Acts 1 - DBY (Nepali)
1 I composed the first discourse, O Theophilus, concerning all things which Jesus began both to do and to teach,प्रिय थियोफिलस, मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें।
2 until that day in which, having by the Holy Spirit charged the apostles whom he had chosen, he was taken up;मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घटना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो।
3 to whom also he presented himself living, after he had suffered, with many proofs; being seen by them during forty days, and speaking of the things which concern the kingdom of God;यी सबै घटनाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाण गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसंग परमेश्वरका राज्यको विषयमा बताउनुभयो।
4 and, being assembled with [them], commanded them not to depart from Jerusalem, but to await the promise of the Father, which [said he] ye have heard of me.एक समय जब येशू तिनीहरूसंग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा र्पखिनु पर्छ।
5 For John indeed baptised with water, but *ye* shall be baptised with the Holy Spirit after now not many days.यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।”
6 They therefore, being come together, asked him saying, Lord, is it at this time that thou restorest the kingdom to Israel?प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”
7 And he said to them, It is not yours to know times or seasons, which the Father has placed in his own authority;येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ।” तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ।
8 but ye will receive power, the Holy Spirit having come upon you, and ye shall be my witnesses both in Jerusalem, and in all Judaea and Samaria, and to the end of the earth.तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”
9 And having said these things he was taken up, they beholding [him], and a cloud received him out of their sight.येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्।
10 And as they were gazing into heaven, as he was going, behold, also two men stood by them in white clothing,येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए।
11 who also said, Men of Galilee, why do ye stand looking into heaven? This Jesus who has been taken up from you into heaven, shall thus come in the manner in which ye have beheld him going into heaven.ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”
12 Then they returned to Jerusalem from the mount called [the mount] of Olives, which is near Jerusalem, a sabbath-day's journey off.त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ।
13 And when they were come into [the city], they went up to the upper chamber, where were staying both Peter, and John, and James, and Andrew, Philip and Thomas, Bartholomew and Matthew, James [son] of Alphaeus, and Simon the zealot, and Jude [the brother] of James.प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।
14 These gave themselves all with one accord to continual prayer, with [several] women, and Mary the mother of Jesus, and with his brethren.प्रेरितहरू एक साथ थिए। एकै उद्वेश्यको लागि तिनीहरूले लगातार प्रार्थना गरिरहेका थिए। केही नारीहरू, मरियम येशूको आमा अनि उहाँका भाइहरू पनि त्यहाँ प्रेरितहरूसंग थिए।
15 And in those days Peter, standing up in the midst of the brethren, said, (the crowd of names [who were] together [was] about a hundred and twenty,)केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने,
16 Brethren, it was necessary that the scripture should have been fulfilled, which the Holy Spirit spoke before, by the mouth of David, concerning Judas, who became guide to those who took Jesus;“भाइहरू हो! दाऊदको माध्यम पवित्र आत्माले केही घटनाहरू घटनेछन् भनी धर्मशास्त्रमा भनेका थिए।
17 for he was numbered amongst us, and had received a part in this service.उनी यहूदाको विषयमा बात गरिरहेका थिए जो हाम्रा दलका एक जना थिए। यहूदाले हामीसित सेवा गरेका थिए अनि ती मानिसहरूका मार्ग दर्शक भए जसले येशूलाई पक्रे।”
18 (This [man] then indeed got a field with [the] reward of iniquity, and, having fallen down headlong, burst in the midst, and all his bowels gushed out.यहूदालाई पैसा दिएर त्यसो गर्न खटाएको थियो। आफ्नो दुष्ट कामको पैसाले एउटा जमीन किन्यो। तर यहूदा उँधो मुण्टो भएर पछारियो, त्यसको शरीर खुल्ला भएर फुट्यो, सबै आन्द्रा भुँडीहरू निस्किए।
19 And it was known to all the inhabitants of Jerusalem, so that that field was called in their own dialect Aceldama; that is, field of blood.)यो घटनाबाट सम्पूर्ण येरूशलेमको जनसाधरणले शिक्षा पाए। त्यसैकारणले त्य खेतको नाउँ मानिसहरूले हकल्दामा राखे। तिनीहरूको भाषामा हकल्दमाको अर्थ, “रगतको खेत” हुन्छ।
20 For it is written in [the] book of Psalms, Let his homestead become desolate, and let there be no dweller in it; and, Let another take his overseership.पत्रुसले भने, “भजनसंग्रहमा यहूदाको विषयमा यस्तो लेखिएको छः‘उसको घर जनहीन होस्। कोही पनि त्यहाँ नबसुन्।’
21 It is necessary therefore, that of the men who have assembled with us all [the] time in which the Lord Jesus came in and went out among us,यसैकारण अब अर्को मानिस हामीसंग सम्मिलित होस् र येशू पुनरुत्थान हुनु भएको गवाही बनोस्। यो मानिस हाम्रै टोलीको हुनुपर्छ जो प्रभु येशूको जीवनकाल भरि हामीसंग रहेको हुनु पर्दछ।
22 beginning from the baptism of John until the day in which he was taken up from us, one of these should be a witness with us of his resurrection.यो मानिस यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिएको दिनदेखि येशूको स्वर्ग आरोहण भएको दिनसम्म हामीसंग रहेको हुनुपर्छ।”
23 And they appointed two, Joseph, who was called Barsabas, who had been surnamed Justus, and Matthias.प्रेरितहरूले दुईजना मानिसहरू टोलीको समक्ष राखे। एकजना यूसुफ बर्णबास थिए। जसलाई जस्तस पनि भनिन्थ्यो। अर्को मानिस मत्तियास थियो।
24 And they prayed, and said, Thou Lord, knower of the hearts of all, shew which one of these two thou hast chosen,प्रेरितहरूले प्रार्थना गरे, “प्रभु, तपाईंले सबै को मनका कुराहरू जान्नु हुन्छ। हामीलाई देखाउनु होस् यी दुईजना मध्ये कसलाई यो काम गराउन तपाईंले छान्नु भएको छ।
25 to receive the lot of this service and apostleship, from which Judas transgressing fell to go to his own place.यहूदाले त्यसलाई छाडे अनि तिनी वास्तवमा कहाँका थिए त्यहीं गए। प्रभु, हामीलाई देखाउनुहोस् कि कुन मानिसले एक प्रेरितको स्थान लिनु पर्ने हो।”
26 And they gave lots on them, and the lot fell on Matthias, and he was numbered with the eleven apostles.प्रेरितहरूले दुई जनाबाट एकजना छान्नलाई चिट्ठा गरे। चिट्ठामा मत्तियासको नाउँ पर्यो। यसैकारणले अन्य एघारजना प्रेरितहरू सहित ऊ पनि एक प्रेरित हुन पुगे।
Nepali Bible