Bible

2 Samuel 1 - DBY (Nepali)

1 And it came to pass after the death of Saul, when David had returned from the slaughter of the Amalekites, that David abode two days in Ziklag.दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे।

2 And it came to pass on the third day, that behold, a man came out of the camp from Saul with his garments rent, and earth upon his head; and as soon as he came to David, he fell to the earth and did obeisance.तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।

3 And David said to him, Whence comest thou? And he said to him, Out of the camp of Israel am I escaped.दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?”त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।”

4 And David said to him, What has taken place? I pray thee, tell me. And he said that the people had fled from the battle, and many of the people also had fallen and died, and that Saul and Jonathan his son were dead also.दाऊदले भने, “मलाई भन, के भयो?”त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”

5 And David said to the young man that told him, How knowest thou that Saul and Jonathan his son are dead?दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?”

6 And the young man that told him said, I happened by chance to be upon mount Gilboa, and behold, Saul leaned on his spear; and behold, the chariots and horsemen followed hard after him.त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए।

7 And he looked behind him, and saw me, and called to me. And I said, Here am I.शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए।

8 And he said to me, Who art thou? And I said to him, I am an Amalekite.तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए।

9 He said to me again, Stand, I pray thee, over me, and slay me; for anguish has seized me; for my life is yet whole in me.अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’

10 So I stood over him, and put him to death, for I knew that he would not live after his fall; and I took the crown that was upon his head, and the bracelet that was on his arm, and have brought them hither to my lord.उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरे कि उनि जीउने छैन्‌न। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालेर, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”

11 Then David took hold of his garments and rent them; and all the men that were with him [did] likewise.दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे।

12 And they mourned, and wept, and fasted until even for Saul, and for Jonathan his son, and for the people of Jehovah, and for the house of Israel; because they were fallen by the sword.तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।

13 And David said to the young man that told him, Whence art thou? And he said, I am the son of an Amalekite stranger.तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?”त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा। एकजना अमालेकी हुँ।”

14 And David said to him, How wast thou not afraid to stretch forth thy hand to destroy Jehovah's anointed?दाऊदले सैनिकलाई भने, “परमप्रभद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?”

15 Then David called one of the young men and said, Draw near, [and] fall on him. And he smote him that he died.तब दाऊदले अमालेकीलाई भने, “तेरो मृत्युको निम्ति जिम्मेवार तँ आफै हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैंले मारें भन्दैछस्।

16 And David said to him, Thy blood be upon thy head; for thy mouth has testified against thee, saying, I have slain Jehovah's anointed.तेरो आफ्नै भनाईमा त दोषी छस् भन्ने बुझिन्छ।” त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्राएलीले त्यस अमालेकीलाई मार्यो।

17 And David lamented with this lamentation over Saul and over Jonathan his son;शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए।

18 and he bade them teach the children of Judah [the song of] the bow. Behold, it is written in the book of Jasher: --यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई धनु भनियो। याशारको पुस्तकमायो लेखिइएको छ।

19 The beauty of Israel is slain upon thy high places: how are the mighty fallen!“इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो। साँच्चै, कसरी ती वीरहरू लडे!

20 Tell [it] not in Gath, carry not the tidings in the streets of Ashkelon; Lest the daughters of the Philistines rejoice, Lest the daughters of the uncircumcised triumph.गातमा यो समाचार नभन। अश्कलोनका बाटाहरूमा यो प्रचार नगर ती पलिश्ती शहरहरूले खुशी मनाउँछन् ती विदेशीहरू रमाउने छन्।

21 Ye mountains of Gilboa, let there be no dew, no rain upon you, nor fields of heave-offerings! For there the shield of the mighty was vilely cast away, The shield of Saul, [as] not anointed with oil.म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा पानी अथवा शीत झर्ने छैन। म यो पनि आशा गर्छु ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्। ती वीरहरूका ढालमा खिया लाग्यो शाऊलका ढालमा तेल मोलिएन।

22 From the blood of the slain, from the fat of the mighty, The bow of Jonathan turned not back, And the sword of Saul returned not empty.जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्त्तव्य पूरा गर्यो। जबसम्म तिनीहरू मरेनन् तिनीहरूले शत्रुहरूको रगत बगाए। तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।

23 Saul and Jonathan, beloved and pleasant in their lives, Even in their death were not divided; They were swifter than eagles, they were stronger than lions.शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूड भन्दा छिटो थिए र एउटा सिंह भन्दा बलिया थिए।

24 Ye daughters of Israel, weep over Saul, who clothed you in scarlet with splendour, Who put ornaments of gold upon your apparel.इस्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले तिमीहरूलाई राता लुगाहरू दिए र सुनका गहनाले ढाकिदिए।

25 How are the mighty fallen in the midst of the battle! Jonathan is slain upon thy high places.बलिया मानिसहरू युद्धमा ढले, जोनाथन गिल्बोको टाकुरामा मरे।

26 I am distressed for thee, my brother Jonathan: very pleasant wast thou unto me; Thy love to me was wonderful, passing women's love.हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ। मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो, स्त्रीको प्रेमभन्दा पनि गहिरो थियो।

27 How are the mighty fallen, and the instruments of war perished!बलिया योद्धा रणभूमिमा नै ढले अब युद्धका हतियारहरू रहेनन्।”

Nepali Bible