2 Chronicles 29 - WBT (Nepali)
1 Hezekiah began to reign when he was five and twenty years old, and he reigned nine and twenty years in Jerusalem. And his mother's name was Abijah the daughter of Zechariah.हिजकियाह जब पच्चीस वर्ष पुगे तब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्षसम्म राज गरे। तिनकी आमाको नाउँ अबियाह थियो। अबियाह जकर्याहकी छोरी थिइन्।
2 And he did that which was right in the sight of the LORD, according to all that David his father had done.हिजकियाहले परमप्रभुले तिनीद्वारा गर्न चाहनु भएका कुराहरू गरे तिनले आफ्ना पुर्खा दाऊदले गरेका जस्तै सही कार्य गरे।
3 He, in the first year of his reign, in the first month, opened the doors of the house of the LORD, and repaired them.हिजकियाहले परमप्रभुको मन्दिरका ढोकाहरू लगाइ दिए अनि तिनीहरूलाई दृढ बनाए। हिजकियाहले मन्दिर फेरि खुल्ला गरि दिए। तिनले यो काम आफू राजा भएको पहिलो वर्षको पहिलो महीनामा गरे।
4 And he brought in the priests and the Levites, and assembled them in the east street,हिजकियाले पूजाहारीहरू अनि लेवीहरूलाई सभामा एक साथ गरे। तिनले तिनीहरूसित मन्दिरको पूर्व तफर्को खुल्ला आँगानमा सभा गरे। हिजकियाहले तिनीहरूलाई भने, “मेरो कुरा सुन, लेवीहरू। तिमीहरूले स्वयंलाई पवित्र सेवाको निम्ति तयार गर।
5 And said to them, Hear me, ye Levites, sanctify now yourselves, and sanctify the house of the LORD God of your fathers, and carry forth the filthiness out of the holy place. परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र सेवाका निम्ति तयार पार, उहाँ तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमेश्वर हुनु हुन्छ। मन्दिरबाट ती चीज-बीजहरू हटाइ देऊ जो त्यहाँको होइन। ती चीज बीजहरूले मन्दिरलाई शुद्ध तुल्याउँदैन।
6 For our fathers have trespassed, and done that which was evil in the eyes of the LORD our God, and have forsaken him, and have turned away their faces from the habitation of the LORD, and turned their backs.हाम्रा पुर्खाहरूले परमप्रभुलाई त्याग गरे अनि आफ्ना अनुहार परमप्रभुको मन्दिरबाट टाढा फर्काए।
7 Also they have shut up the doors of the porch, and put out the lamps, and have not burned incense nor offered burnt-offerings in the holy place to the God of Israel.तिनीहरूले मन्दिरको दलानका ढोकाहरू थुनि दिए अनि दीपहरूमा बत्ती निभ्न दिए। तिनीहरूले इस्राएलका परमेश्वरलाई पवित्र स्थानमा धूप बाल्न अनि होमबलि चढाउन बन्द गरे।
8 Wherefore the wrath of the LORD hath been upon Judah and Jerusalem, and he hath delivered them to trouble, to astonishment, and to hissing, as ye see with your eyes.यसर्थ परमप्रभु यहूदा अनि यरूशलेमका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनु भयो। परमप्रभुले तिनीहरूलाई दण्ड दिनु भयो। अरू मानिसहरू भयभीत भए अनि विचलित भए जब तिनीहरूले देखे परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई के गरे। ती अन्य मानिसहरूले यहूदाका मानिसहरूका निम्ति घृणा अनि लाजले आफ्ना शिरहरू हल्लाए। तिमीहरू जान्दछौ, यी कुराहरू सत्य हुन्। तिमीहरू आफ्नै आँखाले देख्न सक्छौ।
9 For lo, our fathers have fallen by the sword, and our sons and our daughters and our wives are in captivity for this.अनि, त्यसै कारणले गर्दा हाम्रो पुर्खाहरू युद्धमा मारिए। हाम्रा छोरा अनि छोरीहरू अनि पत्नीहरूलाई कैदी बनाइए।
10 Now it is in my heart to make a covenant with the LORD God of Israel, that his fierce wrath may turn away from us.यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन।
11 My sons, be not now negligent: for the LORD hath chosen you to stand before him, to serve him, and that ye should minister to him, and burn incense.यसकारण मेरो छोराहरू, अल्छे नबन वा अझ अधिक समय खेर नफाल। परमप्रभुले उहाँको सेवा गर्नका निम्ति तिमीहरूलाई चुन्नु भएको छ। उहाँले तिमीहरूलाई उँहाको मन्दिरमा सेवा गर्न अनि धूप बाल्नका निम्ति चुन्नु भएको छ।”
12 Then the Levites arose, Mahath the son of Amasai, and Joel the son of Azariah, of the sons of the Kohathites: and of the sons of Merari, Kish the son of Abdi, and Azariah the son of Jehalelel: and of the Gershonites; Joah the son of Zimmah, and Eden the son of Joah:यो त्यहाँ भएका लेवीहरूको सूचीहो जसले काम गर्न शुरू गरेः कहातका परिवारबाट अमासैका छोरा महत अनि अजर्याहका छोरा योएल थिए।
13 And of the sons of Elizaphan; Shimri, and Jeiel: and of the sons of Asaph; Zechariah, and Mattaniah:मरारीका परिवारबाट अब्दीका छोरा कीश अनि यहल्लेलका छोरा अजर्याह थिए। गेर्शोनका परिवारबाट जीम्माका छोरा योआह अनि योआहका छोरा एदेन थिए।
