Bible

Daniel 5 - BBE (Nepali)

1 Belshazzar the king made a great feast for a thousand of his lords, drinking wine before the thousand.राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले।

2 Belshazzar, while he was overcome with wine, gave orders for them to put before him the gold and silver vessels which Nebuchadnezzar, his father, had taken from the Temple in Jerusalem; so that the king and his lords, his wives and his other women, might take their drink from them.दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन।

3 Then they took in the gold and silver vessels which had been in the Temple of the house of God at Jerusalem; and the king and his lords, his wives and his other women, took wine from them.जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए।

4 They took their wine and gave praise to the gods of gold and silver, of brass and iron and wood and stone.तिनीहरूले दाखरस पिए त्यस पछि उनीहरूले पूजा गर्ने सुन, चाँदी काँसा, फलाम, काठ र ढुङ्गाको देवताहरूको प्रशंशा गर्न थाले।

5 In that very hour the fingers of a man's hand were seen, writing opposite the support for the light on the white wall of the king's house, and the king saw the part of the hand which was writing.त्यस समयमा अचानक एकजना मानिसको हातको औंलाले सामदानको अघि महलको भित्तामा केही लेखि रहेको देखियो। राजाले भित्तामा लेखिरहेको हात देखे।

6 Then the colour went from the king's face, and he was troubled by his thoughts; strength went from his body, and his knees were shaking.यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले।

7 The king, crying out with a loud voice, said that the users of secret arts, the Chaldaeans, and the readers of signs, were to be sent for. The king made answer and said to the wise men of Babylon, Whoever is able to make out this writing, and make clear to me the sense of it, will be clothed in purple and have a chain of gold round his neck, and will be a ruler of high authority in the kingdom.अनि राजा चिच्याएर बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरूषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेस्रो गनिने छ।”

8 Then all the king's wise men came in: but they were not able to make out the writing or give the sense of it to the king.त्यस पछि सबै ज्ञानी पुरूषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढन सकेनन्।

9 Then King Belshazzar was greatly troubled and the colour went from his face, and his lords were at a loss.यसकारण राजा बेलसजर साहै डराए अनि चिन्तित भए। अनि उनका सबै हाकिमहरू पनि चिन्तित भए।

10 The queen, because of the words of the king and his lords, came into the house of the feast: the queen made answer and said, O King, have life for ever; do not be troubled by your thoughts or let the colour go from your face:राजा र अधिकारीहरूको हल्ला-खल्ला सुनेर राजमाता भोजमा आइन् र राजमाताले भनिन्, “राजा अमर रहुन। नडराऊ।

11 There is a man in your kingdom in whom is the spirit of the holy gods; and in the days of your father, light and reason like the wisdom of the gods were seen in him: and King Nebuchadnezzar, your father, made him master of the wonder-workers, and the users of secret arts, and the Chaldaeans, and the readers of signs;तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए।

12 Because a most special spirit, and knowledge and reason and the power of reading dreams and unfolding dark sayings and answering hard questions, were seen to be in him, even in Daniel (named Belteshazzar by the king): now let Daniel be sent for, and he will make clear the sense of the writing.यिनी दानियल, जसलाई राजाले बेलसजर नाउँ राखिदिए, खूबै उत्तम आत्मा, बुद्धि र समझ भएका सपनाको अर्थ खोल्ने, अड्को फुकाउने र समस्याहरू हल गर्ने ज्ञान भएका छन्। अब यिनै दानियललाई बोलाउन पठाऊ, र तिनले अर्थ खोलिदिनेछन्।”

13 Then they took Daniel in before the king; the king made answer and said to Daniel, So you are that Daniel, of the prisoners of Judah, whom my father took out of Judah.त्यस पछि दानियललाई राजाको अघि पेश गरियो। राजाले दानियललाई भने, “तिमीनै दानियल हौ, निकालाबास भएको एक यहूदी, जसलाई राजा, मेरो पितामहले यहूदाबाट ल्याएका थिए।

14 And I have had news of you, that the spirit of the gods is in you, and that light and reason and special wisdom have been seen in you.मैले तिम्रो विषयमा सुनें। तिमी एकजना त्यस्ता मानिस हौ जसमा पवित्र देवताहरूको आत्मा छ। तिमी एकजना त्यस्तो मानिस हौ, जसकोमा उत्तम समझ र अचम्मको रहस्य बुझ्ने ज्ञान छ।

15 And now the wise men, the users of secret arts, have been sent in before me for the purpose of reading this writing and making clear to me the sense of it: but they are not able to make clear the sense of the thing:बुद्धिमान पुरूष अनि तांत्रिकहरूलाई यो भित्ताको लेखौटको अर्थ बताउँनको निम्ति मेरोमा ल्याइयो। म चाहन्थें कि उनीहरूले यसको अर्थ खोलुन्। तर तिनीहरूले भित्ताको लेखौटको व्याख्या गर्न सकेनन्।

16 And I have had news of you, that you have the power of making things clear, and of answering hard questions: now if you are able to make out the writing and give me the sense of it, you will be clothed in purple and have a gold chain round your neck and be a ruler of high authority in the kingdom.मैले सुनें तिमीले यसको अर्थ खोल्न र व्याख्या गर्न सक्छौ अनि समस्याहरू हल गर्न सक्छौ। हेर, यदि तिमीले यो पढ्न सक्यौ अनि मलाई व्याख्या गर्न सक्यौ भने तिमीलाई बैजनी वस्त्र अनि सुनको हार दिनेछु। साथै तिमी यस राज्यको दर्जामा तेस्रो मानिस गनिनेछौ।”

