Bible

Deuteronomy 10 - BBE (Nepali)

1 At that time the Lord said to me, Make two other stones, cut like the first two, and come up to me on the mountain, and make an ark of wood.“त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुईवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ।

2 And I will put on the stones the words which were on the first stones which were broken by you, and you are to put them into the ark.पहिलेको शिला-पाटीहरू जुन तिमीले फुटायौ, त्यसमा जे लेखिएको थियो म यी शिला-पाटीहरूमा पनि त्यही शब्दहरू लेख्नेछु। त्यसपछि ती पाटीहरू तिमीले सन्दूकमा राख।’

3 So I made an ark of hard wood, and had two stones cut like the others, and went up the mountain with the stones in my hands.“यसकारण मैले बबूल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए।

4 And he put on the stones, as in the first writing, the ten rules which the Lord gave you on the mountain out of the fire on the day of the great meeting: and the Lord gave the stones to me.पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैं त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो।

5 And turning round I came down from the mountain and put the stones in the ark which I had made; and there they are as the Lord gave me orders.म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखें परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”

6 (And the children of Israel went on from Beeroth Bene-jaakan to Moserah: there death came to Aaron and he was put to rest in the earth; and Eleazar, his son, took his place as priest.इस्राएलीहरू बाओथ-बने याकानीहरूको कूवाहरूदेखि हिंडेर मोसेरासम्म आए। त्यहाँ हारूनको मृत्यु भयो अनि तिनलाई त्यहीं गाडे। हारूनको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे।

7 From there they went on to Gudgodah, and from Gudgodah to Jotbathah, a land of streams of water.तब इस्राएली मानिसहरू मोसेराबाट गुदगुदासम्म हिंडेर गए अनि फेरि गुदगुदाबाट खोलाहरू भएको भूमि योतबातामा आए।

8 At that time the Lord had the tribe of Levi marked out to take up the ark of the Lord's agreement, to be before the Lord and to do his work and to give blessings in his name, to this day.त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरू कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आए झैं तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो।

9 For this reason Levi has no part or heritage for himself among his brothers: the Lord is his heritage, as the Lord your God said to him.)यसकारण लेवीहरूको भागमा भूमि परेन। तिनीहरूको भागमा परमप्रभु पर्नु भयो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नु भएको थियो। भूमि अरू कुलका मानिसहरूको भागमा मात्र पर्यो।

10 And I was in the mountain, as at the first time, for forty days and forty nights; and again the ears of the Lord were open to my prayer, and he did not send destruction on you.“पहिला गरे झैं म पर्वतमा चालीस दिन चालीस रात बसें। त्यस समयमा परमप्रभुले पनि मेरो प्रार्थना सुन्नुभयो र तिमीहरूलाई ध्वंश नगर्ने निर्णय लिनुभयो।

11 Then the Lord said to me, Get up and go on your journey before the people, so that they may go in and take the land which I said in my oath to their fathers that I would give them.परमप्रभुले मलाई आज्ञा दिनुभयो, ‘मानिसहरूको यात्रामा मार्गदर्शन गर्न तिमी जाऊ। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसारको भूमिमा तिनीहरू बसोबास गर्न जान्छन्।’

12 And now, Israel, what would the Lord your God have you do, but to go in the fear of the Lord your God, walking in all his ways and loving him and doing his pleasure with all your heart and all your soul,“इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ।

13 Doing the orders of the Lord and keeping his laws which I give you this day for your good?यसकारण आज म तिमीहरूलाई जुन आज्ञाहरू र विधि-विधानहरू बताउँदैछु ती सब पालन गर। यी विधि-विधानहरू र आज्ञाहरू तिमीहरू कै भलोको निम्ति हो।

14 The Lord your God is ruler of heaven, of the heaven of heavens, and of the earth with everything in it.आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, पृथ्वी तथा यसमा भएका प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वर कै हुन्।

15 But the Lord had delight in your fathers and love for them, marking out for himself their seed after them, even you, from all peoples, as at this day.परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई यति ज्यादै प्रेम गर्नुभयो उहाँले तिनीहरूका सन्तान तिमीहरूलाई आफ्नो मानिस बनाउन रोज्नु भयो। उहाँले तिमीहरूलाई सबै अरू जातिहरूको साट्टामा मन पराउनु भयो अनि आजसम्म तिमीहरू उहाँले रोज्नु भएको मानिसहरू हौ।

16 Let your circumcision be of the heart, and put away your pride.“हठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर।

17 For the Lord your God is God of gods and Lord of lords, the great God, strong in power and greatly to be feared, who has no respect for any man's position and takes no rewards:किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन।

18 Judging uprightly in the cause of the widow and of the child who has no father, and giving food and clothing in his mercy to the man from a strange country.टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।

19 So be kind to the man from a strange country who is living among you, for you yourselves were living in a strange country in the land of Egypt.यसकारण तिमीहरूले पनि ती विदेशीहरूलाई प्रेम गर किनभने मिश्र देशमा तिमीहरू विदेशीहरू नै थियौ।

20 Let the fear of the Lord your God be before you, give him worship and be true to him at all times, taking your oaths in his name.“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।

21 He is your God, the God of your praise, your God who has done for you all these works of power which your eyes have seen.परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ।

22 Your fathers went down into Egypt with seventy persons; and now the Lord your God has made you like the stars of heaven in number.जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभुले तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ।

Nepali Bible