Bible

1 Chronicles 4 - YLT (Nepali)

1 Sons of Judah: Pharez, Hezron, and Carmi, and Hur, and Shobal.यो यहूदाका छोराहरूको सूची हो। ती पेरेस, हेस्रोन, कर्मी, हूर अनि शोबाल थिए।

2 And Reaiah son of Shobal begat Jahath, and Jahath begat Ahumai and Lahad; these `are' families of the Zorathite.शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए।

3 And these `are' of the father of Etam: Jezreel, and Ishma, and Idbash; and the name of their sister `is' Hazzelelponi,एतामका छोराहरू यिज्रेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्।

4 and Penuel `is' father of Gedor, and Ezer father of Hushah. These `are' sons of Hur, first-born of Ephratah, father of Beth-Lehem.पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए।यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।

5 And to Ashhur father of Tekoa were two wives, Helah and Naarah;तकोका पिता अश्शूर थिए। अश्शूरको दुइ पत्नीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो।

6 and Naarah beareth to him Ahuzzam, and Hepher, and Temeni, and Haahashtari: these `are' sons of Naarah.नाराका अहुज्जाम, हेपेर, तेमनी अनि हाहशतारी आमा थिइन। यिनीहरू नाराद्वारा अश्शूरका पुत्रहरू थिए।

7 And sons of Helah: Zereth, and Zohar, and Ethnan.हेलाका छोराहरू सेरेत, यिसहार एतमान र कोस थिए।

8 And Coz begat Anub, and Zobebah, and the families of Aharhel son of Harum.कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए।

9 And Jabez is honoured above his brethren, and his mother called his name Jabez, saying, `Because I have brought forth with grief.'याबेश उसका दाज्यू-भाइहरू भन्दा धेरै आदरणीय थिए। तिनकी आमाले भन्थिन्, “मैले उसको नाउँ याबेश राखे किनभने जब मैले उसलाई जन्म दिदा म अति वेदनमा थिएँ।”

10 And Jabez calleth to the God of Israel, saying, `If blessing Thou dost bless me, then Thou hast made great my border, and Thy hand hath been with me, and Thou hast kept `me' from evil -- not to grieve me;' and God bringeth in that which he asked.याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनु होस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।

11 And Chelub brother of Shuah begat Mehir; he `is' father of Eshton.कलूब शूअका भाइ थिए। कलूब महीरका पिता थिए। महीर एश्तोनका पिता थिए।

12 And Eshton begat Beth-Rapha, and Paseah, and Tehinnah father of Ir-Nahash; these `are' men of Rechah.एश्तोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।

13 And sons of Kenaz: Othniel, and Seraiah; and sons of Othniel: Hathath.कनजका छोराहरू ओत्नीएल अनि सरायाह थिए। ओत्नीएलका छोराहरू हतत अनि मोनोतै थिए।

14 And Meonothai begat Ophrah, and Seraiah begat Joab father of the valley of artificers, for they were artificers.मोनोतै ओप्राका पिता थिए। अनि सरायाह योआबका पिता थिए। योआब गहरशीमीका संस्थापक थिए। ती मानिसहरूलाई यो नाउँ दिए किनभने तिनीहरू कारीगरहरू थिए।

15 And sons of Caleb son of Jephunneh: Iru, Elah, and Naam; and sons of Elah, even Kenaz.कालेब यपून्नेका छोरा थिए। कालेबका छोराहरू ईरू, एला, अनि नआम थिए। एलाका छोरा कनज थिए।

16 And sons of Jehaleleel: Ziph and Ziphah, Tiria, and Asareel.यहललेलका छोराहरू-जीप, जीपा, तिरया अनि असरेल थिए।

17 And sons of Ezra `are' Jether, and Mered, and Epher, and Jalon: and she beareth Miriam, and Shammai, and Ishbah father of Eshtemoa.एज्राका छोराहरू येतेर, मेरेद, एपेर अनि यालोन थिए अनि बित्याहले मिर्याम, शम्मै अनि यिश्बहलाई जन्म दिए।

18 And his wife Jehudijah bare Jered father of Gedor, and Heber father of Socho, and Jekuthiel father of Zanoah. And these `are' sons of Bithiah daughter of Pharaoh, whom Mered took,यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्।

19 and sons of the wife of Hodiah sister of Nahom: Abi-Keilah the Garmite, and Eshtemoa the Maachathite.मेरेदकी पत्नी नहमकी बहिनी थिइन्। मेरेदको पत्नी यहूदाकी थिइन्। मेरेदको पत्नीका छोराहरू कीला र एश्तमोका पिता थिए। कीला गेरेमी मानिसहरूबाट थिए। अनि एश्तमो माकाती मानिसहरूबाट थिए।

20 And sons of Shimon `are' Amnon, and Rinnah, Ben-Hanon, and Tilon; and sons of Ishi: Zoheth, and Ben-Zoheth.शिमोनका छोराहरू अम्नोन, रिन्ना, बेन, हानान अनि तीलोन थिए। यिशीकाछोराहरू जोहेत अनि बेन-जोहेत थिए।

21 Sons of Shelah son of Judah: Er father of Lecah, and Laadah father of Mareshah, and the families of the house of the service of fine linen, of the house of Ashbea;यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अश्बेयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे।

