Sign in / My account

Deuteronomy 14:3-21 in Nepali

Deuteronomy 14:3
“परमप्रभुबाट घृणा गरिएका चीजहरू कुनै पनि नखाऊ।

Deuteronomy 14:4
तिमीहरूले यी पशुहरू खान सक्छौः गोरू-गाई, भेडा, बाख्रा,

Deuteronomy 14:5
मृग, हरिण, बराँट, जंगली बोका, पहाडी बोका, चित्तल र पहाडी भेडाहरू।

Deuteronomy 14:6
खुर दुई भागमा चिरिएको छ र उग्राउँछ भने त्यस्ता कुनै पनि पशु खानुहुन्छ।

Deuteronomy 14:7
तर ऊँठ, खरायो अथवा भीर खरायो आदि नखाऊ यद्यपि यी पशुहरू उग्राउँछन्, यिनीहरूको खुर दुई भागमा चिरिएको छैन। यसकारण यी पशुहरू शुद्ध तिमीहरूका लागि खानु होइनन्।

Deuteronomy 14:8
अनि तिमीहरूले सूंगुर खानु हुँदैन। तिनीहरूको खुरहरू त चिरिएका छन् तर तिनीहरू उग्राउँदैनन्। यसकारण सूंगुर तिमीहरूको निम्ति शुद्ध खाना होइन र यसको कुनै अंगको मासु नखानु। मरेको सूंगुर तिमीहरूले नछुनु।

Deuteronomy 14:9
“पानीमा भएका प्राणीहरूमा जसको पंखेटा र कत्ला हुन्छ त्यो खानु सक्छौ।

Deuteronomy 14:10
तर पानीमा हुने प्राणीहरूमा जसको पंखेटा अनि कत्ला हुँदैन त्यस्ता प्राणी तिमीहरूले खानु हुँदैन कारण त्यो तिमीहरूको निम्ति अशुद्ध खाद्य हो।

Deuteronomy 14:11
“तिमीहरूले कुनै पनि शुद्ध पंक्षी खान सक्छौ।

Deuteronomy 14:12
तर यी पंक्षीहरूमा कुनै पनि नखाऊ; गरूड, गिद्ध र कालो गिद्ध,

Deuteronomy 14:13
सबै प्रकारको रातो चील र कालो चील,

Deuteronomy 14:14
सबै प्रकारका काग

Deuteronomy 14:15
ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुद्र-हाँस, सबै प्रकारको बेसारा,

Deuteronomy 14:16
सानो लाटोकोसेरो, ठूलो लाटोकोसेरो, सेतो लाटोकोसेरो,

Deuteronomy 14:17
मरूभूमिको लाटोकोसेरो, माछा खाने गिद्ध, पानी-काग,

Deuteronomy 14:18
सारस, सबै प्रकारको बकुल्लो, फाप्रेचरो अथवा चमेरो।

Deuteronomy 14:19
“पंखेटा भएका कुनै किरा नखाऊ किनभने तिनीहरू अशुद्ध हुन्छन्।

Deuteronomy 14:20
तर तिमीहरू सबै शुद्ध चराहरू खानु सक्छौ।

Deuteronomy 14:21
“यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किन? किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ।“बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ।

Nepali Bible