1 Chronicles 4 - ASV (Nepali)
1 The sons of Judah: Perez, Hezron, and Carmi, and Hur, and Shobal.यो यहूदाका छोराहरूको सूची हो। ती पेरेस, हेस्रोन, कर्मी, हूर अनि शोबाल थिए।
2 And Reaiah the son of Shobal begat Jahath; and Jahath begat Ahumai and Lahad. These are the families of the Zorathites.शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए।
3 And these were `the sons of' the father of Etam: Jezreel, and Ishma, and Idbash; and the name of their sister was Hazzelelponi;एतामका छोराहरू यिज्रेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्।
4 and Penuel the father of Gedor, and Ezer the father of Hushah. These are the sons of Hur, the first-born of Ephrathah, the father of Beth-lehem.पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए।यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।
5 And Ashhur the father of Tekoa had two wives, Helah and Naarah.तकोका पिता अश्शूर थिए। अश्शूरको दुइ पत्नीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो।
6 And Naarah bare him Ahuzzam, and Hepher, and Temeni, and Haahashtari. These were the sons of Naarah.नाराका अहुज्जाम, हेपेर, तेमनी अनि हाहशतारी आमा थिइन। यिनीहरू नाराद्वारा अश्शूरका पुत्रहरू थिए।
7 And the sons of Helah were Zereth, Izhar, and Ethnan.हेलाका छोराहरू सेरेत, यिसहार एतमान र कोस थिए।
8 And Hakkoz begat Anub, and Zobebah, and the families of Aharhel the son of Harum.कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए।
9 And Jabez was more honorable than his brethren: and his mother called his name Jabez, saying, Because I bare him with sorrow.याबेश उसका दाज्यू-भाइहरू भन्दा धेरै आदरणीय थिए। तिनकी आमाले भन्थिन्, “मैले उसको नाउँ याबेश राखे किनभने जब मैले उसलाई जन्म दिदा म अति वेदनमा थिएँ।”
10 And Jabez called on the God of Israel, saying, Oh that thou wouldest bless me indeed, and enlarge my border, and that thy hand might be with me, and that thou wouldest keep me from evil, that it be not to my sorrow! And God granted him that which he requested.याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनु होस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।
11 And Chelub the brother of Shuhah begat Mehir, who was the father of Eshton.कलूब शूअका भाइ थिए। कलूब महीरका पिता थिए। महीर एश्तोनका पिता थिए।
12 And Eshton begat Beth-rapha, and Paseah, and Tehinnah the father of Ir-nahash. These are the men of Recah.एश्तोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।
13 And the sons of Kenaz: Othniel, and Seraiah. And the sons of Othniel: Hathath.कनजका छोराहरू ओत्नीएल अनि सरायाह थिए। ओत्नीएलका छोराहरू हतत अनि मोनोतै थिए।
14 And Meonothai begat Ophrah: and Seraiah begat Joab the father of Ge-harashim; for they were craftsmen.मोनोतै ओप्राका पिता थिए। अनि सरायाह योआबका पिता थिए। योआब गहरशीमीका संस्थापक थिए। ती मानिसहरूलाई यो नाउँ दिए किनभने तिनीहरू कारीगरहरू थिए।
15 And the sons of Caleb the son of Jephunneh: Iru, Elah, and Naam; and the sons of Elah; and Kenaz.कालेब यपून्नेका छोरा थिए। कालेबका छोराहरू ईरू, एला, अनि नआम थिए। एलाका छोरा कनज थिए।
16 And the sons of Jehallelel: Ziph, and Ziphah, Tiria, and Asarel.यहललेलका छोराहरू-जीप, जीपा, तिरया अनि असरेल थिए।
17 And the sons of Ezrah: Jether, and Mered, and Epher, and Jalon; and she bare Miriam, and Shammai, and Ishbah the father of Eshtemoa.एज्राका छोराहरू येतेर, मेरेद, एपेर अनि यालोन थिए अनि बित्याहले मिर्याम, शम्मै अनि यिश्बहलाई जन्म दिए।
18 And his wife the Jewess bare Jered the father of Gedor, and Heber the father of Soco, and Jekuthiel the father of Zanoah. And these are the sons of Bithiah the daughter of Pharaoh, whom Mered took.यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्।
19 And the sons of the wife of Hodiah, the sister of Naham, were the father of Keilah the Garmite, and Eshtemoa the Maacathite.मेरेदकी पत्नी नहमकी बहिनी थिइन्। मेरेदको पत्नी यहूदाकी थिइन्। मेरेदको पत्नीका छोराहरू कीला र एश्तमोका पिता थिए। कीला गेरेमी मानिसहरूबाट थिए। अनि एश्तमो माकाती मानिसहरूबाट थिए।
20 And the sons of Shimon: Amnon, and Rinnah, Ben-hanan, and Tilon. And the sons of Ishi: Zoheth, and Ben-zoheth.शिमोनका छोराहरू अम्नोन, रिन्ना, बेन, हानान अनि तीलोन थिए। यिशीकाछोराहरू जोहेत अनि बेन-जोहेत थिए।
21 The sons of Shelah the son of Judah: Er the father of Lecah, and Laadah the father of Mareshah, and the families of the house of them that wrought fine linen, of the house of Ashbea;यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अश्बेयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे।
