Proverbs 3

1 हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।

2 मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउन सिकाउँछ।

3 प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्।

4 तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।

5 तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर।

6 तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।

7 आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाडो बस्नु।

8 यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।

9 तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।

10 त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।

11 हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।

12 किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।ज्ञानहरूको आशीर्वाद

13 धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो।

14 ज्ञानबाट जो लाभ हुन्छ त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो।

15 ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मूल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन।

16 ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ।

17 ज्ञानका मार्गहरू आनन्ददायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ।

18 ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ संधै धन्य रहन्छन्।

19 परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो।

20 उहाँको ज्ञान द्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।

21 हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझलमा नपार। विजयहरूमा नियालेर सोच अनि होशियारीसित योजनाहरू बनाऊ।

22 ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ।

23 त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिडने छौ कतै पल्टनै छैनौ।

24 जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ।

25 तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु।

26 किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न।

27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर।

28 जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।

29 तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छअनि तिमीमाथि भरोसा गर्छन।

30 कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याउ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने।

31 उपदव्र गर्ने मानिसको इर्ष्या नगर, अनि ऊ जस्तै हुन नखोज।

32 किन? किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।

33 दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।

34 यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउछ भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।

35 ज्ञानी मानिसले आदर पाउँछन, तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।

1 My son, forget not my law; but let thine heart keep my commandments:

2 For length of days, and long life, and peace, shall they add to thee.

3 Let not mercy and truth forsake thee: bind them about thy neck; write them upon the table of thine heart:

4 So shalt thou find favour and good understanding in the sight of God and man.

5 Trust in the Lord with all thine heart; and lean not unto thine own understanding.

6 In all thy ways acknowledge him, and he shall direct thy paths.

7 Be not wise in thine own eyes: fear the Lord, and depart from evil.

8 It shall be health to thy navel, and marrow to thy bones.

9 Honour the Lord with thy substance, and with the firstfruits of all thine increase:

10 So shall thy barns be filled with plenty, and thy presses shall burst out with new wine.

11 My son, despise not the chastening of the Lord; neither be weary of his correction:

12 For whom the Lord loveth he correcteth; even as a father the son in whom he delighteth.

13 Happy is the man that findeth wisdom, and the man that getteth understanding.

14 For the merchandise of it is better than the merchandise of silver, and the gain thereof than fine gold.

15 She is more precious than rubies: and all the things thou canst desire are not to be compared unto her.

16 Length of days is in her right hand; and in her left hand riches and honour.

17 Her ways are ways of pleasantness, and all her paths are peace.

18 She is a tree of life to them that lay hold upon her: and happy is every one that retaineth her.

19 The Lord by wisdom hath founded the earth; by understanding hath he established the heavens.

20 By his knowledge the depths are broken up, and the clouds drop down the dew.

21 My son, let not them depart from thine eyes: keep sound wisdom and discretion:

22 So shall they be life unto thy soul, and grace to thy neck.

23 Then shalt thou walk in thy way safely, and thy foot shall not stumble.

24 When thou liest down, thou shalt not be afraid: yea, thou shalt lie down, and thy sleep shall be sweet.

25 Be not afraid of sudden fear, neither of the desolation of the wicked, when it cometh.

26 For the Lord shall be thy confidence, and shall keep thy foot from being taken.

27 Withhold not good from them to whom it is due, when it is in the power of thine hand to do it.

28 Say not unto thy neighbour, Go, and come again, and to morrow I will give; when thou hast it by thee.

29 Devise not evil against thy neighbour, seeing he dwelleth securely by thee.

30 Strive not with a man without cause, if he have done thee no harm.

31 Envy thou not the oppressor, and choose none of his ways.

32 For the froward is abomination to the Lord: but his secret is with the righteous.

33 The curse of the Lord is in the house of the wicked: but he blesseth the habitation of the just.

34 Surely he scorneth the scorners: but he giveth grace unto the lowly.

35 The wise shall inherit glory: but shame shall be the promotion of fools.

Proverbs 3 in Tamil and English

1 हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।
My son, forget not my law; but let thine heart keep my commandments:

2 मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउन सिकाउँछ।
For length of days, and long life, and peace, shall they add to thee.

