy God. | אֱלֹהֶֽיךָ׃ | ʾĕlōhêkā | ay-loh-HAY-ha |
Cross Reference
Nehemiah 9:23
तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो। तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई प्रवेश गर्ने, अधिकारदिनु भएको थियो। केटा-केटीहरू प्रवेश गरे र त्यो भूमि अधिकारमा लिए।
Deuteronomy 10:22
जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभुले तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ।
Deuteronomy 4:27
परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ।
Jeremiah 42:2
ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौ तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं।
Nehemiah 7:4
यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माणघरहरू प्रशस्त थिएनन्।
2 Kings 24:14
नबूकदनेसरले यरूशलेमका सबै मानिसहरूलाई पक्रिए। उनले सबै अगुवाहरू तथा अरू पनि मानिसहरूलाई पक्रिए। उनले 10,000 मानिसहरूलाई लगे अनि तिनीहरूलाई बन्दी बनाए। नबूकदनेसरले सबै दक्ष कर्मी अनि कारीगरहरूलाई लगे। साधारण मानिसहरूमा दरिद्र बाहेक अरू कोही रहेनन्।
Romans 9:27
अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्“इस्राएलका मानिसहरू समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्। तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।
Mark 13:20
उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।
Jeremiah 52:28
नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होःनबूकदनेस्सर राजा भएको सातौं वर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो।
Isaiah 24:6
यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई ध्वंस गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।
Isaiah 1:9
यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा ध्वंस्त भएका छैनौं।
2 Kings 13:7
अरामका राजाले योआहाजको सेनालाई परास्त गरे। अरामका राजाले सेनाका धेरै मानिसहरू मारे। उनले मात्र 50 वटा घोडा सैनिकहरू, 10 वटा रथहरू अनि 10,000 पैदल सैनिकहरू छोडि दिए। योआहाजका सैनिकहरू दाँई गर्दा हावाले उडाएको भुस जस्तै भए।
Leviticus 26:22
म तिमीहरू विरूद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिनीहरूलाई तिमीहरूका नानीहरू लैजानेछन्। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।