1 Samuel 22

fullscreen6 शाऊलले सुने कि उसका मानिसहरूले दाऊद र उनका मानिसहरू कतातिर छन् भन्ने थाहा पाए। शाऊल गिबाको टाकुरामा एउटा रूखको छाहारीमुनि बसिरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। तिनका सबै अधिकारीहरू वरिपरि उभिएका थिए।

fullscreen7 शाऊलले आफ्ना वरिपरि उभिएका अधिकारीहरूलाई भने, “बिन्यामीनका मानिसहरू हो सुन, तिमीहरूले विचार गरेका छौ, यिशैको छोरा दाऊदले तिमीहरूलाई खेत तथा दाखका बगान दिएको छ? तिमीहरूले यो पनि सोचेका छौ कि दाऊदले तिमीहरूको उन्नति गराउने छ अनि 1,000 र 100 मानिसहरूका अधिकारी बनाउने छ?

fullscreen8 तिमीहरू सबैले मेरो विरूद्ध षड्‌यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिशैका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गर्थ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”

fullscreen9 एदोमी दोएग शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिशैका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतूबका छोरा अहीमेलेकलाई भेट्न आएका थिए।

fullscreen10 अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”

fullscreen11 त्यस पछि राजा शाऊलले पूजाहारीहरूलाई हाजिर गराउनु भनेर मानिसहरूलाई आदेश दिए। शाऊलले अहीतूबका छोरा अहीमेलेकलाई तिनका आफन्तहरूसितै लिएर आउनु भन्ने आदेश दिए। अहीमेलेकका आफन्तहरू नोबमा पूजाहारी थिए। तिनीहरू सबै राजाका अगाडि हाजिर भए।

fullscreen12 शाऊलले अहीमेलेकलाई भने, “हे अहीतूबका छोरा, सुन।”अहीमेलेकले जवाफ दिए, “भन्नुहोस, मेरो प्रभु।”

fullscreen13 शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्‌यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”

fullscreen14 अहीमेलेकले जवाफ दिए, “दाऊद तपाईंको सबभन्दा भरोसा गर्न योग्यको पात्र हो। तपाईंका कुनै अधिकारी पनि दाऊद जस्ता विश्वासी छैनन्। दाऊद त तपाईंका आफ्नै ज्वाइँ हुन्। साथै दाऊद तपाईंका अंगरक्षकहरूका कप्तान पनि हुनू। तपाईंका परिवारका सबैले दाऊदलाई आदर गर्छन्।

fullscreen15 दाऊदको लागि मैले प्रार्थना गरेको यो प्रथमचोटि होइन। मलाई र मेरा आफन्तहरूलाई दोष नदिनुहोस्। हामी त तपाईंका सेवक हौं। कहाँ के भइरहेछ मलाई केही थाहा छैन।”

fullscreen16 तर राजाले भने, “अहीमेलेक, तिमी र तिम्रा आफन्तहरू मारिनु नै पर्छ।”

fullscreen17 अनि राजाले आफ्ना छेऊमा उभिएको रक्षकलाई आदेश दिए, “जाऊ, परमप्रभुका ती पूजाहारीहरूलाई मार। यसो गर्नै पर्छ कारण तिनीहरू दाऊदका मानिसहरू हुन्। दाऊद भाग्दै थियो भन्ने जान्दा जान्दै पनि तिनीहरूले मलाई बताएनन्।” तर राजाका अधिकारीहरूले परमप्रभुका ती पूजाहारीहरूलाई मार्न अस्वीकार गरे।

fullscreen18 यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे।

fullscreen19 नोब पूजाहारीहरूको शहर थियो। दोएगले नोबका सम्पूर्ण मानिसहरूलाई मारे। दोएगले तरवारले पुरूष, स्त्री बालक र शिशु लगायत सबैलाई मारे। यहाँ सम्म दोएगले गाईं गोरू गधा र भेडा समेत बाँकी राखेनन्।

fullscreen20 तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले।

fullscreen21 एबीयातारले दाऊदलाई शाऊलले पूजाहारीहरू मारेको वृतान्त बताए।

fullscreen22 त्यसपछि दाऊदले एबीयातारलाई भने, “त्यस दिन नोबमा मैले एदोमी दोएगलाई देखेको थिएँ। मलाई थाहा थियो त्यसले शाऊललाई बताउने छ भनेर। तिम्रा पिताको परिवालाई मारेकोमा म आफूलाई जिममेवारी ठान्छु।

6 When Saul heard that David was discovered, and the men that were with him, (now Saul abode in Gibeah under a tree in Ramah, having his spear in his hand, and all his servants were standing about him;)

7 Then Saul said unto his servants that stood about him, Hear now, ye Benjamites; will the son of Jesse give every one of you fields and vineyards, and make you all captains of thousands, and captains of hundreds;

8 That all of you have conspired against me, and there is none that sheweth me that my son hath made a league with the son of Jesse, and there is none of you that is sorry for me, or sheweth unto me that my son hath stirred up my servant against me, to lie in wait, as at this day?

