Bible

2 Chronicles 12 - BBE (Nepali)

1 Now when Rehoboam's position as king had been made certain, and he was strong, he gave up the law of the Lord, and all Israel with him.रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।

2 Now in the fifth year of King Rehoboam, Shishak, king of Egypt, came up against Jerusalem, because of their sin against the Lord,रहबामको राज्यकालको पाँचौं वर्षमा शीशकले यरूशलेम शहर माथि आक्रमण गरे। शीशक मिश्रदेशका राजा भए। किनभने रहबाम अनि यहूदाका मानिसहरू परमप्रभु प्रति विश्वसनीय थिएनन्।

3 With twelve hundred war-carriages and sixty thousand horsemen: and the people who came with him out of Egypt were more than might be numbered: Lubim and Sukkiim and Ethiopians.शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए।

4 And he took the walled towns of Judah, and came as far as Jerusalem.शीशकले यहूदाका सुदृढ शहरहरूलाई परास्त गरे। त्यसपछि शीशकले आफ्ना सैन्यलाई यरूशलेममा ल्याए।

5 Now Shemaiah the prophet came to Rehoboam and the chiefs of Judah, who had come together in Jerusalem because of Shishak, and said to them, The Lord has said, Because you have given me up, I have given you up into the hands of Shishak.तब शमायाह अगमवक्ता रहबाम अनि यहूदाका प्रमुखहरू कहाँ आए। यहूदाका ती प्रमुखहरू यरूशलेममा भेला भएका थिए किनभने तिनीहरू सबै शीशकसित भयभीत थिए। शमायाहले रहबाम अनि यहूदाका प्रमुखहरूलाई भने, “परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः ‘रहमबाम तँ अनि यहूदाका मानिसहरूले मलाई त्याग गरेका छौ मेरो व्यवस्था पालन गर्न अस्वीकार गरेका छौ। यसर्थ अब म मेरो सहायता बिना तँलाई शीशकको सामना गर्न छोड्ने छु।”‘

6 Then the chiefs of Israel and the king made themselves low and said, The Lord is upright.तब यहूदाका प्रमुखहरू अनि राजा रहबाम दुःखित भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहाँ “संन्देश आयो।”

7 And the Lord, seeing that they had made themselves low, said to Shemaiah, They have made themselves low: I will not send destruction on them, but in a short time I will give them salvation, and will not let loose my wrath on Jerusalem by the hand of Shishak.परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउँने छु। म मेरो रीस यरूशलेम माथि पोख्नलाई शीशकको प्रयोग गर्ने छैन।

8 But still they will become his servants, so that they may see how different my yoke is from the yoke of the kingdoms of the lands.तर यरूशलेमका मानिसहरू शीशकका सेवक हुने छन्। यस्तो हुने छ जसद्वारा तिनीहरूले यो सिक्ने छन् कि मेरो सेवा गर्नु अन्य राष्ट्रहरूका राजाहरूको सेवा गर्नु भन्दा भिन्न हो।”

9 So Shishak, king of Egypt, came up against Jerusalem and took away all the stored wealth of the house of the Lord and the king's house: he took everything away, and with the rest the gold body-covers which Solomon had made.शीशकले यरूशलेम माथि चढाईं गरे अनि सम्पत्तिहरू लगे जो परमप्रभुको मन्दिरमा थियो। शीशक मिश्रदेशका राजा थिए। अनि तिनले ती सम्पत्ति पनि लगे जो राजाको भवनमा थियो। शीशकले हरेक चीज लिए अनि ती सम्पत्तिहरू लगेर गए। तिनले ती सुनका ढालहरू पनि लगे जो सुलेमानले बनाएका थिए।

10 And in their place King Rehoboam had other body-covers made of brass and gave them into the care of the captains of the armed men who were stationed at the door of the king's house.राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए।

11 And whenever the king went into the house of the Lord, the armed men went with him taking the body-covers, and then took them back to their room.जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे।

12 And when he made himself low, the wrath of the Lord was turned back from him, and complete destruction did not come on him, for there was still some good in Judah.जब रहबामले स्वयंलाई नम्र तुल्याए तब परमप्रभुले आफ्नो क्रोध रहबामबाट हटाउनु भयो। यसरी नै परमप्रभुले रहबामलाई पूर्ण रूपले ध्वंश पार्नु भएन। त्यहाँ यहूदामा केही असल कुरा पनि थियो।

13 So King Rehoboam made himself strong in Jerusalem and was ruling there. Rehoboam was forty-one years old when he became king, and he was ruling for seventeen years in Jerusalem, the town which the Lord had made his out of all the tribes of Israel, to put his name there; and his mother's name was Naamah, an Ammonite woman.राजा रहबामले स्वयंलाई यरूशलेममा एक शक्तिशाली राजा बनाए। तिनी एकचालीस वर्षका थिए जब तिनी राजा भए। रहबाम यरूशलेममा सत्र वर्षसम्म राजा थिए। यरूशलेम त्यो शहर हो जसलाई परमप्रभुले इस्राएलका समस्त कुल समूहबाट चुन्नु भएको हो। परमप्रभुले आफ्ना नाउँ यरूशलेममा राख्न रोज्नु भयो। रहबामकी आमा नामा थिइन्। नामा अम्मोन देशकी थिइन्।

14 And he did evil because his heart was not true to the Lord.रहबामले नराम्रा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।

15 Now the acts of Rehoboam, first and last, are they not recorded in the words of Shemaiah the prophet and Iddo the seer? And there were wars between Rehoboam and Jeroboam all their days.रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इद्दो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखीएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकालभरी युद्ध चलिरह्यो।

16 And Rehoboam went to rest with his fathers, and was put into the earth in the town of David; and Abijah his son became king in his place.रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।

Nepali Bible