Bible

1 Chronicles 21 - YLT (Nepali)

1 And there standeth up an adversary against Israel, and persuadeth David to number Israel,शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो।

2 And David saith unto Joab, and unto the heads of the people, `Go, number Israel from Beer-Sheba even unto Dan, and bring unto me, and I know their number.'यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गिन्तीगर। बेर्शेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जस द्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।”

3 And Joab saith, `Jehovah doth add to His people as they are a hundred times; are they not, my lord, O king, all of them to my lord for servants? why doth my lord seek this? why is he for a cause of guilt to Israel?'तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउन्। हजूर, इस्राएलका सबै मानिसहरू तपाईका दास हुन्। तपाई किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।”

4 And the word of the king `is' severe against Joab, and Joab goeth out, and goeth up and down in all Israel, and cometh in to Jerusalem.तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए।

5 And Joab giveth the account of the numbering of the people unto David, and all Israel is a thousand thousand and a hundred thousand, each drawing sword, and Judah `is' four hundred and seventy thousand, each drawing sword.अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे।

6 And Levi and Benjamin he hath not numbered in their midst, for the word of the king was abominable with Joab.योआबले लेवी अनि बिन्यामीनका कुल समूहहरूको गिन्ती लिएनन्। योआबले ती अनि परिवार समूहहरूको गणना गरेनन् किनभने तिनलाई दाऊदको आदेश मनपरेन।

7 And it is evil in the eyes of God concerning this thing, and He smiteth Israel,परमेश्वरको नजरमा दाऊदले नराम्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो।

8 and David saith unto God, `I have sinned exceedingly, in that I have done this thing; and now, cause to pass away, I pray Thee, the iniquity of Thy servant, for I have acted very foolishly.'तब दाऊदले परमेश्वरलाई भने, “मैले अति मूर्खता पूर्ण काम गरेकोछु। मैले इस्राएलका मानिसहरूको गणना गरेर अति नराम्रो पाप गरेका छु। त्यसकारण म तपाईको दासबाट यो पाप हटाई दिनुहोस् भनी याचना गर्छु।”

9 And Jehovah speaketh unto Gad, seer of David, saying:गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो,

10 `Go, and thou hast spoken unto David, saying, Thus said Jehovah, Three -- I am stretching out unto thee; choose for thee one of these, and I do `it' to thee.'“जा, अनि दाऊदलाई भनः ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः म तँलाई तीनवटा रोजाइ दिंदैछु। तैंले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैंले रोजे अनुसार दण्ड दिनेछु।”‘

11 And Gad cometh in unto David, and saith to him, `Thus said Jehovah, Take for thee --तब गाद दाऊद कहाँ गए। गादले दाऊदलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘दाऊद रोज कुन दण्ड तँ चाहन्छस्?

12 either for three years -- famine, or three months to be consumed from the face of thine adversaries, even the sword of thine enemies to overtake, or three days the sword of Jehovah, even pestilence in the land, and a messenger of Jehovah destroying in all the border of Israel; and now, see; what word do I return to Him who is sending me?'प्रशस्त आहर बिना तीन वर्ष, वा तीन महीनासम्म, तेरो शत्रुहरू देखि भागी हिंडनु जब तिनीहरू आफ्ना तरवार लिएर तँलाई खेद्धनेछन् परमप्रभुबाट तीन दिनको दण्ड। भयानक रूडि देश भरि फैलने छ अनि परमप्रभुका स्वर्गदूतले मानिसहरूलाई ध्वंश गर्दै इस्राएलको चारैतिर जानेछन्।’ दाऊद परमेश्वरले मलाई पठाउनु भएको हो। अब तपाईले निर्णय गर्नुहोस् कुन उत्तर मैले उहाँलाई दिनु?”

