1 Samuel 6 - WEB (Nepali)
1 The ark of Yahweh was in the country of the Philistines seven months.पलिश्तीहरूले पवित्र सन्दूकलाई आफ्नो देशमा सात महीनासम्म राखे।
2 The Philistines called for the priests and the diviners, saying, "What shall we do with the ark of Yahweh? Show us with which we shall send it to its place."पलिश्तीहरूले आफ्ना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाएर भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस्, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”
3 They said, "If you send away the ark of the God of Israel, don't send it empty; but by all means return him a trespass-offering: then you shall be healed, and it shall be known to you why his hand is not removed from you."पुरोहितहरू र ज्योतिषीहरूले सुझाव दिए, “यदि तिमीहरूले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई पठाउनु भयो भने सौगात नराखी नपठाऊ। तिमीहरूले केही उपहार चढाउनै पर्छ, जसले तिमीहरूको पाप मोचन हुनेछ। त्यसपछि तिमीहरू स्वस्थ्य र पवित्र हुनेछौ। तिमीहरूले यसो गर्नैपर्छ अनि मात्र परमेश्वरले तिमीहरूलाई दण्डित हुनबाट बचाउँनु हुनेछ।”
4 Then they said, "What shall be the trespass-offering which we shall return to him?" They said, "Five golden tumors, and five golden mice, [according to] the number of the lords of the Philistines; for one plague was on you all, and on your lords.पलिश्तीहरूले सोधे, “इस्राएलका परमेश्वरलाई कस्तो प्रकारका भेटीहरू दिएमा हामीलाई क्षमा मिल्ने छ?”पुरोहितहरू र ज्योतिषीहरूले भने, “यहाँ पलिश्तीहरूका शहरका एक-एकजना प्रमुख गरेर जम्मा पाँचजना प्रमुख छन्। तिमी जस्तै तिम्रो सबै प्रमुखहरूले एउटै विमार भोग्नु परिरहेछ। यसर्थ तिमीहरूले पाँचवटा सुनका गिर्खाको नमूना तयार गर। त्यसरी नै पाँचवटा सुनका मूसाको नमूना पनि तयार गर।
5 Therefore you shall make images of your tumors, and images of your mice that mar the land; and you shall give glory to the God of Israel: peradventure he will lighten his hand from off you, and from off your gods, and from off your land.गिर्खाहरू र मूसाका नमूनाहरू बनाऊ त्यसले देशलाई नष्ट गरिरहेको छ। इस्राएलका परमेश्वरलाई ती सुनका नमूनाहरू भुक्तानीको रूपमा प्रदान गर। त्यसपछि यो हुन सक्ला इस्राएलका परमेश्वरले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशमा दण्ड दिन बन्द गर्नु हुनेछ।
6 Why then do you harden your hearts, as the Egyptians and Pharaoh hardened their hearts? When he had worked wonderfully among them, didn't they let the people go, and they departed?फिरऊन र मिश्रीहरू जस्तै हठी स्वभावका नबन। परमेश्वरले मिश्रीहरूलाई दण्ड दिनुभयो। यसो गर्दा मात्र मिश्रीहरूले इस्राएलीहरूलाई मिश्र छोड्नदिए।
7 Now therefore take and prepare yourselves a new cart, and two milk cattle, on which there has come no yoke; and tie the cattle to the cart, and bring their calves home from them;“तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्।
8 and take the ark of Yahweh, and lay it on the cart; and put the jewels of gold, which you return him for a trespass-offering, in a coffer by the side of it; and send it away, that it may go.परमप्रभुको पवित्र सन्दूकलाई त्यस गाढा भित्र राखिदिनु। त्यसैको छेउमा नमूनाको थैलो पनि राखि दिनु। त्यो नमूना चाँहि तिम्रो पाप मोचनका निम्ति परमेश्वरलाई भेटी हो। बन्द गाडालाई सोझो बाटो लगाई देऊ।
9 Behold; if it goes up by the way of its own border to Beth-shemesh, then he has done us this great evil: but if not, then we shall know that it is not his hand that struck us; it was a chance that happened to us."त्यसपछि गाडा कता जान्छ ख्याल राख। यदि गाडा बेत-शेमेशपट्टि अघि बढेर इस्राएलको भूमितिर गयो भने त्यसले यो संकेत दिन्छ, परमप्रभुले नै हामीलाई त्यस्तो ठूलो रोग दिनुभएको हो। तर गाई बेत-शेमेश तिर गएन भने हामीले बुझ्नेछौं कि त्यो दण्ड स्वरूप भनिएको देशान इस्राएलका परमेश्वरबाट भएको होइन। हामीले त्यो बिमार आफै फैलिएको हो भनेर जान्नुपर्यो।”
10 The men did so, and took two milk cattle, and tied them to the cart, and shut up their calves at home;पलिश्तीहरूले पूरोहित र ज्योतिषीहरूले भने झैं गरे। पलिश्तीहरूले भरखरै ब्याएका दुइवटा गाई खोजेर ल्याए। गाडामा ती गाईहरू नारे र बाछाहरूलाई गोठमा थुनिदिए।
