Bible

2 Kings 4 - BBE (Nepali)

1 Now a certain woman, the wife of one of the sons of the prophets, came crying to Elisha and said, Your servant my husband is dead; and to your knowledge he was a worshipper of the Lord; but now, the creditor has come to take my two children as servants in payment of his debt.अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मरे। तपाईलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।”

2 Then Elisha said to her, What am I to do for you? say now, what have you in the house? And she said, Your servant has nothing in the house but a pot of oil.एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?”आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रक्षको तेल मात्र छ।”

3 Then he said, Go out to all your neighbours and get vessels, a very great number of them.तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्‌याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ।

4 Then go in, and, shutting the door on yourself and your sons, put oil into all these vessels, putting on one side the full ones.त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।”

5 So she went away, and when the door was shut on her and her sons, they took the vessels to her and she put oil into them.यसकारण आइमाई एलीशाबाट विदा लिएर आफ्नो घर गई अनि ढोका थुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरी।

6 And when all the vessels were full, she said to her son, Get me another vessel. And he said, There are no more. And the flow of oil was stopped.उसले धेरै भाँडाहरू भरी। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।”तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँङ्खोरामा तेल सकिएको थियो।

7 So she came to the man of God and gave him word of what she had done. And he said, Go and get money for the oil and make payment of your debt, and let the rest be for the needs of yourself and your sons.तब आइमाईले परमेश्वरका जनलाई के भयो भनी। एलीशाले उसलाई भने, “जाऊ, तेल बेच अनि बेचेपछि अफ्नो ऋण तिर्ने काम गर। तिमी र तिम्रा छोराहरू रहेको रूपियाँमा गुजारा गर्न सक्छौ।”

8 Now there came a day when Elisha went to Shunem, and there was a woman of high position living there, who made him come in and have a meal with her. And after that, every time he went by, he went into her house for a meal.एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।

9 And she said to her husband, Now I see that this is a holy man of God, who comes by day after day.आइमाईले आफ्नो लोग्नेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्।

10 So let us make a little room on the wall; and put a bed there for him, and a table and a seat and a light; so that when he comes to us, he will be able to go in there.एलीशाका लागि छानामाथि एउटा सानो कोठा बनाई दिउँ। त्यस कोठामा एउटा ओछ्यान राखिदिउँ। त्यहाँ एउटा चौकी, एउटा कुर्सि अनि एउटा बत्तीदानी राखिदिउँ। त्यसपछि जब तिनी हाम्रो घरमा आउँछन्, उनले आफ्नो लागि यो कोठा पाउने छन्।”

11 Now one day, when he had gone there, he went into the little room and took his rest there.एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे।

12 And he said to Gehazi, his servant, Send for this Shunammite. So in answer to his voice she came before him.एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “यस शुनैमेली आइमाईलाई बोलाऊ।”सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो।

13 And he said to him, Now say to her, See, you have taken all this trouble for us; what is to be done for you? will you have any request made for you to the king or the captain of the army? But she said, I am living among my people.एलीशाले आफ्नो सेवकलाई भने, “अब यस आइमाईलाई भन, ‘हेर तिमीले हाम्रो हेरचाह गर्ने ठूलो कार्य गरेकी छौ। तिम्रो लागि म के गर्न सक्छु? के तिमी चाहन्छौ, हामीले तिम्रो लागी राजालाई भन्नु पर्छ अथवा सेनाका कप्तानलाई?”‘आइमाईले भनी, “म यहाँ आफ्ना मानिसहरूको माझ मा बसेर सुखी छु।”

14 So he said, What then is to be done for her? And Gehazi made answer, Still there is this, she has no son and her husband is old.एलीशाले गेहजीलाई भने, “हामी उसका लागि के गर्न सक्छौं?”गेहजीले उत्तर दिए, “मलाई थाह छ। उसको छोरा छैन अनि उसको लोग्ने बूढो भएको छ।”

15 Then he said, Send for her. And in answer to his voice she took her place at the door.तब एलीशाले भने, “उनलाई बोलाऊ।”यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई।

16 And Elisha said, At this time in the coming year you will have a son in your arms. And she said, No, my lord, O man of God, do not say what is false to your servant.एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ।”आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।”

17 Then the woman became with child and gave birth to a son at the time named, in the year after, as Elisha had said to her.तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईर्ले छोरा जन्माई।

18 Now one day, when the child was older, he went out to his father to where the grain was being cut.बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो।

19 And he said to his father, My head, my head! And the father said to a servant, Take him in to his mother.बालकले आफ्नो बुबालाई भन्यो, “अह, मेरो टाउको! मेरो टाउको दुख्दैछ!”बुबाले आफ्नो सेवकलाई भन्यो, “उसको आमाकहाँ लिएर जाऊ।”

