1 Samuel 16 - WEB (Nepali)
1 Yahweh said to Samuel, How long will you mourn for Saul, seeing I have rejected him from being king over Israel? fill your horn with oil, and go: I will send you to Jesse the Bethlehemite; for I have provided me a king among his sons.परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छसू? शाऊललाई मैले इस्राएलको राजापदबाट हटाइसके तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”
2 Samuel said, How can I go? if Saul hear it, he will kill me. Yahweh said, Take a heifer with you, and say, I am come to sacrifice to Yahweh.शमूएलले भने, “यदि म गएँ भने यो समाचार शाऊलले सुन्ने छ र मलाई मार्ने छ।”परमप्रभुले भन्नुभयो, “बेतलेहेममा जा साथमा एउटा बाछा पनि लानु र भन्नु, ‘परमप्रभुलाई बलि चढाउन आएको।’
3 Call Jesse to the sacrifice, and I will show you what you shall do: and you shall anoint to me him whom I name to you.यिशैलाई बलि चढाउन बोलाउनु। त्यसपछि म तँलाई के गर्नु पर्छ भन्ने छु। तैंले त्यस मानिसलाई अभिषेक गर्नु जुन म तँलाई देखाउँनेछु।”
4 Samuel did that which Yahweh spoke, and came to Bethlehem. The elders of the city came to meet him trembling, and said, Come you peaceably?शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?”
5 He said, Peaceably; I am come to sacrifice to Yahweh: sanctify yourselves, and come with me to the sacrifice. He sanctified Jesse and his sons, and called them to the sacrifice.शमूएलले भने, “ज्यू, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूएलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए।
6 It happened, when they had come, that he looked at Eliab, and said, Surely Yahweh's anointed is before him.जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”
7 But Yahweh said to Samuel, "Don't look on his face, or on the height of his stature; because I have rejected him: for [Yahweh sees] not as man sees; for man looks at the outward appearance, but Yahweh looks at the heart."तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न हो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।”
8 Then Jesse called Abinadab, and made him pass before Samuel. He said, Neither has Yahweh chosen this.त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।”
9 Then Jesse made Shammah to pass by. He said, Neither has Yahweh chosen this.त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।”
10 Jesse made seven of his sons to pass before Samuel. Samuel said to Jesse, Yahweh has not chosen these.यिशैले सातौ छोरा देखाए। तर शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।”
11 Samuel said to Jesse, Are here all your children? He said, There remains yet the youngest, and, behold, he is keeping the sheep. Samuel said to Jesse, Send and get him; for we will not sit down until he come here.शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?”यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेडा चराउँदैछ।”शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। उ नआइञ्जेल सम्म हामी खान बस्ने छैनौं।”
12 He sent, and brought him in. Now he was ruddy, and withal of a beautiful face, and goodly to look on. Yahweh said, Arise, anoint him; for this is he.यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। उ साँच्चै सुन्दर थियो।परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।”
13 Then Samuel took the horn of oil, and anointed him in the midst of his brothers: and the Spirit of Yahweh came mightily on David from that day forward. So Samuel rose up, and went to Ramah.शमूएलले सीङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के।
14 Now the Spirit of Yahweh departed from Saul, and an evil spirit from Yahweh troubled him.परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो।
15 Saul's servants said to him, See now, an evil spirit from God troubles you.शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो।
16 Let our lord now command your servants who are before you, to seek out a man who is a skillful player on the harp: and it shall happen, when the evil spirit from God is on you, that he shall play with his hand, and you shall be well.हामीलाई आदेश दिनुहोस हामीले कुनै त्यस्तो व्यक्ति खोज्न सकौं जसले वीणा बजाउन सक्छ। यदि परमप्रभुबाट आएको त्यस दुष्ट आत्माले तपाईंलाई सताउन थालेछ भने त्यस मानिसले वीणा बजाउन थाल्नेछ र तपाईंलाई आराम अनुभव हुनेछ।”
17 Saul said to his servants, Provide me now a man who can play well, and bring him to me.शाऊलले नोकर-चाकरहरूलाई भने, “एउटा मानिसलाई मेरो निम्ति खोज जसले असल तरिकाले संगीत बजाउँछ। त्यसलाई म कहाँ ल्याऊ।”
18 Then answered one of the young men, and said, Behold, I have seen a son of Jesse the Bethlehemite, who is skillful in playing, and a mighty man of valor, and a man of war, and prudent in speech, and a comely person; and Yahweh is with him.एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छन्। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। उ साह्रै वीर र युद्ध गर्न जान्दछ। उ साह्रै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।”
19 Therefore Saul sent messengers to Jesse, and said, Send me David your son, who is with the sheep.यसकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए। तिनीहरूले यिशैलाई भने, “तिम्रो दाऊद नाउँको छोरा छ। जसले तिम्रा भेडाहरू चराउँछ। उसलाई मकहाँ पठाऊ।”
20 Jesse took a donkey loaded with bread, and a bottle of wine, and a kid, and sent them by David his son to Saul.यिशैले शाऊलका निम्ति उपहारको बन्दोबस्त गर्यो। यिशैले उपहारको रूपमा एउटा गधा, केही रोटी, एक मशक दाखरस र एउटा बाख्राको पाठो तयार पार्यो। यिशैले ती चीजहरू दाऊदका साथ लगाएर शाऊल कहाँ पठायो।
21 David came to Saul, and stood before him: and he loved him greatly; and he became his armor bearer.यसरी दाऊद शाऊल कहाँ गयो र तिनका अगाडि हाजिर भयो। शाऊलले दाऊदलाई धेरै प्रेम गरे। दाऊद शाऊलको अस्त्र बोक्ने सहयोगी भए।
22 Saul sent to Jesse, saying, Please let David stand before me; for he has found favor in my sight.शाऊलले यिशैलाई खबर पठाए, “दाऊद बसेर मेरो सेवा गरोस्। ऊ मलाई असाध्यै मन पर्यो।”
23 It happened, when the [evil] spirit from God was on Saul, that David took the harp, and played with his hand: so Saul was refreshed, and was well, and the evil spirit departed from him.जब परमेश्वरले पठाएको दुष्ट आत्माले शाऊललाई दुःख दिन थाल्थ्यो, दाऊदले हातमा वीणा लिएर बजाउँन थाल्दथे र दुष्ट आत्माले शाऊललाई छोडि हाल्थ्यो र शाऊल असल हुन्थे।
Nepali Bible