Bible

Ecclesiastes 1 - BBE (Nepali)

1 The words of the Preacher, the son of David, king in Jerusalem.यी उपदेशकका वचन हुन्। उपदेशकहरू दाऊदका पुत्र यरूशलेमका राजाका थिए।

2 All is to no purpose, said the Preacher, all the ways of man are to no purpose.उपदेशकको भनाइ छ; सबै थोक व्यर्थैका छन र अकारथ छ।अर्थात् सब कुरा व्यर्थ छ।

3 What is a man profited by all his work which he does under the sun?यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?

4 One generation goes and another comes; but the earth is for ever.एउटा पिँढी आउँछ र जान्छ तर संसार चलिरहन्छ।

5 The sun comes up and the sun goes down, and goes quickly back to the place where he came up.सूर्य उदाउँछ र अस्ताउँछ तर भोलिपल्ट त्यसै ठाँउबाट उदाउनलाई फेरि हतारिन्छ।

6 The wind goes to the south, turning back again to the north; circling round for ever.हावा दक्षिणतिर बहन्छ र यो उत्तरतिर पनि बहन्छ। हावा एक ठाउँदेखि अर्कोमा बहन्छ अनि त्यहीं फेरी फर्केर जहाँबाट बहेको थियो त्यहीं आउँछ।

7 All the rivers go down to the sea, but the sea is not full; to the place where the rivers go, there they go again.सबै नदीहरू एकै तिर बगिनै रहन्छन्। ती सबै समुद्रमा आएर मिसिन्छन्। तर पनि समुद्र कहिल्यै भरिँदैन।

8 All things are full of weariness; man may not give their story: the eye has never enough of its seeing, or the ear of its hearing.शब्दले वस्तुहरूको पूरा वर्णन गर्न सक्दैन।मानिसहरू र आफ्नो विचार व्यक्त गर्न सक्दैनन् तर पनि मानिसहरू बोलि नै रहन्छन्।शब्द हाम्रो कानमा बारम्बार परिरहन्छन्, तर तिनले हाम्रो कान भरिंदैनन्। हाम्रा आँखाले, जे-जति पनि देख्छन्, तीबाट कहिल्यै अघाउँदैनन्।

9 That which has been, is that which is to be, and that which has been done, is that which will be done, and there is no new thing under the sun.शुरू देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन।

10 Is there anything of which men say, See, this is new? It has been in the old time which was before us.कसैले भन्न सक्छ, “हेर, यो कुरो नयाँ रहेछ।” तर त्यो धेरै अघि देखि थियो, त्यो त हामी भन्दा पनि पहिले भएको थियो।

11 There is no memory of those who have gone before, and of those who come after there will be no memory for those who are still to come after them.धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अघिका मानिसहरूले गरेका थिए।

12 I, the Preacher, was king over Israel in Jerusalem.म, जो अहिले प्रचारक हुँ, एक समयमा यरूशलेममा इस्राएलको राजा थिएँ।

13 And I gave my heart to searching out in wisdom all things which are done under heaven: it is a hard thing which God has put on the sons of men to do.मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझे, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ।

14 I have seen all the works which are done under the sun; all is to no purpose, and desire for wind.सबै कामहरू जुन यो पृथ्वीमा गरें मैले तिनीहरूमाथि हेरें र देखें कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु।

15 That which is bent may not be made straight, and that which is not there may not be numbered.तिमी ती कुराहरूलाई बदल्न सक्दैनौ। यदि कुनै कुरो टेढो छ भने त्यसलाई तिमीले सोझो बनाउँन सक्दैनौ र यदि कुनै वस्तुको अभाव छ भने तिमीले त्यसलाई भर्न सक्दैनौ।

16 I said to my heart, See, I have become great and am increased in wisdom more than any who were before me in Jerusalem--yes, my heart has seen much wisdom and knowledge.मैले आफैंलाई भनें, “म खुबै बुद्धिमान् छु। म भन्दा अघि यरूशलेममा जति पनि राजाहरूले राज गरे, म ती सबै राजाहरू भन्दा अधिक बुद्धिमान् छु। म जान्दछु वास्तवमा बुद्धि र ज्ञान के हो?

17 And I gave my heart to getting knowledge of wisdom, and of the ways of the foolish. And I saw that this again was desire for wind.मैले यो पनि जान्ने निश्चय गरें कि मूर्खता पूर्ण चिन्तन भन्दा विवेक र ज्ञान कसरी श्रेष्ठ छन्। तर मलाई ज्ञान भयो विवेकी बन्ने प्रयास पनि त्यस्तै रहेछ जस्तो हावालाई पक्रने प्रयासगर्नु।

18 Because in much wisdom is much grief, and increase of knowledge is increase of sorrow.किन कि अधिक ज्ञानले त्यसै हतासा उब्जँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुख पनि प्राप्त गर्दछ।

Nepali Bible