Isaiah 3:24
ती स्त्रीहरूले अब सुगन्धको सट्टामा दुर्गन्ध पाउनेछन्। अहिले तिनीहरूले पटुका बाँधेकाछन् तर त्यस समयमा तिनीहरूले डोरी बाँध्ने छन्। अहिले तिनीहरूको केश सुहाउदो पारेर बाटेकाछन् तर त्यस समयमा केश खौरेर एउटा केश सम्म टाउकोमा हुनेछैन्। अहिले तिनीहरूसंग आर्कषक पहिरन छ तर त्यस समयमा तिनीहरूले शोक मनाउने पहिरन लाउनेछन्। अहिले तिनीहरूका अनुहारमा सुन्दर चिन्हहरू छन्। तर त्यस समयमा त्यहाँ अर्कै दागहरू हुनेछन्। ती दागहरू डामेका दागहरू हुनेछन्।
Isaiah 3:24 in Other Translations
King James Version (KJV)
And it shall come to pass, that instead of sweet smell there shall be stink; and instead of a girdle a rent; and instead of well set hair baldness; and instead of a stomacher a girding of sackcloth; and burning instead of beauty.
American Standard Version (ASV)
And it shall come to pass, that instead of sweet spices there shall be rottenness; and instead of a girdle, a rope; and instead of well set hair, baldness; and instead of a robe, a girding of sackcloth; branding instead of beauty.
Bible in Basic English (BBE)
And in the place of sweet spices will be an evil smell, and for a fair band a thick cord; for a well-dressed head there will be the cutting-off of the hair, and for a beautiful robe there will be the clothing of sorrow; the mark of the prisoner in place of the ornaments of the free.
Darby English Bible (DBY)
And it shall come to pass, instead of perfume there shall be rottenness; and instead of a girdle, a rope; and instead of well-set hair, baldness; and instead of a robe of display, a girding of sackcloth; brand instead of beauty.
World English Bible (WEB)
It shall happen that instead of sweet spices, there shall be rottenness; Instead of a belt, a rope; Instead of well set hair, baldness; Instead of a robe, a girding of sackcloth; And branding instead of beauty.
Young's Literal Translation (YLT)
And it hath been, instead of spice is muck, And instead of a girdle, a rope, And instead of curled work, baldness, And instead of a stomacher a girdle of sackcloth.
| And it shall come to pass, | וְהָיָה֩ | wĕhāyāh | veh-ha-YA |
| that instead | תַ֨חַת | taḥat | TA-haht |
| smell sweet of | בֹּ֜שֶׂם | bōśem | BOH-sem |
| there shall be | מַ֣ק | maq | mahk |
| stink; | יִֽהְיֶ֗ה | yihĕye | yee-heh-YEH |
| instead and | וְתַ֨חַת | wĕtaḥat | veh-TA-haht |
| of a girdle | חֲגוֹרָ֤ה | ḥăgôrâ | huh-ɡoh-RA |
| rent; a | נִקְפָּה֙ | niqpāh | neek-PA |
| and instead | וְתַ֨חַת | wĕtaḥat | veh-TA-haht |
| set well of | מַעֲשֶׂ֤ה | maʿăśe | ma-uh-SEH |
| hair | מִקְשֶׁה֙ | miqšeh | meek-SHEH |
| baldness; | קָרְחָ֔ה | qorḥâ | kore-HA |
| and instead | וְתַ֥חַת | wĕtaḥat | veh-TA-haht |
| stomacher a of | פְּתִיגִ֖יל | pĕtîgîl | peh-tee-ɡEEL |
| a girding | מַחֲגֹ֣רֶת | maḥăgōret | ma-huh-ɡOH-ret |
| of sackcloth; | שָׂ֑ק | śāq | sahk |
| burning and | כִּי | kî | kee |
| instead | תַ֖חַת | taḥat | TA-haht |
| of beauty. | יֹֽפִי׃ | yōpî | YOH-fee |
Cross Reference
Ezekiel 27:31
उसले तिम्रा निम्ति कपाल मुण्डन गर्नेछ। उसले शोक वस्त्र लगाउँनेछ! ऊ तिम्रा निम्ति धुरू-धुरू रूँनेछन्, चिच्याउनेछ ऊ आफ्नो मानिस मर्दा रोए झैं रूँनेछ।
Lamentations 2:10
सियोनका सुबै बूढा-प्रधानहरू भूइँमा बसिरहेका छन्। उनीहरू भूइँमा चुपचाप बसिरहेका छन्। उनीहरूले आफ्नो टाउकोमा धूलो हाले अनि बोराको लुगा लगाएका छन्। यरूशलेमका तरूणीहरू दुखले टाउको भूइँमा झुकाएकाछन्।
Isaiah 22:12
यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
Amos 8:10
म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु। म तिमीहरुलाई वस्त्रहरु शोकलगाएका बनाउनेछु र टाउको खौराउनेछु। म तिमीहरुले जन्माएको एउटै मात्र छोरो मर्दा शक गरे जस्तै परिदिन्छु अनि यो तिक्त दिन हुनेछ।”
Isaiah 15:3