17 Then Daniel made answer and said to the king, Keep your offerings for yourself, and give your rewards to another; but I, after reading the writing to the king, will give him the sense of it.त्यस पछि दानियलले उत्तर दिए, “तपाईंको उपहारहरू तपाईंनै राख्नु होस्, अनि आफ्ना उपहारहरू अरूलाई नै दिनु होस्। तर म यो लेखौट पढेर तपाईंलाई यसको अर्थ खोलि दिन्छु।

18 As for you, O King, the Most High God gave to Nebuchadnezzar, your father, the kingdom and great power and glory and honour:सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो।

19 And because of the great power he gave him, all peoples and nations and languages were shaking in fear before him: some he put to death and others he kept living, at his pleasure, lifting up some and putting others down as it pleased him.अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अघि डरले थरथर काम्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्राण लिन्थे वा जीउँदो राख्थे, पदोन्नति गरिदिन्थे वा पदाच्यूत गरिदिन्थे।

20 But when his heart was lifted up and his spirit became hard with pride, he was put down from his place as king, and they took his glory from him:“तर जब नबूकदनेस्सर अट्टेरी, ढिट र अभिमानी भए तब तिनी आफ्नो सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो।

21 And he was sent out from among the sons of men; and his heart was made like the beasts', and he was living with the asses of the fields; he had grass for his food like the oxen, and his body was wet with the dew of heaven, till he was certain that the Most High is ruler in the kingdom of men, and gives power over it to anyone at his pleasure.तब नबूकदनेस्सर समाजबाट निकालिए। उनको मन पशुको जस्तै बनाईयो तिनको बसाई जङ्गली गधाहरूसित हुन थाल्यो। अनि गाईले जस्तै घाँस खान थाले। उनको शरीर आकाशको शीतले भिज्यो। उनीमाथि यस्तो हुँदै गयो, फेरि उनलाई ज्ञान भयो कि मानिसको राज्य माथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ अनि साम्राज्यहरूमाथि शासन गर्नको निम्ति उहाँले जसलाई चाहानुहुन्छ त्यसैलाई पठाउँनुहुन्छ।

22 And you, his son, O Belshazzar, have not kept your heart free from pride, though you had knowledge of all this;“अनि तिमी बेलसजर उहाँकै नाति हुनुहुन्छ, तपाईंले यो सबै कुरा जान्दा जान्दै पनि अझै आफ्नो हृदयलाई नम्र बनाउनु भएको छैन।

23 But you have been lifting yourself up against the Lord of heaven, and they have put the vessels of his house before you, and you and your lords, your wives and your women, have taken wine in them; and you have given praise to gods of silver and gold, of brass and iron and wood and stone, who are without the power of seeing or hearing, and without knowledge: and to the God in whose hand your breath is, and whose are all your ways, you have not given glory;होइन, तपाईं नम्र हुनु भएन यसको सट्टामा तपाईं स्वर्गका परमेश्वरको विरूद्धमा खडा हुनुभयो। तपाईंले परमप्रभुको मन्दिरका भाँडा-कुँडाहरू तपाईंकहाँ ल्याउने आज्ञा दिनुभयो, अनि तपाईं र राज भवनका अधिकारीहरू, तपाईंका पत्नीहरू र दासहरूले त्यो भाँडाहरूमा दाखरस पिउनु भयो। तपाईंले दाखरस पिउँदै सुन, चाँदी, काँस, फलाम, काठ अनि ढुङ्गाका देवताहरूको महिमा गर्न थाल्नु भयो। तिनीहरू साँचो देवता होइनन्। तिनीहरूले देख्न सक्तैनन् सुन्न सक्तैनन् तथा केही पनि सोच्न सक्तैनन्। तर तपाईंले परमेश्वरको सम्मान गर्नुभएन जसको शक्तिमा तपाईंको जीवन अनि प्रत्येक कुरा त्यसमाथि निर्भर छ।

24 Then the part of the hand was sent out from before him, and this writing was recorded.यसैले, परमेश्वरले त्यो हात पठाउनु भयो, जसले भित्तामा लेखौट लेख्यो।

25 And this is the writing which was recorded, Mene, tekel, peres.लेखौट यही हो“मने, मने तकेल, पर्सीन।“

26 This is the sense of the words: Mene; your kingdom has been numbered by God and ended.“अनि त्यो लेखौटको व्याख्या यही हो “अर्थात तिम्रो राज्यको अन्त हुन्छ, परमेश्वरले त्यति बेला सम्मको दिन गनी सक्नु भएको छ।

27 Tekel; you have been put in the scales and seen to be under weight.तकेल-तिमीलाई तराजुमा जोखियो अनि तिमीलाई घट्दै गएको पाइयो।

28 Peres; your kingdom has been cut up and given to the Medes and Persians.पर्सीन तिम्रो राज्य भाग भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।”

29 Then, by the order of Belshazzar, they put a purple robe on Daniel, and a gold chain round his neck, and a public statement was made that he was to be a ruler of high authority in the kingdom.यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस् अनि तिनी राज्यको तेस्रो दर्जाको मानिस हुन् भनी घोषण गरियो।

30 That very night Belshazzar, the king of the Chaldaeans, was put to death.त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए।

Nepali Bible