3 प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्।
Let not mercy and truth forsake thee: bind them about thy neck; write them upon the table of thine heart:

4 तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।
So shalt thou find favour and good understanding in the sight of God and man.

5 तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर।
Trust in the Lord with all thine heart; and lean not unto thine own understanding.

6 तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।
In all thy ways acknowledge him, and he shall direct thy paths.

7 आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाडो बस्नु।
Be not wise in thine own eyes: fear the Lord, and depart from evil.

8 यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।
It shall be health to thy navel, and marrow to thy bones.

9 तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।
Honour the Lord with thy substance, and with the firstfruits of all thine increase:

10 त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।
So shall thy barns be filled with plenty, and thy presses shall burst out with new wine.

11 हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।
My son, despise not the chastening of the Lord; neither be weary of his correction:

12 किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।ज्ञानहरूको आशीर्वाद
For whom the Lord loveth he correcteth; even as a father the son in whom he delighteth.

13 धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो।
Happy is the man that findeth wisdom, and the man that getteth understanding.

14 ज्ञानबाट जो लाभ हुन्छ त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो।
For the merchandise of it is better than the merchandise of silver, and the gain thereof than fine gold.

15 ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मूल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन।
She is more precious than rubies: and all the things thou canst desire are not to be compared unto her.

16 ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ।
Length of days is in her right hand; and in her left hand riches and honour.

17 ज्ञानका मार्गहरू आनन्ददायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ।
Her ways are ways of pleasantness, and all her paths are peace.

18 ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ संधै धन्य रहन्छन्।
She is a tree of life to them that lay hold upon her: and happy is every one that retaineth her.

19 परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो।
The Lord by wisdom hath founded the earth; by understanding hath he established the heavens.

20 उहाँको ज्ञान द्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।
By his knowledge the depths are broken up, and the clouds drop down the dew.

21 हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझलमा नपार। विजयहरूमा नियालेर सोच अनि होशियारीसित योजनाहरू बनाऊ।
My son, let not them depart from thine eyes: keep sound wisdom and discretion:

22 ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ।
So shall they be life unto thy soul, and grace to thy neck.

23 त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिडने छौ कतै पल्टनै छैनौ।
Then shalt thou walk in thy way safely, and thy foot shall not stumble.

24 जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ।
When thou liest down, thou shalt not be afraid: yea, thou shalt lie down, and thy sleep shall be sweet.

25 तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु।
Be not afraid of sudden fear, neither of the desolation of the wicked, when it cometh.

26 किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न।
For the Lord shall be thy confidence, and shall keep thy foot from being taken.

27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर।
Withhold not good from them to whom it is due, when it is in the power of thine hand to do it.

28 जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।
Say not unto thy neighbour, Go, and come again, and to morrow I will give; when thou hast it by thee.

29 तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छअनि तिमीमाथि भरोसा गर्छन।
Devise not evil against thy neighbour, seeing he dwelleth securely by thee.

30 कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याउ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने।
Strive not with a man without cause, if he have done thee no harm.

31 उपदव्र गर्ने मानिसको इर्ष्या नगर, अनि ऊ जस्तै हुन नखोज।
Envy thou not the oppressor, and choose none of his ways.

32 किन? किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।
For the froward is abomination to the Lord: but his secret is with the righteous.

33 दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।
The curse of the Lord is in the house of the wicked: but he blesseth the habitation of the just.

34 यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउछ भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।
Surely he scorneth the scorners: but he giveth grace unto the lowly.

35 ज्ञानी मानिसले आदर पाउँछन, तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।
The wise shall inherit glory: but shame shall be the promotion of fools.