20 And he took him in to his mother, and she took him on her knees and kept him there till the middle of the day, when his life went from him.सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्यो। त्यसपछि ऊ मर्यो।

21 Then she went up and put him on the bed of the man of God, shutting the door on him, and went out.आइमाईले बालकलाई एलीशाको ओछ्यानमा सुताई। उसले त्यस कोठाको दैलो बन्द गरी अनि बाहिर गई।

22 And she said to her husband, Send me one of the servants and one of the asses so that I may go quickly to the man of God and come back again.उसले आफ्नो लोग्नेलाई बोलाई अनि भनी, “कृपया मेरो निम्ति एक जना सेवक र एउटा गधा पठाइ दिनु होस्। त्यसपछि म परमेश्वरका जनलाई भेट्न जानेछु अनि फर्किने छु।”

23 And he said, Why are you going to him today? it is not a new moon or a Sabbath. But she said, It is well.आइमाईको लोग्नेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन।” उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीकठाक हुनेछ।”

24 Then she made the ass ready and said to her servant, Keep driving on; do not make a stop without orders from me.तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्याउ। मैले नभनुञ्जेल सम्म ढीलो नगर।”

25 So she went, and came to Mount Carmel, to the man of God. And when the man of God saw her coming in his direction, he said to Gehazi, his servant, See, there is the Shunammite;आइमाई परमेश्वरको जनलाई भेट्न कर्मेल डाँडामा गई।परमेश्वरको जन एलीशाले शुनेमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, “हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा!

26 Go quickly to her, and on meeting her say to her, Are you well? and your husband and the child, are they well? And she said in answer, All is well.उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ?”‘गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।”

27 And when she came to where the man of God was on the hill, she put her hands round his feet; and Gehazi came near with the purpose of pushing her away; but the man of God said, Let her be, for her soul is bitter in her; and the Lord has kept it secret from me, and has not given me word of it.तर शुनैमेली आइमाई परमेश्वरको जनसम्म पर्वतमा चढी, ऊ निहुरी अनि एलीशाको चरण स्पर्श गरी। गेहजी शुनैमेली आइमाईलाई तान्न नजिक आयो। तर परमेश्वरको जन एलीशाले गेहजीलाई भने, “उसलाई एक्लै हुन देऊ! ऊ साह्रै दुःखी छ अनि परमेश्वरले यस बारे केही भन्नु भएन। परमप्रभुले यो खबर म देखि लुकाउनुभयो।”

28 Then she said, Did I make a request to my lord for a son? did I not say, Do not give me false words?तब शुनैमेली आइमाईले भनी, “महाशय, मैले कहिले छोरा मागेको थिइन। मैले तपाईलाई भनेको थिएँ, ‘मलाई नढाँट्नु होस्।”‘

29 Then he said to Gehazi, Make yourself ready, and take my stick in your hand, and go: if you come across anyone on the way, give him no blessing, and if anyone gives you a blessing, give him no answer. And put my stick on the child's face.तब एलीशाले गेहजीलाई भने, “जान तयार होऊ। मेरो हिंड्ने लौरो तिमीसित लिएर जाऊ कसैसँग कुरा गर्न नउभिई! यदि कोही मानिससँग भेट भयो भने अभिवादन सम्म नगर्नु यदि कसैले अभिवादन गरे जवाफ नदिनु। मेरो हिंड्ने लौरो नानीको अनुहारमाथि राखिदिनु।”

30 But the mother of the child said, As the Lord is living and as your soul is living, I will not go back without you. So he got up and went with her.तर नानीको आमाले भनी, “म शपथ खाएर भन्छु जस्तो परमप्रभु सदा रहनु हुन्छ अनि तपाई हुनुहुन्छ, म तपाईलाई छोडेर जाने छैन।”यसकारण एलीशा उठे अनि शुनैमेली आइमाईको पछि-पछि हिंडे।

31 And Gehazi went on before them and put the stick on the child's face; but there was no voice, and no one gave attention. So he went back, and meeting him gave him the news, saying, The child is not awake.गेहजी एलीशा र शुनैमेली आइमाई भन्दा पहिले शुनैमेलीको घरमा पुग्यो। गेहजीले नानीको अनुहारमाथि लौरो राखिदियो। तर नानीले केही बोलेन न त कुनै संकेत गरे कि उसले कुनै कुरो सुनेको थियो। तब गेहजी एलीशालाई भेट्न फर्किगयो। गेहजीले एलीशालाई भन्यो, “नानी बिउँझेको छैन।”

32 And when Elisha came into the house he saw the child dead, stretched on his bed.एलीशा घरभित्र पसे। उसको ओछ्यानमाथि एक जना बालक लडिरहेको थियो।

