2 Timothy 2 - WEB (Nepali)
1 You therefore, my child, be strengthened in the grace that is in Christ Jesus.तिमोथी! तिमी मेरो छोरो जस्तो हौ। ख्रीष्ट येशूमा भएको हाम्रो अनुग्रहमा दृढ बन।
2 The things which you have heard from me among many witnesses, commit the same to faithful men, who will be able to teach others also.मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ।
3 You therefore must endure hardship, as a good soldier of Christ Jesus.हाम्रो दुःखको भागीदार बन। ख्रीष्ट येशूको सच्चो सिपाहीले जस्तो दुःखलाई स्वीकार गर।
4 No soldier on service entangles himself in the affairs of life, that he may please him who enrolled him as a soldier.सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन।
5 Also, if anyone competes in athletics, he isn't crowned unless he has competed by the rules.यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्नकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ।
6 The farmers who labor must be the first to get a share of the crops.किसान जसले कठिन परिश्रम गर्छ ऊ नै आफूले उमारेको अन्नको पहिलो अधिकारी हुनुपर्छ।
7 Consider what I say, and may the Lord give you understanding in all things.मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमीलाई यी सब बुझ्ने सामर्थ्य दिनुहुने छ।
8 Remember Jesus Christ, risen from the dead, of the seed of David, according to my Gospel,येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु।
9 in which I suffer hardship to the point of chains as a criminal. But God's word isn't chained.अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन।
10 Therefore I endure all things for the chosen ones' sake, that they also may obtain the salvation which is in Christ Jesus with eternal glory.यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ।
11 This saying is faithful: For if we died with him, We will also live with him.यो एक साँचो शिक्षा होःयदि हामी उहाँसित मरेका भए, तब हामी पनि उहाँसितै जिउने थियौं।
12 If we endure, We will also reign with him. If we deny him, He also will deny us.यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं। यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ।
13 If we are faithless, He remains faithful. He can't deny himself.यदि हामी विश्वासी नभए पनि उहाँ अझ विश्वासी हुनुहुन्छ किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन।परिचित कर्मी
14 Remind them of these things, charging them in the sight of the Lord, that they don't argue about words, to no profit, to the subverting of those who hear.मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगरून्। वचनहरू बारे र्तक गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ।
15 Give diligence to present yourself approved by God, a workman who doesn't need to be ashamed, properly handling the Word of Truth.परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।
16 But shun empty chatter, for they will proceed further in ungodliness,जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ।
17 and their word will consume like gangrene, of whom is Hymenaeus and Philetus;तिनीहरूका झूटो शिक्षा शरीरमा रोग जस्तै फैलिनेछन्। हाइमेनियस र फिलेतस त्यस्तै मानिसहरू हुन्।
18 men who have erred concerning the truth, saying that the resurrection is already past, and overthrowing the faith of some.तिनीहरूले साँचो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो । यही रीतले ती दुईले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।
19 However God's firm foundation stands, having this seal, "The Lord knows those who are his," and, "Let every one who names the name of the Lord{TR reads "Christ" instead of "the Lord"} depart from unrighteousness."तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।”अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोडनु पर्छ।”
20 Now in a great house there are not only vessels of gold and of silver, but also of wood and of clay. Some are for honor, and some for dishonor.एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्।
21 If anyone therefore purges himself from these, he will be a vessel for honor, sanctified, and suitable for the master's use, prepared for every good work.यदि कसैले आफूलाई नराम्रो कर्महरूबाट विशुद्ध बनाउँछ भने उसलाई विशेष काममा उपयोग गरिनेछ। त्यो मानिस पवित्र बन्छ अनि ऊ घरको मालिकका निम्ति उपयोगी हुन्छ। ऊ सबै असल कामको निम्ति लायक हुन्छ।
22 Flee from youthful lusts; but pursue righteousness, faith, love, and peace with those who call on the Lord out of a pure heart.जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर।
23 But refuse foolish and ignorant questionings, knowing that they generate strife.मूर्ख र बेसमझका र्तकहरू छोड। तिमी जान्दछौ यस्ता र्तक बढ्ढेर विवादमा परिणत हुन्छन्।
24 The Lord's servant must not quarrel, but be gentle towards all, able to teach, patient,प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। उ सहनशील हुनुपर्छ।
25 in gentleness correcting those who oppose him: perhaps God may give them repentance leading to a full knowledge of the truth,आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरुले सत्यलाई स्वीकार गर्न सक्छन्।
26 and they may recover themselves out of the devil's snare, having been taken captive by him to his will.त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।
Nepali Bible