Bible

1 Samuel 4 - BBE (Nepali)

1 Now at that time the Philistines came together to make war against Israel, and the men of Israel went out to war against the Philistines and took up their position at the side of Eben-ezer: and the Philistines put their forces in position in Aphek.इस्राएलभरी शमूएलको विषयमा समाचार फैलिन थाल्यो। तर एली भने साह्रै बुढो भइसकेका थिए। तर उनका छोराहरूले भने अझै पनि परमप्रभुका अघि दुष्ट कार्य गरिनै रहे।त्यस समय, इस्राएलीहरू पलिश्तीहरूका विरूद्धमा युद्ध गर्नको निम्ति तयार भए। इस्राएलीले एबेन-एजेरमा छाउनी हाले अनि पलिश्तीहरूले अपेकमा छाउनी हाले।

2 And the Philistines put their forces in order against Israel, and the fighting was hard, and Israel was overcome by the Philistines, who put to the sword about four thousand of their army in the field.पलिश्तीहरू इस्राएलीहरू माथि हमला गर्न तयार भए।पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। पलिश्तीहरूले इस्राएलका 4,000 सैनिकहरू मारिदिए।

3 And when the people came back to their tents, the responsible men of Israel said, Why has the Lord let the Philistines overcome us today? Let us get the ark of the Lord's agreement here from Shiloh, so that it may be with us and give us salvation from the hands of those who are against us.बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”

4 So the people sent to Shiloh and got the ark of the agreement of the Lord of armies whose resting-place is between the winged ones; and Hophni and Phinehas, the two sons of Eli, were there with the ark of God's agreement.त्यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि करूब स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होप्नी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए।

5 And when the ark of the Lord's agreement came into the tent-circle, all Israel gave a great cry, so that the earth was sounding with it.जब परमप्रभुको करारको सन्दूक छाउनी भित्र ल्याइयो, इस्राएलीहरूले ठूलो हल्ला गरे। त्यस हल्लाले भूमि नै हल्लियो।

6 And the Philistines, hearing the noise of their cry, said, What is this great cry among the tents of the Hebrews? Then it became clear to them that the ark of the Lord had come to the tent-circle.पलिश्तीहरूले पनि इस्राएलीहरूका हल्ला सुन। तिनीहरूले सोधे, “हिब्रूहरूका छाउनीमा यति साह्रौ हल्ला किन हुँदैछ?”पछि पलिश्तीहरूलाई थाहा भयो कि इस्राएलीहरूका छाउनीमा करारको सन्दूक आएको छ।

7 And the Philistines, full of fear, said, God has come into their tents. And they said, Trouble is ours! for never before has such a thing been seen.पलिश्तीहरू डराएर भने, “परमेश्वर नै तिनीहरूका छाउनीमा आए! अब हाम्रो के हुने हो। यस्तो पहिले कहिले भएको थिएन।

8 Trouble is ours! Who will give us salvation from the hands of these great gods? These are the gods who sent all sorts of blows on the Egyptians in the waste land.हामी चिन्तित भयौ यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भंयकर रोगहरू दिएका थिए।

9 Be strong, O Philistines, be men! Do not be servants to the Hebrews as they have been to you: go forward to the fight without fear.पलिश्तीहरू हो सहासी बन! मर्द झैं काम गर, नत्र ता विगतमा हिब्रूहरू हाम्रा दास थिए, भने अब लडेनौं भने तिमीहरू उनीहरूका दास हुनेछौ।”

10 So the Philistines went to the fight, and Israel was overcome, and every man went in flight to his tent: and great was the destruction, for thirty thousand footmen of Israel were put to the sword.पलिश्तीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए।

11 And the ark of God was taken; and Hophni and Phinehas, the sons of Eli, were put to the sword.पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हात पारे र एलीका दुवै छोरा, होप्नी र पीनहासलाई मारे।

12 And a man of Benjamin went running from the fight and came to Shiloh the same day with his clothing out of order and earth on his head.त्यस दिन बिन्यामिनी कूलका एकजना मानिस युद्ध भूमिबाट भागेर हारेको शोक प्रकट गर्न शरीरका बस्त्रहरू च्यातेर टाउकोभरी धूलै-धूलो खन्याए र शीलोमा पुगे।

