Proverbs 1:23
यदि तिमीहरूले मेरो हप्कीलाई ध्यान दियौ भने, म जे जान्दछु तिमीलाई भन्नेछु अनि मेरो जम्मै बुद्धि सिकाउनेछु।
Proverbs 1:23 in Other Translations
King James Version (KJV)
Turn you at my reproof: behold, I will pour out my spirit unto you, I will make known my words unto you.
American Standard Version (ASV)
Turn you at my reproof: Behold, I will pour out my spirit upon you; I will make known my words unto you.
Bible in Basic English (BBE)
Be turned again by my sharp words: see, I will send the flow of my spirit on you, and make my words clear to you.
Darby English Bible (DBY)
Turn you at my reproof: behold, I will pour forth my spirit unto you, I will make known to you my words.
World English Bible (WEB)
Turn at my reproof. Behold, I will pour out my spirit on you. I will make known my words to you.
Young's Literal Translation (YLT)
Turn back at my reproof, lo, I pour forth to you my spirit, I make known my words with you.
| Turn | תָּשׁ֗וּבוּ | tāšûbû | ta-SHOO-voo |
| you at my reproof: | לְֽת֫וֹכַחְתִּ֥י | lĕtôkaḥtî | leh-TOH-hahk-TEE |
| behold, | הִנֵּ֤ה | hinnē | hee-NAY |
| I will pour out | אַבִּ֣יעָה | ʾabbîʿâ | ah-BEE-ah |
| spirit my | לָכֶ֣ם | lākem | la-HEM |
| known make will I you, unto | רוּחִ֑י | rûḥî | roo-HEE |
| my words | אוֹדִ֖יעָה | ʾôdîʿâ | oh-DEE-ah |
| unto you. | דְבָרַ֣י | dĕbāray | deh-va-RAI |
| אֶתְכֶֽם׃ | ʾetkem | et-HEM |
Cross Reference
Joel 2:28
“त्यसपछि म तिमीहरु सबै माथि मेरो आत्मा खन्याउँनेछु। तिमीहरुका छोरा-छोरीहरुले अगमवाणी गर्नेछन्। तिमीहरुका बूढा मानिसहरु स्वप्न-दर्शी हुनेछन्। तिनीहरुका जवानले दर्शन देख्नेछन्।
Isaiah 32:15
जब परमप्रभुलेमाथिबाट आफ्नो आत्मा दिनु हुँदैन तब सम्म हुनेछ। अब त्यस देशमा धर्म छैन्। यो मरूभूमि सरह भएको छ।
Zechariah 12:10
म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्।
Ezekiel 33:11
“तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म मानिसहरू मर्दै गरेको हेर्न इच्छा गर्दिन, म चाँहदिन दुष्ट मानिसहरू मरून्। म ती पापी मानिसहरूलाई मकहाँ ल्याउँन चाहन्छु। म चाहन्छु कि तिनीहरू आफ्नो जीवन बद्लि गरून् जसबाट जीवित रहन सकुन्। यसकारण मकहाँ आऊ। नराम्रो काम गर्न छोडिदेऊ। हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’
Ezekiel 18:27
यदि कुनै पापी बद्लिन्छ अनि राम्रो तथा न्याय-प्रिय बनिन्छ भने उसले आफ्नो प्राण बँचायो! उ जीवित बाँच्छ!
Isaiah 55:6
यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।
Luke 11:13
तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसंग माग्नेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।
Acts 2:36
“यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।”
Acts 26:20
मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति र्फक र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदीयाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।
Revelation 3:16
तर तिमीहरु केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरुलाई उगेल्न तयार छु।
Isaiah 55:1
“हे सबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।
Isaiah 45:8
माथिआकाश बाट पृथ्वीमा पण्टा र्बसिन्छ जसरी बादलबाट पानी र्बसिन्छ। पृथ्वी खोलिन्छ अनि मुक्ति उत्पन्न होस्! मुक्तिको विकास हुन्छ साथ-साथै सद्भावना बढ्छ। म परमप्रभुले नै यी सब बनाएँ।
Proverbs 29:1
यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।
Psalm 145:1
म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु। म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
Proverbs 1:25
र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ।
Proverbs 1:30
तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस वखत तिमीहरूले मलाई ध्यानै दिएनौ।
Proverbs 6:23
किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।
Proverbs 10:17
आफूले भोगेको सजायबाट जुन मानिसले शिक्षा लिन्छ उसले अन्य मानिसहरूलाई पनि बाँच्न सिकाउँछ। तर जुन मानिसले सजायबाट शिक्षा लिनु अस्वीकार गर्छ त्यसले अरूलाई पथभ्रष्ट बनाई दिन्छ।
Proverbs 12:1
एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो।
Acts 3:19
यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ र्फक अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ।
John 7:36
उनले भन्छन, ‘तिमीहरूले खोज्यौ भने पनि मलाई भेटने छैनौ।’ उसले यसो पनि भन्दछ, ‘म जहाँ छु तिमीहरू त्यहाँ आउन सक्तैनौ।’ यसको अर्थ के हो?”
Hosea 14:1
हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।
Jeremiah 3:14
“हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो।“म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु।