Bible

2 Chronicles 2 - BBE (Nepali)

1 Now it was Solomon's purpose to put up a house for the name of the Lord and a house for himself as king.सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे।

2 And Solomon had seventy thousand men numbered for transport, and eighty thousand for cutting stone in the mountains, and three thousand, six hundred as overseers.सुलेमानले 70,000 भारी बोक्नेहरू अनि पहाडमा ढुङ्गा काट्नका निम्ति 80,000 डकर्मीहरू ल्याए। सुलेमानले काम गर्नेहरूको देख-रेख गर्नलाई 3,600 मानिसहरू चुने।

3 And Solomon sent to Huram, king of Tyre, saying, As you did for my father David, sending him cedar-trees for the building of his house,त्यसपछि सुलेमानले हूरामलाई खबर पठाए। हूराम सोर शहरका राजा थिए। सुलेमानले भने, “तपाईंले मेरो पिता दाऊदलाई सहायता दिनु भए झैं मलाई सहायता दिनुहोस्। तपाईंले तिनलाई देवदार बृक्षका काठ पठाउनु भएको थियो जसमा कि तिनले आफैं बस्नका निम्ति एउटा राज भवन बनाउन सकून्।

4 See! I am building a house for the name of the Lord my God, to be made holy to him, where perfumes of sweet spices will be burned before him, and the holy bread will be placed at all times, and burned offerings will be offered morning and evening, on the Sabbaths and at the new moons, and on the regular feasts of the Lord our God. This is a law for ever to Israel.परमप्रभु मेरा परमेश्वरका नाउँको सम्मानका निम्ति म एउटा मन्दिर निर्माण गर्नेछु। मन्दिरमा हामी परमप्रभुको समक्ष धूप जलाउने छौं अनि हामी सदैव विशेष मेचमा पवित्र रोटी राख्नेछौं। हामी हरेक साँझ, बिहान हरेक शबाथको दिन, हरेक औंसी अनि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मनाउन भनी आदेश दिनु भएका अन्य चाडहरूमा होमबलि अर्पण गर्ने छौं। इस्राएली मानिसहरूले सदा सर्वदा पालन गर्नु पर्ने यो एउटा नियम हो।

5 And the house which I am building is to be great, for our God is greater than all gods.“हाम्रा परमेश्वर अन्य सबै देवताहरू भन्दा महान हुनुहुन्छ। यसर्थ उहाँको निम्ति म एक विशाल मन्दिर निर्माण गर्नेछु।

6 But who may have strength enough to make a house for him, seeing that the heaven and the heaven of heavens are not wide enough to be his resting-place? who am I then to make a house for him? But I am building it only for the burning of perfume before him.कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।

7 So now send me an expert worker in gold and silver and brass and iron? in purple and red and blue, and in the cutting of all sorts of ornament, to be with the expert workmen who are here in Judah and in Jerusalem, whom my father David got together.अब तपाईंले मलाई एक व्यक्ति जो सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छ पठाइ दिनुहोस् भनी चाहन्छु। त्यस मानिसले बैजनी, रातो अनि नीलो बस्त्रको काम गर्न जानेको हुनुपर्छ। त्यस मानिसले मेरा पिताले चुन्नु भएका कारीगरहरू सित यहाँ यहूदा अनि यरूशलेममा काम गर्नेछ।

8 And send me cedar-trees, cypress-trees and sandal-wood from Lebanon, for, to my knowledge, your servants are expert wood-cutters in Lebanon; and my servants will be with yours,दया गरेर मलाई लबानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लबानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्।

9 To get trees for me in great numbers, for the house which I am building is to be great and a wonder.मलाई प्रशस्त काठको दर्कार पर्नेछ किनभने मन्दिर म जो निर्माण गर्दैछु अत्यन्त विशाल र सुन्दर हुनेछ।