13 And when he came, Eli was seated by the wayside watching: and in his heart was fear for the ark of God. And when the man came into the town and gave the news, there was a great outcry.त्यस समय एली शहरको फाटकहरूको मूल बाटोमा आफ्नो आसनमा बसिरहेका थिए। तिनी परमेश्वरको पवित्र सन्दूकको विषयमा ज्यादै चिन्तित थिए र समाचारको प्रतिक्षा गरिरहेका थिए। त्यो बिन्यामीनहरूले आए र दुःखी समाचार शहरलाई दियो। अनि सबै शहरवासी जोडले रून थाले।

14 And Eli, hearing the noise and the cries, said, What is the reason of this outcry? And the man came quickly and gave the news to Eli.एली अन्ठानब्बे वर्षका बूढा थिए अनि तिनी अन्धा थिए। जब एलीले रोएको स्वर सुने तिनले सोधे,

15 Now Eli was ninety-eight years old, and his eyes were fixed so that he was not able to see.“मानिसहरू किन यसरी चिच्याइ-चिच्याइ रोईरहेका?”उनै बिन्यामिनी मानिस एलीका सामुने पुगेर सारा घटना बताए।

16 And the man said to Eli, I have come from the army and have come in flight today from the fight. And he said, How did it go, my son?तिनले भने, “म युद्धभूमिबाट भागेर आएको हुँ!”एलीले फेरि सोधे, “के भयो हँ छोरा?”

17 And the man said, Israel went in flight from the Philistines, and there has been great destruction among the people, and your two sons, Hophni and Phinehas, are dead, and the ark of God has been taken.बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इस्राएलीहरू पलिश्तीहरूका अघि टिक्न नसकेर भागे इस्राएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुवै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिश्तीहरूले कब्जामा पारेका छन्।”

18 And at these words about the ark of God, Eli, falling back off his seat by the side of the doorway into the town, came down on the earth so that his neck was broken and death overtook him, for he was an old man and of great weight. He had been judging Israel for forty years.जब बिन्यामिनी मानिसले परमेश्वरको पवित्र सन्दूकको घटना बताए, एली ऊ बसेको कुर्सीबाट पछिल्तिर लडे, र तिनको मुन्टो भाँचियो, कारण एली साह्रै बूढा थिए र साह्रै मोटा थिए, उनी त्यही मरे। एलीले चालिस वर्षसम्म इस्राएलाई अगुवाइ गरेका थिए।

19 And his daughter-in-law, the wife of Phinehas, was with child and near the time when she would give birth; and when she had the news that the ark of God had been taken and that her father-in-law and her husband were dead, her pains came on her suddenly and she gave birth.एलीकी बुहारी, पीनहासकी पत्नी त्यस समय गर्भवती थिईन्। तिनीको नानी जन्माउने समय पुगिसकेको थियो, परमेश्वरको पवित्र सन्दूक कब्जा गरेको घटना साथै ससुरा र लोग्नेको पनि मृत्यु भएको खबर सुन्नेबित्तीकै प्रसववेदना शुरू भयो, यसकारण उसले घुँडा टेकी र तत्कालै एउटा छोरा जन्माईन्।

20 And when she was very near death the women who were with her said, Have no fear, for you have given birth to a son. But she made no answer and gave no attention to it.जब तिनी मर्नै लागेकी थिईन्, तिनलाई स्याहार्ने आइमाईहरूले तिनलाई भने, “नडराऊ! तिम्रो एउटा छोरा भयो।”तर एलीकी बुहारीलाई त्यस सुखको खबरले कुनै असर गरेन।

21 And she gave the child the name of Ichabod, saying, The glory has gone from Israel: because the ark of God was taken and because of her father-in-law and her husband.तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ ईकावोद राखिन्, अर्थ “इस्राएलो महिमा लगियो!” यसले यो नाउँ राखी परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुरा संकेत गराउँछ।

22 And she said, The glory is gone from Israel, for the ark of God has been taken.तिनले भनिन्, “इस्राएलको महिमा हरायो।” कारण पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक कब्जा गरे।

Nepali Bible