Lamentations 2:16
तेरा सबै शत्रुहरू तँलाई खिसि गर्छन। तिनीहरू सिट्टी बजाउँछन् र दाह्रा किट्दै भन्छन्, “हामी पूर्णरूपले ध्वंश भएका छौं। साँच्चै, आज त्यही दिन हो जुन दिनको आशा हामीले गरेका थियौं। अन्तमा हामीले आज त्यही देखिरहेका छौं जो हामीले सोचेका थियौं।”
Lamentations 2:16 in Other Translations
King James Version (KJV)
All thine enemies have opened their mouth against thee: they hiss and gnash the teeth: they say, We have swallowed her up: certainly this is the day that we looked for; we have found, we have seen it.
American Standard Version (ASV)
All thine enemies have opened their mouth wide against thee; They hiss and gnash the teeth; they say, We have swallowed her up; Certainly this is the day that we looked for; we have found, we have seen it.
Bible in Basic English (BBE)
All your haters are opening their mouths wide against you; making hisses and whistling through their teeth, they say, We have made a meal of her: certainly this is the day we have been looking for; it has come, we have seen it.
Darby English Bible (DBY)
All thine enemies open their mouth against thee, they hiss and gnash the teeth: they say, We have swallowed [her] up; this is forsooth the day that we looked for: we have found, we have seen [it].
World English Bible (WEB)
All your enemies have opened their mouth wide against you; They hiss and gnash the teeth; they say, We have swallowed her up; Certainly this is the day that we looked for; we have found, we have seen it.
Young's Literal Translation (YLT)
Opened against thee their mouth have all thine enemies, They have hissed, yea, they gnash the teeth, They have said: `We have swallowed `her' up, Surely this `is' the day that we looked for, We have found -- we have seen.'
| All | פָּצ֨וּ | pāṣû | pa-TSOO |
| thine enemies | עָלַ֤יִךְ | ʿālayik | ah-LA-yeek |
| have opened | פִּיהֶם֙ | pîhem | pee-HEM |
| their mouth | כָּל | kāl | kahl |
| against | אֹ֣יְבַ֔יִךְ | ʾōyĕbayik | OH-yeh-VA-yeek |
| hiss they thee: | שָֽׁרְקוּ֙ | šārĕqû | sha-reh-KOO |
| and gnash | וַיַּֽחַרְקוּ | wayyaḥarqû | va-YA-hahr-koo |
| the teeth: | שֵׁ֔ן | šēn | shane |
| they say, | אָמְר֖וּ | ʾomrû | ome-ROO |
| up: her swallowed have We | בִּלָּ֑עְנוּ | billāʿĕnû | bee-LA-eh-noo |
| certainly | אַ֣ךְ | ʾak | ak |
| this | זֶ֥ה | ze | zeh |
| is the day | הַיּ֛וֹם | hayyôm | HA-yome |
| for; looked we that | שֶׁקִּוִּינֻ֖הוּ | šeqqiwwînuhû | sheh-kee-wee-NOO-hoo |
| we have found, | מָצָ֥אנוּ | māṣāʾnû | ma-TSA-noo |
| we have seen | רָאִֽינוּ׃ | rāʾînû | ra-EE-noo |
Cross Reference
Lamentations 3:46
हाम्रा सारा शत्रुहरू हामीसँग क्रोधित भएर बोले।
Psalm 35:21
मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्। तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।”
Psalm 56:2
मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे। त्यहाँ अनगन्ति लडाकुहरू छन्।
Job 16:9
परमेश्वर क्रोधित हुनुभयो अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो। मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो। अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे।
Psalm 22:13
तिनीहरूले मलाई गर्जंदै शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।
Psalm 35:16
तिनीहरूले गाली गरे र मेरो खिसी गरे। तिनीहरूले म तर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।
