Ecclesiastes 3 - YLT (Nepali)
1 To everything -- a season, and a time to every delight under the heavens:प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।
2 A time to bring forth, And a time to die. A time to plant, And a time to eradicate the planted.जन्म लिने एउटा निश्चित समय छ, र मृत्युको पनि। रूख रोप्ने एउटा समय हुन्छ, अनि त्यसलाई उखेल्ने एउटा समय छ।
3 A time to slay, And a time to heal, A time to break down, And a time to build up.त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ, बनाउने एउटा समय।
4 A time to weep, And a time to laugh. A time to mourn, And a time to skip.कराउने र रूने एउटा समय हुन्छ अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ र नाच्ने र गाउने एउटा समय हुन्छ।
5 A time to cast away stones, And a time to heap up stones. A time to embrace, And a time to be far from embracing.एक समय हुन्छ ढुङ्गा फ्याँक्ने एक समय हुन्छ ढुङ्गा थुपार्ने। कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ त्यसै छोडिदिने एउटा समय हुन्छ।
6 A time to seek, And a time to destroy. A time to keep, And a time to cast away.एक समय हुन्छ कुनै चीज खोज्ने र एक समय हुन्छ हराओस् भन्ने एकसमय हुन्छ कतै फालि दिने एक समय हुन्छ र खोज्ने एक समय हुन्छ।
7 A time to rend, And a time to sew. A time to be silent, And a time to speak.त्यहाँ लुगा च्यात्ने एउटा समय छ र लुगा सिलाउने एउटा समय। त्यहाँ एउटा चुपचाप रहने समय छ बोल्ने एउटा समय छ।
8 A time to love, And a time to hate. A time of war, And a time of peace.एक समय हुन्छ माया गर्ने, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने।
9 What advantage hath the doer in that which he is labouring at?के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ?
10 I have seen the travail that God hath given to the sons of man to be humbled by it.मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ।
11 The whole He hath made beautiful in its season; also, that knowledge He hath put in their heart without which man findeth not out the work that God hath done from the beginning even unto the end.परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।
12 I have known that there is no good for them except to rejoice and to do good during their life,मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो।
13 yea, even every man who eateth and hath drunk and seen good by all his labour, it `is' a gift of God.परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्।
14 I have known that all that God doth is to the age, to it nothing is to be added, and from it nothing is to be withdrawn; and God hath wrought that they do fear before Him.म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्।
15 What is that which hath been? already it is, and that which `is' to be hath already been, and God requireth that which is pursued.जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।
16 And again, I have seen under the sun the place of judgment -- there `is' the wicked; and the place of righteousness -- there `is' the wicked.यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ।
17 I said in my heart, `The righteous and the wicked doth God judge, for a time `is' to every matter and for every work there.'यसकारण मैले आफ्नो मनमा भनें, ‘त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।
18 I said in my heart concerning the matter of the sons of man that God might cleanse them, so as to see that they themselves `are' beasts.मैले मानिसहरूको विषयमा सोचें अनि आफैंलाई भनें, ‘परमेश्वर चाहनुहुन्छ कि मानिसहरू आफूले आफूलाई त्यही रूपमा देखोस् जुन रूपमा तिनीहरूले त्यो पशुहरूलाई देख्दछन्।”
19 For an event `is to' the sons of man, and an event `is to' the beasts, even one event `is' to them; as the death of this, so `is' the death of that; and one spirit `is' to all, and the advantage of man above the beast is nothing, for the whole `is' vanity.के एउटा मानिस पशु भन्दा उत्तम छ? छैन! किन? किन कि हर कुरो व्यर्थ छ। मानिस तथा पशुहरू एउटै तरीकामा मर्छन्। तिनीहरू पृथ्वीमा आउँछन् पृथ्वीमा नै शेष हुन्छन्।
20 The whole are going unto one place, the whole have been from the dust, and the whole are turning back unto the dust.मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोवाट आएका हुन् अनि माटोमा नै मिल्छन।
21 Who knoweth the spirit of the sons of man that is going up on high, and the spirit of the beast that is going down below to the earth?कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?
22 And I have seen that there is nothing better than that man rejoice in his works, for it `is' his portion; for who doth bring him in to look on that which is after him?यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसलाई भविष्यमा के हुनेवाला छ देखाउन सक्तैन।
Nepali Bible