Deuteronomy 10 - WEB (Nepali)
1 At that time Yahweh said to me, Hew you two tables of stone like the first, and come up to me onto the mountain, and make an ark of wood.“त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुईवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ।
2 I will write on the tables the words that were on the first tables which you broke, and you shall put them in the ark.पहिलेको शिला-पाटीहरू जुन तिमीले फुटायौ, त्यसमा जे लेखिएको थियो म यी शिला-पाटीहरूमा पनि त्यही शब्दहरू लेख्नेछु। त्यसपछि ती पाटीहरू तिमीले सन्दूकमा राख।’
3 So I made an ark of acacia wood, and hewed two tables of stone like the first, and went up onto the mountain, having the two tables in my hand.“यसकारण मैले बबूल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए।
4 He wrote on the tables, according to the first writing, the ten commandments, which Yahweh spoke to you on the mountain out of the midst of the fire in the day of the assembly: and Yahweh gave them to me.पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैं त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो।
5 I turned and came down from the mountain, and put the tables in the ark which I had made; and there they are as Yahweh commanded me.म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखें परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”
6 (The children of Israel traveled from Beeroth Bene Jaakan to Moserah. There Aaron died, and there he was buried; and Eleazar his son ministered in the priest's office in his place.इस्राएलीहरू बाओथ-बने याकानीहरूको कूवाहरूदेखि हिंडेर मोसेरासम्म आए। त्यहाँ हारूनको मृत्यु भयो अनि तिनलाई त्यहीं गाडे। हारूनको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे।
7 From there they traveled to Gudgodah; and from Gudgodah to Jotbathah, a land of brooks of water.तब इस्राएली मानिसहरू मोसेराबाट गुदगुदासम्म हिंडेर गए अनि फेरि गुदगुदाबाट खोलाहरू भएको भूमि योतबातामा आए।
8 At that time Yahweh set apart the tribe of Levi, to bear the ark of the covenant of Yahweh, to stand before Yahweh to minister to him, and to bless in his name, to this day.त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरू कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आए झैं तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो।
9 Therefore Levi has no portion nor inheritance with his brothers; Yahweh is his inheritance, according as Yahweh your God spoke to him.)यसकारण लेवीहरूको भागमा भूमि परेन। तिनीहरूको भागमा परमप्रभु पर्नु भयो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नु भएको थियो। भूमि अरू कुलका मानिसहरूको भागमा मात्र पर्यो।
10 I stayed on the mountain, as at the first time, forty days and forty nights: and Yahweh listened to me that time also; Yahweh would not destroy you.“पहिला गरे झैं म पर्वतमा चालीस दिन चालीस रात बसें। त्यस समयमा परमप्रभुले पनि मेरो प्रार्थना सुन्नुभयो र तिमीहरूलाई ध्वंश नगर्ने निर्णय लिनुभयो।
11 Yahweh said to me, Arise, take your journey before the people; and they shall go in and possess the land, which I swore to their fathers to give to them.परमप्रभुले मलाई आज्ञा दिनुभयो, ‘मानिसहरूको यात्रामा मार्गदर्शन गर्न तिमी जाऊ। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसारको भूमिमा तिनीहरू बसोबास गर्न जान्छन्।’
12 Now, Israel, what does Yahweh your God require of you, but to fear Yahweh your God, to walk in all his ways, and to love him, and to serve Yahweh your God with all your heart and with all your soul,“इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ।
13 to keep the commandments of Yahweh, and his statutes, which I command you this day for your good?यसकारण आज म तिमीहरूलाई जुन आज्ञाहरू र विधि-विधानहरू बताउँदैछु ती सब पालन गर। यी विधि-विधानहरू र आज्ञाहरू तिमीहरू कै भलोको निम्ति हो।
14 Behold, to Yahweh your God belongs heaven and the heaven of heavens, the earth, with all that is therein.आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, पृथ्वी तथा यसमा भएका प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वर कै हुन्।
15 Only Yahweh had a delight in your fathers to love them, and he chose their seed after them, even you above all peoples, as at this day.परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई यति ज्यादै प्रेम गर्नुभयो उहाँले तिनीहरूका सन्तान तिमीहरूलाई आफ्नो मानिस बनाउन रोज्नु भयो। उहाँले तिमीहरूलाई सबै अरू जातिहरूको साट्टामा मन पराउनु भयो अनि आजसम्म तिमीहरू उहाँले रोज्नु भएको मानिसहरू हौ।
16 Circumcise therefore the foreskin of your heart, and be no more stiff-necked.“हठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर।
17 For Yahweh your God, he is God of gods, and Lord of lords, the great God, the mighty, and the awesome, who doesn't regard persons, nor takes reward.किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन।
18 He does execute justice for the fatherless and widow, and loves the foreigner, in giving him food and clothing.टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।
19 Therefore love the foreigner; for you were foreigners in the land of Egypt.यसकारण तिमीहरूले पनि ती विदेशीहरूलाई प्रेम गर किनभने मिश्र देशमा तिमीहरू विदेशीहरू नै थियौ।
20 You shall fear Yahweh your God; him shall you serve; and to him shall you cleave, and by his name shall you swear.“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।
21 He is your praise, and he is your God, who has done for you these great and awesome things, which your eyes have seen.परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ।
22 Your fathers went down into Egypt with seventy persons; and now Yahweh your God has made you as the stars of the sky for multitude.जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभुले तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ।
Nepali Bible