22 and Jokim, and the men of Chozeba, and Joash, and Saraph, who ruled over Moab and Jashubi-Lehem; and these things `are' ancient.तब तिनीहरू बेतलेहेम फर्की गए। यो परिवारको विषयमा लेखिएका कुराहरू अति पुराना छन्।

23 They `are' the potters and inhabitants of Netaim and Gedera; with the king in his work they dwelt there.शेलाका ती छोराहरू कर्मी थिए जो माटोका सामानहरू बनाउथे। तिनीहरू नताईम अनि गदेरामा बस्थे। तिनीहरू शहरमा बस्थे अनि राजाका निम्ति काम गर्थे।

24 Sons of Simeon: Nemuel, and Jamin, Jarib, Zerah, Shaul;शिमोनका छोराहरू नमूएल, यामीन, यारीब, जेरह अनि शाऊल थिए।

25 Shallum his son, Mibsam his son, Mishma his son.शाऊलका छोरा शल्लूम थिए। शल्लूमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिश्मा थिए।

26 And sons of Mishma: Hammuel his son, Zacchur his son, Shimei his son.मिश्माका छोरा हम्मूएल थिए। हम्मूएलका छोरा जक्कूर थिए। जक्कूरका छोरा शिमी थिए।

27 And to Shimei `are' sixteen sons and six daughters, and to his brethren there are not many sons, and none of their families have multiplied as much as the sons of Judah.शिमीको सोह्र जना छोरा र छ जना छोरीहरू थिए। तर शिमीका भाइहरूका धेरै छोरा थिएनन्। शिमीका भाइहरूको परिवार यहूदाका अन्य समूहहरूको जस्तै तिनीहरूको परिवार ठूलो थिएन।

28 And they dwell in Beer-Sheba, and Moladah, and Hazar-Shaul,शिमीका सन्तानहरू बर्शेबा, मोलादा, हसरशूआल,

29 and in Bilhah, and in Ezem, and in Tolad,बिल्हा, एसेम, तोलाद,

30 and in Bethuel, and in Hormah, and in Ziklag,बतूएल, होर्मा, सिक्लग,

31 and in Beth-Marcaboth, and in Hazar-Susim, and in Beth-Birei, and in Shaarim; these `are' their cities till the reigning of David.बेत, मर्काबोत, हसरशूसीम, बेत, बिरी अनि शारेममा बस्थे। तिनीहरू ती शहरमा दाऊद राजा नभए सम्म बसे।

32 And their villages `are' Etam, and Ain, Rimmon, and Tochen, and Ashan, five cities,यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, ऐन, रिम्मोन, तोकेन अनि आशान थिए।

33 and all their villages that `are' round about these cities unto Baal; these `are' their dwellings, and they have their genealogy:त्यहाँ बेला सम्म अन्य गाउँहरू पनि थिए। यहीं तिनीहरू बस्थे अनि तिनीहरूले आफ्ना परिवारकोबारे इतिहास पनि लेखे।

34 even Meshobab, and Jamlech, and Joshah son of Amaziah,यो सूची ती व्यक्तिहरूको हो जो तिनीहरूका परिवार समूहका प्रधान थिए।

35 and Joel, and Jehu son of Josibiah, son of Seraiah, son of Asiel,तिनीहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा, योएल, योशिब्याहका छोरा येहू, सरायाहका छोरा योशिब्याह, असीएलका छोरा सरायाह, एल्मयोएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, अनि जीजा शिपीका छोरा थिए।

36 and Elioenai, and Jaakobah, and Jeshohaiah, and Asaiah, and Adiel, and Jesimiel, and Benaiah,शिमी अल्लोनका छोरा थिए अनि अल्लोन यदायाहका छोरा थिए।

37 and Ziza son of Shiphi, son of Allon, son of Jedaiah, son of Shimri, son of Shemaiah. यदायाह शिम्रीका छोरा थिए अनि शिम्री शमायाहका छोरा थिए।

38 These who are coming in by name `are' princes in their families, and the house of their fathers have broken forth into a multitude;यी मानिसहरूका परिवारहरू खुबै विशाल भए।

39 and they go to the entrance of Gedor, unto the east of the valley, to seek pasture for their flock,तिनीहरू गदोर शहर देखि बाहिर बेंसीको पूर्वतिरको क्षेत्रमा गए। तिनीहरू त्यस स्थानमा आफ्ना भेडा र गाई बस्तुका निम्ति र्खक खोज्न गए।

40 and they find pasture, fat and good, and the land broad of sides, and quiet, and safe, for of Ham are those dwelling there before.तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे।

41 And these who are written by name come in the days of Hezekiah king of Judah, and smite their tents, and the habitations that have been found there, and devote them to destruction unto this day, and dwell in their stead, because pasture for their flock `is' there.यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेडाहरूका निम्ति घाँस थियो।

42 And of them, of the sons of Simeon, there have gone to mount Seir, five hundred men, and Pelatiah, and Neariah, and Rephaiah, and Uzziel, sons of Ishi, at their head,शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे।

43 and they smite the remnant of those escaped of Amalek, and dwell there unto this day.त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्।रूबेनका सन्तानहरू

Nepali Bible