13 And David saith unto Gad, `I am greatly distressed, let me fall, I pray thee, into the hand of Jehovah, for very many `are' His mercies, and into the hand of man let me not fall.'दाऊदले गादलाई भने, “म संकष्टमा परेको छु। म कुनै मानिसहले मलाई दण्ड दिएको फैसला चाहँदिन। परमप्रभु दयालू हुनुहुन्छ यसकारण मलाई उहाँको हातमा पर्न दिनोस्।”

14 And Jehovah giveth a pestilence in Israel, and there fall of Israel seventy thousand men,यसर्थ परमप्रभुले इस्राएलमा भयंकर रोगहरू पठाउनुभयो अनि 70,000 मानिसहरू मरे।

15 and God sendeth a messenger to Jerusalem to destroy it, and as he is destroying Jehovah hath seen, and is comforted concerning the evil, and saith to the messenger who `is' destroying, `Enough, now, cease thy hand.' And the messenger of Jehovah is standing by the threshing-floor of Ornan the Jebusite,परमेश्वरले एउटा स्वर्गदूतलाई यरूशलेम ध्वंश त गर्न पठाउनु भयो। तर जब ती स्वर्ग दूतले यरूशलेमलाई ध्वंशत गर्न शुरू गरे परमप्रभुले त्यो देख्नु भयो अनि उहाँलाई दुःख लाग्यो यसर्थ परमप्रभुले यरूशलेमलाई नाश नपार्ने निश्चय गर्नुभयो। परमप्रभुले स्वर्गदूतलाई जो नाश गर्दै थिए, भन्नुभयो, “रोक! यति नै पर्याप्त छ।” परमप्रभुका स्वर्गदूत यबूसी ओर्नानको खलामा उभिएका थिए।

16 and David lifteth up his eyes, and seeth the messenger of Jehovah standing between the earth and the heavens, and his sword drawn in his hand, stretched out over Jerusalem, and David falleth, and the elders, covered with sackcloth, on their faces.दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भूइँछुने गरि झुकाएर प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वस्त्र पहिरेका थिए।

17 And David saith unto God, `Did not I -- I say to number the people? Yea, I it `is' who have sinned, and done great evil: and these, the flock, what did they? O Jehovah, my God, let, I pray Thee, Thy hand be on me, and on the house of my father, and not on Thy people -- to be plagued.'दाऊदले परमेश्वरलाई भने, “म त्यही एक हुँ जसले पाप गर्यो। मानिसहरूको गिन्ती गर्नका निम्ति मैले नै आदेश गरेको थिएँ। म अन्जानमा थिएँ। इस्राएलका मानिसहरूले केही भूल गरेका थिएनन्। परमप्रभु मेरा परमेश्वर, मलाई र मेरो परिवारलाई दण्ड दिनुहोस्। तर यो भयानक रोगहरूलाई रोक्नुहोस् जसले तपाईका मानिसहरूलाई मारिरहेछ।”

18 And the messenger of Jehovah spake unto Gad, saying for David, `Surely David doth go up to raise an altar to Jehovah in the threshing-floor of Ornan the Jebusite.'तब परमप्रभुका स्वर्गदूतले गादलाई भने। तिनले भने, “दाऊदलाई परमप्रभुको आराधना गर्नका निम्ति एक वेदी निर्माण गर्नु भन। दाऊदले त्यो बेदी यबूसीका ओर्नानको खलाको नजिक निर्माण गर्नुपर्छ।”

19 And David goeth up by the word of Gad, that he spake in the name of Jehovah.गादले ती कुराहरू दाऊदलाई भने अनि दाऊद ओर्नानको खला तिर गए।

20 And Ornan turneth back, and seeth the messenger, and his four sons `are' with him, hiding themselves, and Ornan is threshing wheat.ओर्नान गहूँ कुट्दै थिए। ओर्नान फर्के अनि स्वर्गदूतलाई देखे। ओर्नानका चारजना छोराहरू लुक्नलाई कुदे।

21 And David cometh in unto Ornan, and Ornan looketh attentively, and seeth David, and goeth out from the threshing-floor, and boweth himself to David -- face to the earth.दाऊद ओर्नान डाँडा तिर उकालो लागे। ओर्नानले तिनलाई देखे र खला छाडे। तिनी दाऊद भए तिर गए अनि तिनको सामुन्ने भूइँछुने गरी शिर झुकाई प्रणाम गरे।

22 And David saith unto Ornan, `Give to me the place of the threshing-floor, and I build in it an altar to Jehovah; for full silver give it to me, and the plague is restrained from the people.'दाऊदले ओर्नानलाई भने, “तिम्रो खला मलाई बेच। म तिमीलाई पूरा दाम दिनेछु। तब म यो जग्गालाई परमप्रभुको अराधना गर्नको निम्ति बेदी निर्माण गर्न प्रयोग गर्ने छु। तब यी भयानक रोगहरू बन्द हुनेछन्।”

23 And Ornan saith unto David, `Take to thee -- and my lord the king doth that which is good in his eyes: see, I have given the oxen for burnt-offerings, and the threshing instruments for wood, and the wheat for a present; the whole I have given.'ओर्नानले दाऊदलाई भने, “यो खला लिनुहोस्। तपाई मेरो स्वामी, महाराजा हुनुहुन्छ। तपाईंलाई जे इच्छ लाग्छ त्यही गर्नु होस्। तपाईलाई होम बलिहरूका निम्ति गाई-गोरूहरू पनि दिनेछु। म तपाईलाई खलाको तखताहरू दाउराको रूपमा दिनेछु। म अन्न बलि चढाउनको निम्ति गहुँ र यी सबै सामानहरू तपाईलाई दिनेछु।”

24 And king David saith to Ornan, `Nay, for I surely buy for full silver; for I do not lift up that which is thine to Jehovah, so as to offer a burnt-offering without cost.'तर राजा दाऊदले ओर्नानलाई उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिन्छु। परमप्रभुलाई अर्पण गर्नका निम्ति म तिम्रो केही चीज लिंदिन। म त्यो भेट अर्पण गर्दिन जसको कुनै मूल्य दिनु पर्दैन।”

25 And David giveth to Ornan for the place shekels of gold `in' weight six hundred;यसर्थ दाऊदले ओर्नानलाई त्यो स्थानको निम्ति 600 शेकेल जति सुन दिए।

26 and David buildeth there an altar to Jehovah, and offereth burnt-offerings and peace-offerings, and calleth unto Jehovah, and He answereth him with fire from the heavens on the altar of the burnt-offering.दाऊदले त्यहाँ परमप्रभुको आराधना गर्नका निम्ति एउटा बेदी निर्माण गरे। दाऊदलले होमबलि र मेलबलि चढाए। दाऊदले परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले स्वर्गबाट आगो पठाएर दाऊदलाई उत्तर दिनुभयो। त्यो आगो तल होमबलिको बेदीमा झर्यो।

27 And Jehovah saith to the messenger, and he turneth back his sword unto its sheath.तब परमप्रभुले स्वर्गदूतलाई तिनको तरवार म्यानमा हाल्नु भनी आज्ञा दिनुभयो।

28 At that time when David seeth that Jehovah hath answered him in the threshing-floor of Ornan the Jebusite, then he sacrificeth there;दाऊदले देखे कि परमप्रभुले ओर्नानको खलामा तिनलाई उत्तर दिनुभयो। यसर्थ दाऊदले परमप्रभुको निम्ति बलि चढाए।

29 and the tabernacle of Jehovah that Moses made in the wilderness, and the altar of the burnt-offering, `are' at that time in a high place, in Gibeon;पवित्र पाल अनि होमबलिको वेदी गिबोन शहरको उच्च स्थानमा थियो। मोशाले त्यो पवित्र पाल निर्माण गरेका थिए जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए।

30 and David is not able to go before it to seek God, for he hath been afraid because of the sword of the messenger of Jehovah.दाऊद परमेश्वरसित कुरा-कानी गर्न पवित्र पालमा जान सकेनन् किनभने तिनी भयभीत थिए। दाऊद परमप्रभुका स्वर्गदूत अनि तिनको तरवारसित भयभीत थिए।

Nepali Bible