22 and Jokim, and the men of Cozeba, and Joash, and Saraph, who had dominion in Moab, and Jashubilehem. And the records are ancient.तब तिनीहरू बेतलेहेम फर्की गए। यो परिवारको विषयमा लेखिएका कुराहरू अति पुराना छन्।
23 These were the potters, and the inhabitants of Netaim and Gederah: there they dwelt with the king for his work.शेलाका ती छोराहरू कर्मी थिए जो माटोका सामानहरू बनाउथे। तिनीहरू नताईम अनि गदेरामा बस्थे। तिनीहरू शहरमा बस्थे अनि राजाका निम्ति काम गर्थे।
24 The sons of Simeon: Nemuel, and Jamin, Jarib, Zerah, Shaul;शिमोनका छोराहरू नमूएल, यामीन, यारीब, जेरह अनि शाऊल थिए।
25 Shallum his son, Mibsam his son, Mishma his son.शाऊलका छोरा शल्लूम थिए। शल्लूमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिश्मा थिए।
26 And the sons of Mishma: Hammuel his son, Zaccur his son, Shimei his son.मिश्माका छोरा हम्मूएल थिए। हम्मूएलका छोरा जक्कूर थिए। जक्कूरका छोरा शिमी थिए।
27 And Shimei had sixteen sons and six daughters; but his brethren had not many children, neither did all their family multiply like to the children of Judah.शिमीको सोह्र जना छोरा र छ जना छोरीहरू थिए। तर शिमीका भाइहरूका धेरै छोरा थिएनन्। शिमीका भाइहरूको परिवार यहूदाका अन्य समूहहरूको जस्तै तिनीहरूको परिवार ठूलो थिएन।
28 And they dwelt at Beer-sheba, and Moladah, and Hazarshual,शिमीका सन्तानहरू बर्शेबा, मोलादा, हसरशूआल,
29 and at Bilhah, and at Ezem, and at Tolad,बिल्हा, एसेम, तोलाद,
30 and at Bethuel, and at Hormah, and at Ziklag,बतूएल, होर्मा, सिक्लग,
31 and at Beth-marcaboth, and Hazar-susim, and at Beth-biri, and at Shaaraim. These were their cities unto the reign of David.बेत, मर्काबोत, हसरशूसीम, बेत, बिरी अनि शारेममा बस्थे। तिनीहरू ती शहरमा दाऊद राजा नभए सम्म बसे।
32 And their villages were Etam, and Ain, Rimmon, and Tochen, and Ashan, five cities;यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, ऐन, रिम्मोन, तोकेन अनि आशान थिए।
33 and all their villages that were round about the same cities, unto Baal. These were their habitations, and they have their genealogy.त्यहाँ बेला सम्म अन्य गाउँहरू पनि थिए। यहीं तिनीहरू बस्थे अनि तिनीहरूले आफ्ना परिवारकोबारे इतिहास पनि लेखे।
34 And Meshobab, and Jamlech, and Joshah the son of Amaziah,यो सूची ती व्यक्तिहरूको हो जो तिनीहरूका परिवार समूहका प्रधान थिए।
35 and Joel, and Jehu the son of Joshibiah, the son of Seraiah, the son of Asiel,तिनीहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा, योएल, योशिब्याहका छोरा येहू, सरायाहका छोरा योशिब्याह, असीएलका छोरा सरायाह, एल्मयोएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, अनि जीजा शिपीका छोरा थिए।
36 and Elioenai, and Jaakobah, and Jeshohaiah, and Asaiah, and Adiel, and Jesimiel, and Benaiah,शिमी अल्लोनका छोरा थिए अनि अल्लोन यदायाहका छोरा थिए।
37 and Ziza the son of Shiphi, the son of Allon, the son of Jedaiah, the son of Shimri, the son of Shemaiah- यदायाह शिम्रीका छोरा थिए अनि शिम्री शमायाहका छोरा थिए।
38 these mentioned by name were princes in their families: and their fathers' houses increased greatly.यी मानिसहरूका परिवारहरू खुबै विशाल भए।
39 And they went to the entrance of Gedor, even unto the east side of the valley, to seek pasture for their flocks.तिनीहरू गदोर शहर देखि बाहिर बेंसीको पूर्वतिरको क्षेत्रमा गए। तिनीहरू त्यस स्थानमा आफ्ना भेडा र गाई बस्तुका निम्ति र्खक खोज्न गए।
40 And they found fat pasture and good, and the land was wide, and quiet, and peaceable; for they that dwelt there aforetime were of Ham.तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे।
41 And these written by name came in the days of Hezekiah king of Judah, and smote their tents, and the Meunim that were found there, and destroyed them utterly unto this day, and dwelt in their stead; because there was pasture there for their flocks.यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेडाहरूका निम्ति घाँस थियो।
42 And some of them, even of the sons of Simeon, five hundred men, went to mount Seir, having for their captains Pelatiah, and Neariah, and Rephaiah, and Uzziel, the sons of Ishi.शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे।
43 And they smote the remnant of the Amalekites that escaped, and have dwelt there unto this day.त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्।रूबेनका सन्तानहरू
Nepali Bible