9 Then answered Doeg the Edomite, which was set over the servants of Saul, and said, I saw the son of Jesse coming to Nob, to Ahimelech the son of Ahitub.

10 And he inquired of the Lord for him, and gave him victuals, and gave him the sword of Goliath the Philistine.

11 Then the king sent to call Ahimelech the priest, the son of Ahitub, and all his father’s house, the priests that were in Nob: and they came all of them to the king.

12 And Saul said, Hear now, thou son of Ahitub. And he answered, Here I am, my lord.

13 And Saul said unto him, Why have ye conspired against me, thou and the son of Jesse, in that thou hast given him bread, and a sword, and hast inquired of God for him, that he should rise against me, to lie in wait, as at this day?

14 Then Ahimelech answered the king, and said, And who is so faithful among all thy servants as David, which is the king’s son in law, and goeth at thy bidding, and is honourable in thine house?

15 Did I then begin to inquire of God for him? be it far from me: let not the king impute any thing unto his servant, nor to all the house of my father: for thy servant knew nothing of all this, less or more.

16 And the king said, Thou shalt surely die, Ahimelech, thou, and all thy father’s house.

17 And the king said unto the footmen that stood about him, Turn, and slay the priests of the Lord; because their hand also is with David, and because they knew when he fled, and did not shew it to me. But the servants of the king would not put forth their hand to fall upon the priests of the Lord.

18 And the king said to Doeg, Turn thou, and fall upon the priests. And Doeg the Edomite turned, and he fell upon the priests, and slew on that day fourscore and five persons that did wear a linen ephod.

19 And Nob, the city of the priests, smote he with the edge of the sword, both men and women, children and sucklings, and oxen, and asses, and sheep, with the edge of the sword.

20 And one of the sons of Ahimelech the son of Ahitub, named Abiathar, escaped, and fled after David.

21 And Abiathar shewed David that Saul had slain the Lord’s priests.

22 And David said unto Abiathar, I knew it that day, when Doeg the Edomite was there, that he would surely tell Saul: I have occasioned the death of all the persons of thy father’s house.

1 Samuel 22 in Tamil and English

6 शाऊलले सुने कि उसका मानिसहरूले दाऊद र उनका मानिसहरू कतातिर छन् भन्ने थाहा पाए। शाऊल गिबाको टाकुरामा एउटा रूखको छाहारीमुनि बसिरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। तिनका सबै अधिकारीहरू वरिपरि उभिएका थिए।
When Saul heard that David was discovered, and the men that were with him, (now Saul abode in Gibeah under a tree in Ramah, having his spear in his hand, and all his servants were standing about him;)

7 शाऊलले आफ्ना वरिपरि उभिएका अधिकारीहरूलाई भने, “बिन्यामीनका मानिसहरू हो सुन, तिमीहरूले विचार गरेका छौ, यिशैको छोरा दाऊदले तिमीहरूलाई खेत तथा दाखका बगान दिएको छ? तिमीहरूले यो पनि सोचेका छौ कि दाऊदले तिमीहरूको उन्नति गराउने छ अनि 1,000 र 100 मानिसहरूका अधिकारी बनाउने छ?
Then Saul said unto his servants that stood about him, Hear now, ye Benjamites; will the son of Jesse give every one of you fields and vineyards, and make you all captains of thousands, and captains of hundreds;

8 तिमीहरू सबैले मेरो विरूद्ध षड्‌यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिशैका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गर्थ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”
That all of you have conspired against me, and there is none that sheweth me that my son hath made a league with the son of Jesse, and there is none of you that is sorry for me, or sheweth unto me that my son hath stirred up my servant against me, to lie in wait, as at this day?

9 एदोमी दोएग शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिशैका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतूबका छोरा अहीमेलेकलाई भेट्न आएका थिए।
Then answered Doeg the Edomite, which was set over the servants of Saul, and said, I saw the son of Jesse coming to Nob, to Ahimelech the son of Ahitub.

10 अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”
And he inquired of the Lord for him, and gave him victuals, and gave him the sword of Goliath the Philistine.