Psalm 37:12
दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्। ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्।
Psalm 124:3
हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए, जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।
Jeremiah 51:34
सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो। हामीलाई चोट पुर्यायो। उसले हामीलाई खाली भाँडाजस्तै बनायो। राक्षसलेझैं उसले हामीलाई निल्यो। हाम्रो राम्रो भोजनले उसले आफ्ने पेट भर्यो। तब उसले हामीलाई बाहिर थुक्यो।
Acts 7:54
जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले।
Zephaniah 2:8
परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए।
Obadiah 1:12
तिमी आफ्नो भाइको विपत्तिमा, त्यो प्रति हाँस्यौ। तिमीले यसो गर्नुहुँदैन थियो। तिमी त्यससमय खुशी थियौ। जब मानिसहरूले यहूदालाई नष्ट पारे। तिमीले त्यसो गर्नु हुँदैन थियो। उनिहरूको विपत्तिको समयमा, तिमीले तिनीहरूको खिल्ली उडायौ। तिमीले त्यसो गर्नु हुँदैन थियो।
Hosea 8:8
इस्राएल नष्ट भयो। अब तिनीहरू जाति-जातिहरूका बीचमा बेकामको भाँडा जस्तै भएका छन्।
Psalm 57:3
स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ र बचाउँनु हुन्छ। उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ। परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।
Psalm 109:2
दुष्ट मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनिरहेका छन्। तिनीहरूले भनेका कुराहरू सत्य होइनन्।
Psalm 112:10
दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्। तिनीहरूले रीसमा आफ्ना दाँतहरू कडकडाउँछन। तर त्यसपछि तिनीहरू अल्पिने छन्। दुष्ट मानिसहरूले आफुले चाहेका कुराहरू पाउने छैनन्।
Isaiah 49:19
तिमीहरू अहिले पराजित र नष्ट भएकाछौ। तिमीहरूका ठाउँहरू काम नलाग्ने भएकाछन्। तर केही छिनमा नै, तिमीहरू आफ्ना ठाउँमा धेरै मानिसहरू हुनेछन् अनि मानिसहरू जसले तिमीहरूलाई नाश गरे तिनीहरू एकदम टाढा हुनेछन्।
Jeremiah 50:7
ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए। तिनीहरूका शत्रुहरूले भने, ‘हामीले गल्ती काम गरेका छैनौ’ किनभने ती मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरे जो तिनीहरूका साँचो आश्रय (घर) थियो। तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।
Jeremiah 50:17
इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”
Ezekiel 25:3
अम्मोनका मानिसहरूसँग भन ‘परमप्रभु मेरो मालिकको वचन सुन! परमप्रभु मेरो मालिक भन्नु हुन्छ तिमीहरू खुशी थियौ जति बेला मेरो पवित्र स्थान नष्ट भयो। तिमीहरू इस्राएल देशको विरूद्ध थियौ जब त्यो दूषित भयो। तिमी यहूदाको परिवारको विरूद्ध थियौ जब तिनीहरूलाई बन्दी जस्तै कैदी बनाएका थिए।
Ezekiel 25:6
परमप्रभु यसो भन्नुहुन्छ किनभने तिमीहरू खुशी थियौ अनि तिमीहरूले आफ्नो हातले ताली बजायौ अनि आफ्नो खुट्टा ठटायौ, अनि तिनीहरूले इस्राएलको भूमिलाई ठट्ठा गर्न अनि खिल्ली उडाउन मज्जा मान्यौ।
Ezekiel 25:15
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “पलिश्तीहरूले पनि तिनीहरूसित बद्ला लिने प्रयत्न गरे। तिनीहरू ज्यादै निर्दयी थिए। तिनीहरूले घृणा र अवहेलना वाहेक अरू केही देखाउँदैनन्।”
Ezekiel 36:3
“यसकारण मेरो लागि इस्राएलको पर्वतहरूलाई भन। भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिमीलाई उजाड बनायो। उनीहरूले तिमीलाई चारै तिरबाट कुल्चियो। उनीहरूले यस्तो गरे यसकारण तिमी अरू राष्ट्रको अधिकारमा गयौ। तब तिम्रो बारेमा मानिसहरूले कुरा अनि कानेखुसी गरे।”‘
Psalm 41:8
तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो त्यसैले गर्दा ऊ बिमारी भयो। हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।”