Bible

Acts 18 - YLT (Nepali)

1 And after these things, Paul having departed out of Athens, came to Corinth,पछि, पावलले एथेन्स छोडे अनि कोरिन्थ गए।

2 and having found a certain Jew, by name Aquilas, of Pontus by birth, lately come from Italy, and Priscilla his wife -- because of Claudius having directed all the Jews to depart out of Rome -- he came to them,तिनले त्यहाँ अक्वीला नाउँ भएको एकजना यहूदी भेटे। अक्वीला पोन्टस भन्ने प्रदेशमा जन्मिएका थिए। तर उनी र उनकी पत्नी प्रिस्किला भर्खरै इटालीबाट कोरिन्थ आइपुगेका थिए किनभने क्लौडियसले सबै रोम छोडनु पर्छ भन्ने आदेश गरेका थिए। पावल तिनीहरूलाई भेट्न गए।

3 and because of being of the same craft, he did remain with them, and was working, for they were tent-makers as to craft;तिनीहरूले पावलले जस्तै तम्बू बनाउने काम गथेर्। पावल तिनीहरू संगै बसे र तिनीहरूसंग तम्बू बनाउने काम गरे।

4 and he was reasoning in the synagogue every sabbath, persuading both Jews and Greeks.प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसंग कुरा गर्थे। तिनले येशूमा विश्वास पार्न लगातार तिनीहरूमाथि प्रयत्न गरिरहे।

5 And when both Silas and Timotheus came down from Macedonia, Paul was pressed in the Spirit, testifying fully to the Jews Jesus the Christ;सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नमा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए।

6 and on their resisting and speaking evil, having shaken `his' garments, he said unto them, `Your blood `is' upon your head -- I am clean; henceforth to the nations I will go on.'तर यहूदीहरूले पावलको शिक्षाहरू ग्रहण गरेनन्। यहूदीहरले एगदमै निन्दनीय वचनहरू लगाए। यसकारण पावलले आफ्नो लुगाहरूबाट धुला झारे। उनले यहूदीहरूलाई भने, “यदी तिमीहरू मुक्ति चाँहदैनौ भने, त्यो तिमीहरूकै गल्ती हुनेछ! मैले आफूले सक्दो गरें। अब म गैर-यहूदीहरूकहाँ जानेछू।”

7 And having departed thence, he went to the house of a certain one, by name Justus, a worshipper of God, whose house was adjoining the synagogue,पावल सभाघरबाट बिदा लिए अनि टाइटस जुसटस नाउँ भएको मानिसको घरमा गए। त्यस मानिस सत्य परमेश्वरको पूजाहारी थियो। उसको घर सभाघरकै अर्कोपट्टि थियो।

8 and Crispus, the ruler of the synagogue did believe in the Lord with all his house, and many of the Corinthians hearing were believing, and they were being baptized.क्रिस्पस सभाघरको प्रमुख थिए। क्रिस्पस र अन्य सबै मानिसहरू जो उनको घरमा बस्दथे उनीहरूले प्रभुमा विश्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावल को समाचार गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावलको समाचार ध्यान लगाएर सुने अनि विश्वास गरे अनि बप्तिस्मा लिए।

9 And the Lord said through a vision in the night to Paul, `Be not afraid, but be speaking and thou mayest be not silent;राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसंग बोलिरहौ! नरोक!

10 because I am with thee, and no one shall set on thee to do thee evil; because I have much people in this city;'म तिमीसंग छु। तिमीलाई नोक्सान पार्न कुनै प्रयत्न सफल हुदैंन। मेरा धेरै मानिसहरू यस शहरमा छन्।”

11 and he continued a year and six months, teaching among them the word of God.पावल त्यहाँ डेढ र्वषसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए।

12 And Gallio being proconsul of Achaia, the Jews made a rush with one accord upon Paul, and brought him unto the tribunal,गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित नयायलयमा लगे।

13 saying -- `Against the law this one doth persuade men to worship God;'यहूदीहरूले गल्लियोलाई भने, “यस मानिसले हाम्रो कानूनको विरुद्ध ईश्वर पूज्नु भनेर मानिसहरूलाई फकाउने चेष्टा गर्दैछ!”

14 and Paul being about to open `his' mouth, Gallio said unto the Jews, `If, indeed, then, it was anything unrighteous, or an act of wicked profligacy, O Jews, according to reason I had borne with you,पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गल्ती अथवा अपराधपूर्ण कामका भए म तिमीहरूका कुरा सुन्ने थिएँ।

15 but if it is a question concerning words and names, and of your law, look ye yourselves `to it', for a judge of these things I do not wish to be,'तर यी शब्दहरू, नाउँहरू र तिमीहरूकै व्यवस्था विषयको हो। यसर्थ यी समस्याहरू तिमीहरू आफैं मिलाऊ। म त्यस्ता प्रकारका कुराहरूमा न्यायकर्ता हुन चाहन्न।”

16 and he drave them from the tribunal;तब तिनीहरूलाई गल्लियोले न्यायलयबाट विदा दिए।

17 and all the Greeks having taken Sosthenes, the chief man of the synagogue, were beating `him' before the tribunal, and not even for these things was Gallio caring.तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन।

18 And Paul having remained yet a good many days, having taken leave of the brethren, was sailing to Syria -- and with him `are' Priscilla and Aquilas -- having shorn `his' head in Cenchera, for he had a vow;पावल दाज्यु-भाइहरूसंग धेरै दिन बसे। त्यपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंक्रियामा परमेश्वरसंग आफ्नो प्रतिज्ञा पुरा गर्न पावलले आफ्नो केश कटाए।

19 and he came down to Ephesus, and did leave them there, and he himself having entered into the synagogue did reason with the Jews:त्यसपछि तिनीहरू एफिसस्‌मा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिसस्‌मा हुँदा सभाघरमा गए अनि यहूदीहरूसंग बात गरे।

20 and they having requested `him' to remain a longer time with them, he did not consent,तिनीहरूले पावललाई अझै केही दिन सम्म बस्ने आग्रह गरे तर तिनले मानेनन्।

21 but took leave of them, saying, `It behoveth me by all means the coming feast to keep at Jerusalem, and again I will return unto you -- God willing.' And he sailed from Ephesus,पावलले विदा लिएर हिंड्ने बेलामा भने, “यदि परमेश्वरको इच्छा भयो भने म तपाईंहरूकोमा आउनेछु।” अनि तिनी एफिससबाट जल यात्रा गरेर गए।

22 and having come down to Cesarea, having gone up, and having saluted the assembly, he went down to Antioch.पावल सिजरिया शहरमा गए। तब मण्डलीलाई अभिवादन गर्न उनी यरूशलेम सम्म गए अनि तब एन्टिओक झरे।

23 And having made some stay he went forth, going through in order the region of Galatia and Phrygia, strengthening all the disciples.त्यहाँ तिनी केही समय बसे। त्यसपछि त्यहाँबाट तिनी गलातिया र फ्रिगिया प्रदेशहरूमा गए। अनि चेलाहरूको उत्साह बढाए।

24 And a certain Jew, Apollos by name, an Alexandrian by birth, a man of eloquence, being mighty in the Writings, came to Ephesus,अपोल्लस नाउँ भएको एकजना यहूदी एफिससमा आए। उनी एलेक्जेन्ड्रिया भन्ने शहरमा जन्मिएका थिए। उनी एक विद्वान मानिस थिए। उनलाई धर्मशास्त्रमाथि राम्रो ज्ञान थियो।

25 this one was instructed in the way of the Lord, and being fervent in the Spirit, was speaking and teaching exactly the things about the Lord, knowing only the baptism of John;उनले प्रभुको मार्गको विषयमा राम्ररी सिकेका थिए अनि पुरा उत्साहित थिए। येशूका विषयमा उनले जे जति कुरा गरे सबै सही थियो। तर उनले यूहन्नाले बातएको बप्तिस्माको विषयमा मात्र जान्दथे।

26 this one also began to speak boldly in the synagogue, and Aquilas and Priscilla having heard of him, took him to `them', and did more exactly expound to him the way of God,उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए।

27 and he being minded to go through into Achaia, the brethren wrote to the disciples, having exhorted them to receive him, who having come, did help them much who have believed through the grace,अपोल्लस अखैया देशमा जान इच्छुक थिए। यसैले एफिससका दाज्युभाइहरूले उनलाई सहयोग गरे। अखैयामा भएका येशूका चेलाहरूलाई तिनीहरूले त्यहाँ अपोल्लासलाई ग्रहण गर्नु भनि चिट्ठी लेखे. अखैयामा प्रभुको अनुग्रहले गर्दा येशू प्रति यी चेलाहरूको विश्वास थियो अनि अपोल्लस तिनीहरूको ठूलो सहायक बने।

28 for powerfully the Jews he was refuting publicly, shewing through the Writings Jesus to be the Christ.उनले सबै मानिसहरूका समक्ष यहूदीहरूको विरोधमा वहस गरे। अपोल्लासले प्रत्यक्ष यहूदीहरू गल्ती भएको प्रमाण गरे। उनले धर्मशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुन भन्ने प्रमाण दिए

Nepali Bible