11 त्यस पछि राजा शाऊलले पूजाहारीहरूलाई हाजिर गराउनु भनेर मानिसहरूलाई आदेश दिए। शाऊलले अहीतूबका छोरा अहीमेलेकलाई तिनका आफन्तहरूसितै लिएर आउनु भन्ने आदेश दिए। अहीमेलेकका आफन्तहरू नोबमा पूजाहारी थिए। तिनीहरू सबै राजाका अगाडि हाजिर भए।
Then the king sent to call Ahimelech the priest, the son of Ahitub, and all his father’s house, the priests that were in Nob: and they came all of them to the king.

12 शाऊलले अहीमेलेकलाई भने, “हे अहीतूबका छोरा, सुन।”अहीमेलेकले जवाफ दिए, “भन्नुहोस, मेरो प्रभु।”
And Saul said, Hear now, thou son of Ahitub. And he answered, Here I am, my lord.

13 शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्‌यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”
And Saul said unto him, Why have ye conspired against me, thou and the son of Jesse, in that thou hast given him bread, and a sword, and hast inquired of God for him, that he should rise against me, to lie in wait, as at this day?

14 अहीमेलेकले जवाफ दिए, “दाऊद तपाईंको सबभन्दा भरोसा गर्न योग्यको पात्र हो। तपाईंका कुनै अधिकारी पनि दाऊद जस्ता विश्वासी छैनन्। दाऊद त तपाईंका आफ्नै ज्वाइँ हुन्। साथै दाऊद तपाईंका अंगरक्षकहरूका कप्तान पनि हुनू। तपाईंका परिवारका सबैले दाऊदलाई आदर गर्छन्।
Then Ahimelech answered the king, and said, And who is so faithful among all thy servants as David, which is the king’s son in law, and goeth at thy bidding, and is honourable in thine house?

15 दाऊदको लागि मैले प्रार्थना गरेको यो प्रथमचोटि होइन। मलाई र मेरा आफन्तहरूलाई दोष नदिनुहोस्। हामी त तपाईंका सेवक हौं। कहाँ के भइरहेछ मलाई केही थाहा छैन।”
Did I then begin to inquire of God for him? be it far from me: let not the king impute any thing unto his servant, nor to all the house of my father: for thy servant knew nothing of all this, less or more.

16 तर राजाले भने, “अहीमेलेक, तिमी र तिम्रा आफन्तहरू मारिनु नै पर्छ।”
And the king said, Thou shalt surely die, Ahimelech, thou, and all thy father’s house.

17 अनि राजाले आफ्ना छेऊमा उभिएको रक्षकलाई आदेश दिए, “जाऊ, परमप्रभुका ती पूजाहारीहरूलाई मार। यसो गर्नै पर्छ कारण तिनीहरू दाऊदका मानिसहरू हुन्। दाऊद भाग्दै थियो भन्ने जान्दा जान्दै पनि तिनीहरूले मलाई बताएनन्।” तर राजाका अधिकारीहरूले परमप्रभुका ती पूजाहारीहरूलाई मार्न अस्वीकार गरे।
And the king said unto the footmen that stood about him, Turn, and slay the priests of the Lord; because their hand also is with David, and because they knew when he fled, and did not shew it to me. But the servants of the king would not put forth their hand to fall upon the priests of the Lord.

18 यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे।
And the king said to Doeg, Turn thou, and fall upon the priests. And Doeg the Edomite turned, and he fell upon the priests, and slew on that day fourscore and five persons that did wear a linen ephod.

19 नोब पूजाहारीहरूको शहर थियो। दोएगले नोबका सम्पूर्ण मानिसहरूलाई मारे। दोएगले तरवारले पुरूष, स्त्री बालक र शिशु लगायत सबैलाई मारे। यहाँ सम्म दोएगले गाईं गोरू गधा र भेडा समेत बाँकी राखेनन्।
And Nob, the city of the priests, smote he with the edge of the sword, both men and women, children and sucklings, and oxen, and asses, and sheep, with the edge of the sword.

20 तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले।
And one of the sons of Ahimelech the son of Ahitub, named Abiathar, escaped, and fled after David.

21 एबीयातारले दाऊदलाई शाऊलले पूजाहारीहरू मारेको वृतान्त बताए।
And Abiathar shewed David that Saul had slain the Lord’s priests.

22 त्यसपछि दाऊदले एबीयातारलाई भने, “त्यस दिन नोबमा मैले एदोमी दोएगलाई देखेको थिएँ। मलाई थाहा थियो त्यसले शाऊललाई बताउने छ भनेर। तिम्रा पिताको परिवालाई मारेकोमा म आफूलाई जिममेवारी ठान्छु।
And David said unto Abiathar, I knew it that day, when Doeg the Edomite was there, that he would surely tell Saul: I have occasioned the death of all the persons of thy father’s house.