11 and they put the ark of Yahweh on the cart, and the coffer with the mice of gold and the images of their tumors.त्यसपछि पलिश्तीहरूले गाडामा परमप्रभुको पवित्र सन्दूक राखे। सुनका मूसाहरू र गिर्खाको नमूनाहरू हालेको थैलो गाडामा (सन्दुको छेउमा) राखे।
12 The cattle took the straight way by the way to Beth-shemesh; they went along the highway, lowing as they went, and didn't turn aside to the right hand or to the left; and the lords of the Philistines went after them to the border of Beth-shemesh.गाई गाडा तान्दै सोझै बेत-शेमेशतिर लगे। गाईहरू कराउँदै सडकदेखि दाहिने देब्रे कतै नताकी अघि बढिरहे। पलिश्ती शासकहरू पनि बेत-शेमेशको सीमासम्म पछि-पछि गए।
13 They of Beth-shemesh were reaping their wheat harvest in the valley; and they lifted up their eyes, and saw the ark, and rejoiced to see it.बेत-शेमेशका मानिसहरू बेंसीमा धमाधम गहूँको फसल काटिरहेका थिए। तिनीहरूले शिर उठाएर हेर्दा पवित्र सन्दूक देखे। तिनीहरूले त्यस सन्दूकलाई फेरि देख्दा साह्रै रमाए र दौडेर लिन गए।
14 The cart came into the field of Joshua the Beth-shemite, and stood there, where there was a great stone: and they split the wood of the cart, and offered up the cattle for a burnt offering to Yahweh.गाडा सोझै बेत-शेमेशका यहोशूको खेतमा एउटा ठूलो चट्टान अगाडि रोकियो।बेत-शेमेशका मानिसहरूले त्यो गाडा टुक्रा-टुक्रा पारे।
15 The Levites took down the ark of Yahweh, and the coffer that was with it, in which the jewels of gold were, and put them on the great stone: and the men of Beth-shemesh offered burnt offerings and sacrificed sacrifices the same day to Yahweh.गाईहरूलाई मारेर परमप्रभुलाई बलिको रूपमा चढाए। लेवी कुल समूहका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक उठाए। तिनीहरूले सन्दूक र सुनका नमूनाहरू राखिएका थौला उठाएर त्यो चट्टानमाथि राखे। त्यस दिन बेत-शेमेशका मानिसहरूले परमप्रभुलाई होमबलि चढाए।
16 When the five lords of the Philistines had seen it, they returned to Ekron the same day.पलिश्ती शासकहरूले बेत-शेमेशमा घटेका सम्पूर्ण घटना हेरेर त्यही दिन एक्रोनतिर लागे।
17 These are the golden tumors which the Philistines returned for a trespass-offering to Yahweh: for Ashdod one, for Gaza one, for Ashkelon one, for Gath one, for Ekron one;यस प्रकार पलिश्तीहरूले आफूले गरेका पापबाट क्षमा पाउनलाई परमप्रभुमा गिर्खाको सुनको नमूना उपहार स्वरूप पठाए। तिनीहरूले पाँचवटा सुनका गिर्खाको नमूना प्रत्येक पलिश्ती शहरमा एक एकवटा पठाए। ती शहरहरू हुन् अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन।
18 and the golden mice, according to the number of all the cities of the Philistines belonging to the five lords, both of fortified cities and of country villages, even to the great stone, whereon they set down the ark of Yahweh, [which stone remains] to this day in the field of Joshua the Beth-shemite.पलिश्तीहरूले सुनका मूसाहरूको नमूना पनि पठाए। सुनका मूसाहरूको नमूना पनि त्यति नै संख्यामा थियो जति ती पाँचै पलिश्ती शासकहरूको शहरको संख्या थियो। ती शहरहरूका वरिपरि पर्खालहरू थिए अनि प्रत्येक शहरका वरिपरि बस्तीहरू थिए।बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूकलाई जुन चट्टानमा राखे, त्यो चट्टान अहिले पनि बेत-शेमेशका यहोशूको खेतमा छ।
19 He struck of the men of Beth-shemesh, because they had looked into the ark of Yahweh, he struck of the people fifty thousand seventy men; and the people mourned, because Yahweh had struck the people with a great slaughter.जब बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक देखे त्यो हेरचाह गर्न तिनीहरूलाई सिकाउने त्यहाँ कुनै पूजाहारी थिएन। यसकारणले बेत-शेमेशेका सत्तरीजना मानिसहरूलाई परमेश्वरले मार्नुभयो। परमप्रभुले कठोर दण्ड दिनुभयो भनेर बेत-शेमेशका मानिसहरूले अलाप विलाप गर्न थाले।
20 The men of Beth-shemesh said, Who is able to stand before Yahweh, this holy God? and to whom shall he go up from us?यसैले बेत-शेमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”
21 They sent messengers to the inhabitants of Kiriath Jearim, saying, The Philistines have brought back the ark of Yahweh; come you down, and bring it up to you.किर्यात्-यारीममा एकजना पूजाहारी छन्। बेत-शेमेशका मानिसहरूले किर्यात्-यारीमका मानिसहरू भएतिर दूत पठाए। दूतले गएर भने, “पलिश्तीहरूले परमप्रभुको पवित्र सन्दूक फिर्ता गरिदिए। तल आएर तपाईंहरूले त्यो आफ्नो शहरमा लानु होस्।”
Nepali Bible