33 So he went in, and shutting the door on the two of them, made prayer to the Lord.एलीशा कोठभित्र पसे अनि दैलो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे।

34 Then he got up on the bed, stretching himself out on the child, and put his mouth on the child's mouth, his eyes on his eyes and his hands on his hands; and the child's body became warm.एलीशा ओछ्यानमाथि चढेर बालकमाथि निहुरिए। एलीशाले आफ्नो मुख बालकको मुखमाथि जोडे। उनले उसको आँखा बालकको आखाँमाथि राखे उनले आफ्नो हातहरू बालकको हातहरू माथि राखे। एलीशा बालकको शरीर तातो नभए सम्म बालकमाथि पल्टिरहे।

35 Then he came back, and after walking once through the house and back, he went up, stretching himself out on the child seven times; and the child's eyes became open.त्यसपछि एलीशा अलग भए अनि कोठाको वरिपरि हिंडिरहे। तिनी फेरि गए अनि बालकमाथि तबसम्म पल्टिरहे जबसम्म उसले सात पटक हाच्छिउँ गरेन अनि आफ्नो आँखा खोल्दैन।

36 And he gave orders to Gehazi, and said, Send for the Shunammite. And she came in answer to his voice. And he said, Take up your son.एलीशाले गेहजीलाई बोलाए अनि भने, “शुनैमेली आइमाईलाई बोलाऊ!”गेहजीले शुनैमेमी आइमाईलाई बोलाए अनि ऊ एलीशासामु आई। एलीशाले भने, “तिम्रो छोरालाई उठाऊ।”

37 And she came in, and went down on her face to the earth at his feet; then she took her son in her arms and went out.तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्कि।

38 And Elisha went back to Gilgal, now there was very little food in the land; and the sons of the prophets were seated before him. And he said to his servant, Put the great pot on the fire, and make soup for the sons of the prophets.एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, “आगोमा ठूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सिरूवा बनाऊ।”

39 And one went out into the field to get green plants and saw a vine of the field, and pulling off the fruit of it till the fold of his robe was full, he came back and put the fruit, cut up small, into the pot of soup, having no idea what it was.एकजना मानिस बाहिर खेतमा साग-पात लिन गए। उसले एउटा जंङ्गली दाख भेट्‌यो र त्यसबाट केही लौकाहरू टिप्यो। उसले लौकाहरू आफ्नो झोलामा हल्यो र तिनीहरूलाई ल्यायो। उसले जङ्गली लौकाहरूलाई काट-कुट पारे र एउटा भाँडामा हाल्यो। तर अगमवक्ताहरूको दलले कस्तो किसीमको कन्द मुल हो चिनेन्।

40 Then they gave the men soup from the pot. And while they were drinking the soup, they gave a cry, and said, O man of God, there is death in the pot; and they were not able to take any more food.त्यसपछि तिनीहरूले केही सिरूवा मानिसहरूका लागि खान खन्याए। तर जब तिनीहरूले सिरूवा खानु शुरू गरे, तिनीहरू एलीशासामु चिच्याए, “हे परमेश्वरका जन, भाँडोमा विष छ।” भोजनको स्वाद बिष जस्तो थियो, त्यसकारण तिनीहरूले त्यो भोजन खान सकेनन्।

41 But he said, Get some meal. And he put it into the pot, and said, Now give it to the people so that they may have food. And there was nothing bad in the pot.तर एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, “मानिसहरूका लागि सिरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्।” अनि सिरूवामा कुनै विष थिएन।

42 Now a man came from Baal-shalishah with an offering of first-fruits for the man of God, twenty barley cakes and garden fruit in his bag. And he said, Give these to the people for food.बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्‌याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”

43 But his servant said, How am I to put this before a hundred men? But he said, Give it to the people for food; for the Lord says, There will be food for them and some over.एलीशाको सेवकले भन्यो, “के भन्नु हुन्छ? यहाँ एक सय जना मानिसहरू छन्। म ती सबै मानिसहरूलाई यो भोजन दिन सक्छु?”तर एलीशाले भने, “मानिसहरूलाई भोजन खान देऊ। परमप्रभु भन्नुहुन्छ, ‘तिनीहरूले खान्छन् अनि अझै पनि भोजन रहने छ।”

44 So he put it before them, and they had a meal and there was more than enough, as the Lord had said.तर एलीशाको सेवकले अगमवक्ताहरूको दलको सामु भोजन पस्कियो। अगमवक्ताहरूको दलका लागि खाना प्रचुर थियो अनि तिनीहरूले खाएपछि भोजन रह्यो। परमप्रभुले भन्नुभए जस्तै घट्ना भयो।

Nepali Bible