14 And of the sons of Heman; Jehiel, and Shimei: and of the sons of Jeduthun; Shemaiah, and Uzziel.एलीसापानका परिवारहरूबाट शिम्री अनि यूएल थिए। आसापका परिवारहरूबाट जकर्याह अनि मत्तन्याह थिए। हेमानका परिवारहरूबाट यहूएल अनि शिमी थिए। यदूतूनका परिवारहरूबाट शमायाह अनि उज्जीएल थिए।
15 And they assembled their brethren, and sanctified themselves, and came, according to the commandment of the king, by the words of the LORD, to cleanse the house of the LORD.तब, यी लेवीहरूले आफ्ना दाज्यू-भाइहरूलाई पनि तिनीहरू सित भेला गरे अनि स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। तिनीहरूले राजाका आदेशको पालन गरे जो परमप्रभुबाट आएको थियो। तिनीहरूले यसलाई शुद्ध पार्नका निम्ति परमप्रभुको मन्दिर भित्र गए।
16 And the priests went into the inner part of the house of the LORD, to cleanse it, and brought out all the uncleanness that they found in the temple of the LORD into the court of the house of the LORD. And the Levites took it, to carry it out abroad into the brook Kidron.पूजाहारीहरू परमप्रभुको मन्दिरको भित्री भाग शुद्ध गर्न गए। तिनीहरूले भेट्टाएका सबै अशुद्ध चीज-बीजहरू निकाले। तिनीहरूले अशुद्ध चीज-बीजहरू परमप्रभुको मन्दिरको आँगनमा ल्याए। तब लेवीहरूले ती अशुद्ध चीज-बीजहरू बाहिर किद्रोन बेंसीमा लगे।
17 Now they began on the first day of the first month to sanctify, and on the eighth day of the month they came to the porch of the LORD: so they sanctified the house of the LORD in eight days; and on the sixteenth day of the first month they made an end.पहिलो महीनाको पहिलो दिनमा लेवीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार पार्न शुरू गरे। त्यो महीनाको आठौं दिनमा लेवीहरू परमप्रभुको मन्दिरको दलानमा आए। अझ आठ दिन तिनीहरूले परमप्रभुको मन्दिरलाई पवित्र प्रयोगका निम्ति तयार पार्नका निम्ति सफा गरे। तिनीहरूले पहिलो महीनाको सोह्रौं दिनमा काम पूर्ण गरे।
18 Then they went in to Hezekiah the king, and said, We have cleansed all the house of the LORD, and the altar of burnt-offering, with all its vessels, and the show-bread table, with all its vessels.तब तिनीहरू राजा हिजकियाह कहाँ गए। तिनीहरूले तिनलाई भने, “राजा हिजकियाह, हामीले परमप्रभुको मन्दिरको, होमबलिको वेदी अनि मन्दिरका सबै चीजहरू सफा गर्यौं। हामीले रोटीका लहर राख्ने मेच त्यस मेच सित प्रयोग गरिने सबै चीहरू सहित सफा गर्यौं।
19 Moreover all the vessels, which king Ahaz in his reign cast away in his transgression, have we prepared and sanctified, and behold, they are before the altar of the LORD.आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।”
20 Then Hezekiah the king rose early, and convened the rulers of the city, and went up to the house of the LORD.राजा हिजकियाहले शहर अधिकारीहरूलाई भेला गरे अनि भोलि पल्ट बिहानै परमप्रभुको मन्दिर सम्म गए।
21 And they brought seven bullocks, and seven rams, and seven lambs, and seven he-goats, for a sin-offering for the kingdom, and for the sanctuary, and for Judah. And he commanded the priests the sons of Aaron to offer them on the altar of the LORD.तिनीहरूले सातवटा गोरूहरू सातवटा भेडाहरू, सातवटा भेडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए।
22 So they killed the bullocks, and the priests received the blood, and sprinkled it on the altar: likewise, when they had killed the rams, they sprinkled the blood upon the altar: they killed also the lambs, and they sprinkled the blood upon the altar.यसर्थ पूजाहारीहरूले गोरूहरूलाई मारे अनि रगत लिए। त्यसपछि तिनीहरूले गोरूको रगत वेदीमा छर्किदिए। तब पूजाहारीहरूले भेंडाका पाठाहरू मारे अनि भेंडाका पाठाको रगत वेदीमा छर्किदिए।
23 And they brought forth the he-goats for the sin-offering before the king and the congregation; and they laid their hands upon them:त्यस पछि पूजाहारीहरूले बाख्राहरूलाई राजा र भेला भएका मानिसहरूको सामुन्ने ल्याए। ती बाख्राहरू पाप बलि थिए।
24 And the priests killed them, and they made reconciliation with their blood upon the altar, to make an atonement for all Israel: for the king commanded that the burnt-offering and the sin-offering should be made for all Israel.पूजाहारीहरूले आफ्ना हात बाख्रा माथि राखे अनि बाख्राहरूलाई मारे। पूजाहारीहरूले बाख्राको रगत द्वारा वेदीमा पाप बलि अर्पम गरे। तिनीहरूले यसो गरे जसद्वारा परमेश्वरले इस्राएलका मानिसहरूको पापलाई क्षमा गरिदिनुहुनेछ। राजाले भने कि त्यो होमबलि अनि पाप बलि इस्राएलका सबै मानिसहरूका निम्ति हुनु पर्छ।