10 And I will give as food to your servants, the wood-cutters, twenty thousand measures of grain, and twenty thousand measures of barley and twenty thousand measures of wine and twenty thousand measures of oil.काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो। म तिनीहरूलाई खानका निम्ति 20,000 मुरीगहुँ, 20,000 मुरी जौं, 20,000 पाथीदाखरस अनि 20,000 पाथी तेल दिने छु।”

11 Then Huram, king of Tyre, sent Solomon an answer in writing, saying, Because of his love for his people the Lord has made you king over them.तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्; “सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।”

12 And Huram said, Praise be to the Lord, the God of Israel, maker of heaven and earth, who has given to David the king a wise son, full of wisdom and good sense, to be the builder of a house for the Lord and a house for himself as king.हूरामले यो पनि भने, “इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नुहोस्। उहाँले स्वर्ग अनि पृथ्वीको सृजना गर्नु भयो। उहाँले राजा दाऊदलाई एक बुद्धिमान छोरा दिनु भयो। सुलेमान बुद्धिमानी अनि समझदारी हुनुहुन्छ। तपाईंले परमप्रभुको निम्ति मन्दिर निर्माण गर्नु हुँदैछ। तपाईंले आफ्नै निम्ति पनि राज-महल निर्माण गर्नु हुँदैछ।

13 And now I am sending you a wise and expert man, Huram who is as my father,म तपाईं कहाँ हूराम अब्बी नाउँ गरेको एक सिपालु कारीगर पठाउने छु।

14 The son of a woman of the daughters of Dan, whose father was a man of Tyre, an expert worker in gold and silver and brass and iron, in stone and wood, in purple and blue and fair linen and red, trained in the cutting of every sort of ornament and the invention of every sort of design; let him be given a place among your expert workmen and those of my lord, your father David.त्यसकी आमा दान कुल समूहकी थिइन्। त्यसका पिता सोर शहरका थिए। हूराम अब्बी सुन, चाँदी, काँसा, फलाम, ढुँङ्गा अनि काठको काम गर्नमा सिपालु छ। हूराम अब्बीसंग बैजनी, नीलो अनि रातो बस्त्र र मूल्यवान मलमलको काम गर्नमा पनि सिपालु छ। हूराम अब्बी तपाईंले भन्नु भएका नक्कासी गर्न अनि कुनै पनि काम गर्न सक्छ। त्यसले तपाईंका कारीगरहरू अनि तपाईंका पिता राजा दाऊदका कारीगरहरू सित काम गर्नेछ।

15 So now let my lord send to his servants the grain and the oil and the wine as my lord has said;“अब, महाशय, तपाईंले हामीलाई गहुँ, जौं, तेल अनि दाखरस दिने वचन दिनु भयो। ती चीजहरू मेरा सेवकहरूलाई दिनु होस्।

16 And we will have wood cut from Lebanon, as much as you have need of, and will send it to you on flat boats by sea to Joppa, and from there you may take it up to Jerusalem.अनि हामी लबानोन देशबाट काठ काट्ने छौं। हामी तपाईंलाई चाहिएसम्म काठ काट्ने छौं। हामी मूढाहरू साथ बाँध्ने छौं। अनि तिनीहरूलाई समुद्रबाट यापो शहरतिर पठाउने छौं। त्यसपछि तपाईंले काठहरू यरूशलेममा लान सक्नु हुने छ।”

17 Then Solomon took the number of all the men from strange lands who were living in Israel, as his father David had done; there were a hundred and fifty-three thousand, six hundred.तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए। तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए।

18 Seventy thousand he put to the work of transport, eighty thousand to cutting stone in the mountains, and three thousand, six hundred as overseers to put the people to work.सुलेमानले मालसामान बोक्नका निम्ति 70,000 विदेशीहरू छाने। सुलेमानले 80,000 विदेशीहरूलाई पहाडमा ढुँङ्गा काट्नका निम्ति चुने। अनि सुलेमानले 3,600 विदेशी मानिसहरूलाई काममा लगाइ राख्नका निम्ति निरीक्षक चुने।

Nepali Bible