2 Chronicles 36 - BBE (Nepali)
1 Then the people of the land took Jehoahaz, the son of Josiah, and made him king in Jerusalem in place of his father.यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए।
2 Jehoahaz was twenty-three years old when he became king; he was ruling in Jerusalem for three months.यहोआहाज तेईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा तीन महीनासम्म राजा थिए।
3 Then the king of Egypt took the kingdom from him in Jerusalem, and put on the land a tax of a hundred talents of silver and a talent of gold.तब मिश्र देशका राजा नेकोले यहोआहाजलाई कैदी बनाए। नेकोले यहूदाका मानिसहरूलाई 100 तोडा चाँदी अनि एक तोडा सुन दण्डको रूपमा तिर्न लगाए।
4 And the king of Egypt made Eliakim his brother king over Judah and Jerusalem, changing his name to Jehoiakim. And Neco took his brother Jehoahaz away to Egypt.नेकोले यहोआहाजका भाइलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन भनी चुने। यहोआहाजका भाइको नाउँ एल्याकीम थियो। तब नेकोले एल्याकीमलाई नयाँ नाउँ दिए। तिनले उसको नाउँ यहोयाकीम राखे। तर नेकोले यहोआहाजलाई मिश्र देश लगे।
5 Jehoiakim was twenty-five years old when he became king; he was ruling in Jerusalem for eleven years, and he did evil in the eyes of the Lord his God.यहोयाकीम पच्चीस वर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार वर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वरा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरूद्ध पाप गरे।
6 Nebuchadnezzar, king of Babylon, came up against him, and took him away in chains to Babylon.बाबेलका राजा नबूकदनेसरले यहूदा माथि आक्रमण गरे तिनले यहोयाकीमलाई कैदगरे अनि काँसाका साङ्गलाहरूले बाँधे। तब नबूकदनेसरले राजा यहोयाकीमलाई बाबेलमा लगे।
7 And Nebuchadnezzar took away some of the vessels of the Lord's house, and put them in the house of his god in Babylon.नबूकदनेसरले परमप्रभुको मन्दिरबाट केही चीज-बीजहरू लगे। तिनले ती चीज-बीजहरू बाबेल लगे अनि तिनीहरूलाई तिनले आफ्नै निवास स्थानमा राखे।
8 Now the rest of the acts of Jehoiakim and the disgusting things he did, and all there is to be said against him, are recorded in the book of the kings of Israel and Judah; and Jehoiachin his son became king in his place.अन्य कुराहरू जो यहोयाकीमले गरे, भयानका पाप जो तिनले गरे अनि ती हरेक कुरा जो गरेकोमा तिनी दोषी छन्, यी सबै कुराहरू “इस्राएल अनि यहूदाका राजाहरूका इतिहास” नाउँका पुस्तकमा लेखिएका छन्। यहोयाकीन यहोयाकीमका स्थानमा नयाँ राजा भए। यहोयाकीन यहोयाकीमका छोरा थिए।
9 Jehoiachin was eighteen years old when he became king; he was ruling in Jerusalem for three months and ten days, and he did evil in the eyes of the Lord.यहोयाकीन अठाह्र वर्ष उमेरको हुँदा तिनी यहूदाका राजा भए। तिनी तीन महीना दशदिनसम्म यरूशलेममा राजा रहे। यहोयाकीनले परमप्रभुको विरूद्ध पाप गरे।
10 In the spring of the year King Nebuchadnezzar sent and took him away to Babylon, with the beautiful vessels of the house of the Lord, and made Zedekiah, his father's brother, king over Judah and Jerusalem.बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।
11 Zedekiah was twenty-one years old when he became king; he was ruling in Jerusalem for eleven years.सिदकियाह एक्काईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार वर्षसम्म यरूशलेममा राजा थिए।
12 He did evil in the eyes of the Lord, and did not make himself low before Jeremiah the prophet who gave him the word of the Lord.सिदकियाहले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनी द्वारा गरिएका चाहनु हुन्थ्यो। सिदकियाहले परमप्रभुको विरूद्ध पाप गरे। अगमवक्ता यिर्मयाले परमप्रभुबाट प्राप्त भएका संन्देशहरू भने। तर सिदकियाहले स्वयंलाई विनम्र तुल्याएनन् अनि यिर्मयाले भनेका कुराहरू पालन गरेनन्।
13 And he took up arms against King Nebuchadnezzar, though he had made him take an oath by God; but he made his neck stiff and his heart hard, turning away from the Lord, the God of Israel.सिदकियाह राजा नबूकदनेसरको विरूद्ध गए। अतीतकालमा नबूकदनेसरले सिदकियालाई नबूकदनेसर प्रती विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बद्लने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्ने कुरा अस्वीकार गरे।
14 And more than this, all the great men of Judah and the priests and the people made their sin great, turning to all the disgusting ways of the nations; and they made unclean the house of the Lord which he had made holy in Jerusalem.पूजाहारीहरूका अगुवाहरू अनि यहूदाका मानिसहरूका प्रमुखहरूले पनि धेरै पापहरू गरे अनि परमप्रभु प्रति झन बढ्ता अविश्वसनीय बने। तिनीहरूले अन्य राष्ट्रहरूका नराम्रा उदाहरण अनुसरण गरे। ती अगुवाहरूले परमप्रभुको मन्दिरलाई अशुद्ध पारे। परमप्रभुले यरूशलेममा मन्दिरलाई पवित्र तुल्याउनु भएको थियो।
