Bible

Acts 8 - DBY (Nepali)

1 And Saul was consenting to his being killed. And on that day there arose a great persecution against the assembly which was in Jerusalem, and all were scattered into the countries of Judaea and Samaria except the apostles.शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए।विश्वासीहरूलाई सताइ

2 And pious men buried Stephen and made great lamentation over him.केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे। त्यही दिनदेखि यहूदी हरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए।

3 But Saul ravaged the assembly, entering into the houses one after another, and dragging off both men and women delivered them up to prison.उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदीया र सामरिया भरि फैलिएका थिए।

4 Those then that had been scattered went through [the countries] announcing the glad tidings of the word.विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।

5 And Philip, going down to a city of Samaria, preached the Christ to them;फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे।

6 and the crowds with one accord gave heed to the things spoken by Philip, when they heard [him] and saw the signs which he wrought.मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने।

7 For from many who had unclean spirits they went out, crying with a loud voice; and many that were paralysed and lame were healed.धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए।

8 And there was great joy in that city.त्यही कारणले गर्दा त्यस शहरमा मानिसहरू अत्यन्त आनन्दित थिए।

9 But a certain man, by name Simon, had been before in the city, using magic arts, and astonishing the nation of Samaria, saying that himself was some great one.तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे।

10 To whom they had all given heed, from small to great, saying, This is the power of God which is called great.निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्तिट भनिन्छ!”

11 And they gave heed to him, because that for a long time he had astonished them by his magic arts.शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए।

12 But when they believed Philip announcing the glad tidings concerning the kingdom of God and the name of Jesus Christ, they were baptised, both men and women.तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुरुष-स्त्रीहरू जसले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए।

13 And Simon also himself believed; and, having been baptised, continued constantly with Philip; and, beholding the signs and great works of power which took place, was astonished.शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे।

14 And the apostles who were in Jerusalem, having heard that Samaria had received the word of God, sent to them Peter and John;प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए।

15 who, having come down, prayed for them that they might receive [the] Holy Spirit;जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे।

16 for he was not yet fallen upon any of them, only they were baptised to the name of the Lord Jesus.ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे।

17 Then they laid their hands upon them, and they received [the] Holy Spirit.तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।

18 But Simon, having seen that by the laying on of the hands of the apostles the [Holy] Spirit was given, offered them money,प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै।

19 saying, Give to me also this power, in order that on whomsoever I may lay hands he may receive [the] Holy Spirit.अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।”

20 And Peter said to him, Thy money go with thee to destruction, because thou hast thought that the gift of God can be obtained by money.पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ।

21 Thou hast neither part nor lot in this matter, for thy heart is not upright before God.यस काममा हामीसंग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन।

22 Repent therefore of this thy wickedness, and supplicate the Lord, if indeed the thought of thy heart may be forgiven thee;तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ।

23 for I see thee to be in the gall of bitterness, and bond of unrighteousness.किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।”

24 And Simon answering said, Supplicate *ye* for me to the Lord, so that nothing may come upon me of the things of which ye have spoken.शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”

25 They therefore, having testified and spoken the word of the Lord, returned to Jerusalem, and announced the glad tidings to many villages of the Samaritans.त्यसपछि, ती दुई प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदी सामरीयाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे।एथियोपियावासीलाई फिलिपले शिक्षा दिए

26 But [the] angel of [the] Lord spoke to Philip, saying, Rise up and go southward on the way which goes down from Jerusalem to Gaza: the same is desert.परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ । यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।”

27 And he rose up and went. And lo, an Ethiopian, a eunuch, a man in power under Candace queen of the Ethiopians, who was over all her treasure, who had come to worship at Jerusalem,यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकार थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए।

28 was returning and sitting in his chariot: and he was reading the prophet Esaias.अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।

29 And the Spirit said to Philip, Approach and join this chariot.आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।”

30 And Philip, running up, heard him reading the prophet Esaias, and said, Dost thou then know what thou art reading of?तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”

31 And he said, How should I then be able unless some one guide me? And he begged Philip to come up and sit with him.त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो।

32 And the passage of the scripture which he read was this: He was led as a sheep to slaughter, and as a lamb is dumb in presence of him that shears him, thus he opens not his mouth.उसले पढदै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः“जसरी भेडा काटिन लगिन्छ भेडको पाठा कत्रनेको चुपचाप सामु उभिन्छ, त्यसरी नै उनी रहे।

33 In his humiliation his judgment has been taken away, and who shall declare his generation? for his life is taken from the earth.उहाँको उपहास गरियो अनि उहाँका अधिकारहरू खोसियो। पृथ्वीमा उहाँको जीवन समाप्त भयो अनि उहाँको पुस्तको विषयमा भन्न को सामर्थ हुनेछ?”

34 And the eunuch answering Philip said, I pray thee, concerning whom does the prophet say this? of himself or of some other?त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?”

35 And Philip, opening his mouth and beginning from that scripture, announced the glad tidings of Jesus to him.फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।

36 And as they went along the way, they came upon a certain water, and the eunuch says, Behold water; what hinders my being baptised?उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे।

38 And he commanded the chariot to stop. And they went down both to the water, both Philip and the eunuch, and he baptised him.त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गरयो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए।

39 But when they came up out of the water [the] Spirit of [the] Lord caught away Philip, and the eunuch saw him no longer, for he went on his way rejoicing.जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए।

40 And Philip was found at Azotus, and passing through he announced the glad tidings to all the cities till he came to Caesarea.तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।

Nepali Bible