Daniel 2:1-23 in Nepali
Daniel 2:1
आफ्नो शासनकालको दोस्रो वर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुत्न सकेनन्।
Daniel 2:2
राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा जे घट्नेवाला छ, त्यो पहिले नै संकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सकुन्। तिनीहरू आए र राजाको सामु उभिए।
Daniel 2:3
त्यस पछि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, जसले गर्दा म एकदमै व्याकुल छु। म यो जान्न चाहन्छु कि त्यो सपनाको अर्थ के हो?”
Daniel 2:4
त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, “महाराज अमर रहुन! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।”
Daniel 2:5
यसपछि राजाले कल्दीहरूलाई भने, “होइन! त्यो सपना के थियो, यो पनि तिमीले बताउँनु पर्छ अनि त्यो सपनाको अर्थ के हो, यो पनि तिमीले बताउँनु पर्छ। यदि तिमीले यस्तो गर्न सकेनौ भने म तिमीलाई टुक्रा-टुक्रा पार्नेछु अनि तिम्रो घर भत्काएर जनताको शौचालय बनाउनेछु।
Daniel 2:6
तर तिमीले मेरो सपना बताएर त्यसको व्याख्या गरिदियौ भने म तिमीलाई धेरै उपहारहरू, आदार प्रदान गर्नेछु। अब मेरो सपना र त्यसको व्याख्या गर।”
Daniel 2:7
ती बुद्धिमानहरूले फेरि उत्तर दिए, “हे राजा, कृपया हामी तपाईंका दासहरूलाई सपना बताई दिनु होस् र हामी त्यसको अर्थ व्याख्या गरिदिन्छौं।”
Daniel 2:8
राजाले जवाफ दिए, “म जान्दछु, कि तिमीहरूले समय नाश गरिरहेकाछौ। किनभने तिमीहरू जान्दछौ मेरो हुकुम त्यस्तै रहनेछ।
Daniel 2:9
जस्तो कि यदि तिमीहरूले मेरो सपनाको बारेमा बताउँदैनौ भने म तिमीहरू प्रत्येकलाई दण्ड दिनेछु। यसकारण तिमीहरू मलाई सपना पक्कै भन्नेछौ ताकि म जान्नेछु कि तिमीहरू सपनाको व्याख्या सही तरिकाले गर्न सक्षम छौ।”
Daniel 2:10
कल्दीहरूले राजालाई उत्तर दिँदै भने, “हे महाराज, तपाईंले जे भन्नु हुँदैछ त्यो गर्न सक्ने मानिस यस पृथ्वीमा केही छैन। कुनै पनि राजा, ऊ जति नै महान अथवा शक्तिशाली होस् उसले कहिले पनि ज्ञानी अथवा जादुवाला अथवा कल्दीहरूलाई यस्तो कर्म गर्न लगाएको छैन।
Daniel 2:11
राजाले केही कुरा रोधि रहेका छन् त्यो गर्न एक्दमै अफ्ठ्यारो छ। देवताहरूले मात्र राजाको सपना अनि यसको अर्थ के हो भन्न सक्नेछन। तर देवताहरू मानिसहरूसित बस्दैनन्।”
Daniel 2:12
जब राजाले यो कुरा सुने, तिनी साह्रै रिसाए अनि बाबेलका सबै ज्ञानी मानिसहरूलाई ध्वंश गरिनु पर्ने आदेश दिए।
Daniel 2:13
यसकारण राजा नबूदकनेसरको आज्ञा घोषणा गरियो कि सबै ज्ञानी मानिसहरूलाई मार्नु पर्छ! राजाका मानिसहरूले दानियल र उसका साथीहरूलाई पनि मार्नु भनी हल्ला गरे अनि खोजी गर्न पठाए।
Daniel 2:14
अर्योक बाबेलका बुद्धिमानी मानिसहरूलाई मार्न तयार थिए। तर दानियलले राजाका सेनापति अर्योकसित कुरा-कानी गरे। दानियलले अर्योकसित बुद्धिमानी कुरा गरे।
Daniel 2:15
दानियलले अर्योकलाई सोधे, “राजाले यति कठोर दण्डको आदेश किन दिनुभएकोछ?”उत्तरमा अर्योकले राजाको सपनाको सम्पूर्ण कथा बताए अनि दानियलले बुझे।
Daniel 2:16
जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्।
Daniel 2:17
त्यसपछि दानियल आफ्नो घर गए अनि उसका साथीहरू, हनन्याह, मीशाएल अनि अजर्याहलाई सम्पूर्ण कुराहरू सुनाए।
Daniel 2:18
दानियलले आफ्ना साथीहरूलाई स्वर्गका परमेश्वरसँग प्रार्थना गर्नुभने। दानियलले उनीहरूलाई भने कि स्वर्गका परमेश्वरलाई प्रार्थना गर्दा उनीहरूमाथि दयालु हुन् अनि यो रहस्य बुझ्नमा सहायता गरून् जसबाट बाबेलको दोस्रो बुद्धिमानी पुरूषहरूसँग दानियल र उसका साथीहरू नमारिउन।
Daniel 2:19
रातको समय परमेश्वरले दानियललाई दर्शनको गुप्त बताई दिनुभयो। त्यसपछि स्वर्गका परमेश्वरको स्तुति गरे।
Daniel 2:20
दानियलले भने“परमेश्वरको नाउँको सदा-सर्वदा प्रशंसा गर! शक्ति र ज्ञान उहाँमा हुन्छ।
Daniel 2:21
उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ र उहाँले नै खोस्नुहुन्छ। उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन् उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ अनि मानिसहरू ज्ञानी हुन्छन्।
Daniel 2:22
उहाँले गहिरो अनि गुप्त रहस्यहरू प्रर्दशित गराउनु हुन्छ। उहाँले जान्नु हुन्छ अन्धकारमा के छ अनि ज्योति उहाँसँगै छ।
Daniel 2:23
हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, अनि तपाईंको गुणगान गाउँछु। तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो। जुन कुरा हामीले सोध्यौं त्यसको रहस्य तपाईंले नै बताउँनु भयो। तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउँनु भयो।”
Nepali Bible