25 And he set the Levites in the house of the LORD with cymbals, with psalteries, and with harps, according to the commandment of David, and of Gad the king's seer, and Nathan the prophet: for so was the commandment of the LORD by his prophets.राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो।
26 And the Levites stood with the instruments of David, and the priests with the trumpets.यसर्थ लेवीहरू दाऊदका वाद्य यन्त्रहरू सहित अनि पूजाहारीहरू आफ्ना तुरहीहरू सहित उभिए।
27 And Hezekiah commanded to offer the burnt-offering upon the altar. And when the burnt-offering began, the song of the LORD began also with the trumpets, and with the instruments ordained by David king of Israel.तब हिजकियाहले वेदीमा होमबलि चढाउने आदेश दिए। जब होमबलि शुरू भयो परमप्रभुको स्तुति गान पनि शुरू भयो। तुरहीहरू फुके अनि इस्राएलका राजा दाऊदका बाजा बजाइए।
28 And all the congregation worshiped, and the singers sang, and the trumpeters sounded: and all this continued until the burnt-offering was finished.सम्पूर्ण सभाले शिर झुकाए, संङ्गीतकारहरूले गाए अनि तुरही बजाउनेहरूले आ-आफ्ना तुरही होमबलि पूर्ण नभएसम्म बजाए।
29 And when they had made an end of offering, the king and all that were present with him bowed themselves, and worshiped.बलिदानहरू पूरा भए पछि राजा हिजकियाह अनि तिनका साथ भएका सबै मानिसहरू तल झुके र आराधना गरे।
30 Moreover, Hezekiah the king and the princes commanded the Levites to sing praise to the LORD, with the words of David, and of Asaph the seer. And they sang praises with gladness, and they bowed their heads and worshiped.राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्ने आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दर्शी आसापले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे।
31 Then Hezekiah answered and said, Now ye have consecrated yourselves to the LORD, come near and bring sacrifices and thank-offerings into the house of the LORD. And the congregation brought in sacrifices and thank-offerings; and, as many as were of a free heart, burnt-offerings.हिजकियाहले भने, “अब यहूदाका मानिसहरू तिमीहरूले स्वयंलाई परमप्रभु प्रति अर्पण गरिसकेकाछौ। नजिक आऊ बलि र धन्यवादको भेटी परमप्रभुको मन्दिरमा ल्याऊ।” तब मानिसहरूले बलिहरू अनि धन्यवादका भेटीहरू ल्याए। कुनै पनि व्यक्ति जसले चाहन्थे, तिनीहरूले पनि होमबलि ल्याए।
32 And the number of the burnt-offerings, which the congregation brought, was seventy bullocks, a hundred rams: and two hundred lambs: all these were for a burnt-offering to the LORD.सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोरूहरू, 100वटा भेडाहरू अनि 200 भेडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए।
33 And the consecrated things were six hundred oxen and three thousand sheep.परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोरूहरू अनि 3,000 भेडा अनि बाख्रहरू थिए।
34 But the priests were too few, so that they could not flay all the burnt-offerings: wherefore their brethren the Levites helped them, till the work was ended, and until the other priests had sanctified themselves: for the Levites were more upright in heart to sanctify themselves than the priests.तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काढ्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यसर्थ तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसकुञ्जेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारूञ्जेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए।
35 And also the burnt-offerings were in abundance, with the fat of the peace-offerings, and the drink-offerings for every burnt-offering. So the service of the house of the LORD was set in order.त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्घबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो।
36 And Hezekiah rejoiced, and all the people, that God had prepared the people: for the thing was done suddenly.हिजकियाह अनि मानिसहरू अति प्रशन्न थिए परमेश्वरले मानिसहरूका निम्ति प्रस्तुत गर्नु भएका कुराहरूको बारेमा। अनि तिनीहरू उहाँले यति चाँडो गर्नु भएकोमा खुशी थिए।
Nepali Bible