मोआबका चारैतिर घरको दलानहरूमाथि र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाएर रूँदै कराउँदै हिँडे।
Esther 2:12
प्रत्येक कन्याहरू राजा अहासूरसको अघि जाने समय आउँछ, स्त्रीहरू बाह्र महीना सम्म सिङ्गार पट्टार मा रहनु पर्थ्यो स्त्रीहरूले छ महीना सुगन्धित तेल लाउँथे अनि छ महीना उत्तर अन्य सौन्दर्यका सामग्रीले सिङ्गारिन्थे।
Micah 1:16
यसकारण तिमीले आफ्नो केश काट, चिण्डेहोऊ। किन? किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ तिनीहरुका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ। किन? किनकि तिम्रो नानीहरुलाई कैदी झैं लगिनेछ।
1 Peter 3:3
तिमीहरुको सुन्दरता बाहिरी गहनाहरुबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन।
Revelation 18:9
“पृथ्वीका राजाहरु जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरुले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरु रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।
Revelation 16:9
मानिसहरु प्रचण्ड तातोले डडे। ती मानिसहरुले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरु थिए। तर मानिसहरुले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।
Revelation 11:3
अनि म मेरा दुइ साक्षीहरुलाई अधिकार दिनेछु। अनि तिनीहरुले एकहजार दुईसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरुले पशुको भुत्लाको वस्त्र पहिरेका हुनेछन्।”
Joel 1:8
कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ। जसले लोग्नेको निम्ति भाङ्रा लगाएकीछे जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।
Ezekiel 7:18
तिनीहरूले भाङ्गरा लगाउँने छन् अनि डरले काम्ने छन्। तिमीहरू प्रत्येकको अनुहारमा लाज देख्ने छौ। तिनीहरूले शोक देखाउनको निम्ति आफ्नो टाउको खौराउँने छन्।
Jeremiah 49:3
“हे हेशबोनका मानिसहरू! विलाप गर। किनभने ऐ शहर ध्वंस भएको छ। हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ। विलाप गर अनि पर्खालतिर दगुर। मल्कम आफ्नो पूजाहारी र अधिकारीहरूसित निष्कासन हुन्छ।
Deuteronomy 28:22
परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सुजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंश हुदैनौ यी सब नराम्रा कुराहरू तिमीहरूमाथि परिरहनेछन्।
Deuteronomy 32:24
तिनीहरू भोकले, दुर्बल हुनेछन् अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्। तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु। विषालु साँपहरू र छेपाराहरूले तिनीहरूलाई टोएने छन्।
Job 16:15
म अत्यन्त उदास छु, यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु। म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु, अनि म पराजित भएको ठान्छु।
Proverbs 7:17
मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु।
Proverbs 31:24
तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन् र व्यापारीहरूलाई बेच्छिन्।
Isaiah 4:4
परमप्रभुले सियोनका स्त्रीहरूको रगत धोई दिनुहुनेछ। परमप्रभुले यरूशलेमबाट सबै रगत धोई पखालीदिनुहुनेछ। परमेश्वरले न्यायिक स्वभाव प्रयोग गरी निष्पक्ष न्याय गर्नुहुनेछ। अनि उहाँको अग्नि स्वभावले सम्पूर्ण कुराहरू शुद्ध पार्नु हुनेछ।
Isaiah 32:9
तिमीहरू माझ कतिपय स्त्रीहरूलाई अहिले शान्ति छ। तिमीहरूले सुरक्षित अनुभव गरिरहेका छौ। तर तिमीहरूले उभिएर मैले भनेका कुराहरू सुन्नु पर्छ।
Isaiah 57:9
तिमीहरूले आफ्नो झूटा देवता मोलक अघि सुन्दर देखिनलाई आफ्ना तेलहरू र अत्तरहरू प्रयोग गर्यौ। तिमीहरूले आफ्ना सन्देशवाहकहरू टाढा ठाउँहरूमा पठायौ, तर तिनीहरू मृत्युको स्थानमा जानेछौ।
Jeremiah 4:8
यसकारण भाङ्रा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ। किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।”
Jeremiah 6:26
मेरा मानिसहरू हो! दुख प्रकट गर्ने पोषाक लगाऊ, अनि खरानीमाथि लडी-बडी गर। यस्तो प्रकारले विलाप गर कि मानौं तिम्रो भएको एउटै मात्र बालक मरेको छ, किनभने विनाश अतिशीघ्र हामीमाथि आउनेछ।
Jeremiah 48:37
प्रत्येक मानिसको केश खौरेको छ। प्रत्येकले दाह्री काटेको छ।प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ।
Leviticus 26:16
यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्।