15 And the Lord, the God of their fathers, sent word to them by his servants, sending early and frequently, because he had pity on his people and on his living-place;परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले आफ्ना मानिसहरूलाई चेताउनी दिनका निम्ति बारम्बार अगमवक्ताहरू पठाउनु भयो। परमप्रभुले यसो गर्नु भयो किनभने उहाँ तिनीहरू अनि आफ्ना मन्दिर प्रति दुःखित हुनुहुन्थ्यो। परमप्रभु तिनीहरूलाई वा आफ्ना मन्दिरलाई नष्ट गर्न चाहनु हुन्न थियो।
16 But they put shame on the servants of God, making sport of his words and laughing at his prophets, till the wrath of God was moved against his people, till there was no help.तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवक्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवक्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका संन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन।
17 So he sent against them the king of the Chaldaeans, who put their young men to death with the sword in the house of their holy place, and had no pity for any, young man or virgin, old man or white-haired: God gave them all into his hands.यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बृद्ध मानिसहरूलाई मारे। तिनले पुरूष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ्य मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो।
18 And all the vessels of the house of God, great and small, and the stored wealth of the Lord's house and the wealth of the king and his chiefs, he took away to Babylon.नबूकदनेसरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो हो वा सानो बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे।
19 And the house of God was burned and the wall of Jerusalem broken down; all its great houses were burned with fire and all its beautiful vessels given up to destruction.नबूकदनेसर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकरीहरूका भवनहरू जलाईदिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहूमुल्य चीजहरू लगे अथवा नष्ट गरिदिए।
20 And all who had not come to death by the sword he took away prisoners to Babylon; and they became servants to him and to his sons till the kingdom of Persia came to power:नबूकदनेसरले ती मानिसहरूलाई बाबेल फर्काइ लगे जो अझ जीवित थिए अनि तिनीहरूलाई दास हुन बाध्य तुल्याए। ती मानिसहरू फारस राज्यले बाबेल राज्यलाई परास्त नगरे सम्म दासको रूपमा बाबेलमा बसे।
21 So that the words of the Lord, which he said by the mouth of Jeremiah, might come true, till the land had had pleasure in her Sabbaths; for as long as she was waste the land kept the Sabbath, till seventy years were complete.यस प्रकारले यिर्मायाह अगमवक्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू साँच्चै घट्न गयो। परमप्रभुले यिर्मायाह द्वारा भन्नु भएको थियोः “यो स्थान सत्तरी वर्षसम्म शून्य उज्जाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूर्तिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”
22 Now in the first year of Cyrus, king of Persia, in order that the words which the Lord had said by the mouth of Jeremiah might come true, the spirit of Cyrus, king of Persia, was moved by the Lord, and he made a public statement and had it given out through all his kingdom and put in writing, saying,कोरेस फारसको राजा रहेको पहिलो वर्ष परमप्रभुले कोरेसलाई विशेष घोषणा गर्न लगाउनु भयो। उहाँले यसो गर्नु भयो जसद्वारा परमप्रभुले यिर्मयाह अगमवक्ता मार्फत दिनु भएका वचनका कुराहरू साँच्चै नै घटित् हुने छन्। कोरेसले आफ्नो राज्यका हरेक स्थानमा संन्देशवाहकहरू पठाए। तिनीहरूले यो संन्देश बोकेः
23 Cyrus, king of Persia, has said, All the kingdoms of the earth have been given to me by the Lord, the God of heaven; and he has made me responsible for building a house for him in Jerusalem, which is in Judah. Whoever there is among you of all his people, may the Lord his God be with him and let him go up.कोरेस, फारसका राजा भन्छन् - “परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सम्पूर्ण पृथ्वीको राजा बनाउनु भएको छ। उहाँले मलाई उहाँका निम्ति यरूशलेममा एउटा मन्दिर निर्माण गर्ने जिम्मा दिनु भएको छ। अब तिमीहरू सबै, जो परमेश्वरका मानिसहरू हौ, यरूशलेममा जानका निम्ति स्वतन्त्र छौ। अनि परमप्रभु तिम्रा परमेश्वर तिमीहरू साथ रहुन्।”
Nepali Bible