Bible

1 Chronicles 16 - WBT (Nepali)

1 So they brought the ark of God, and set it in the midst of the tent that David had pitched for it: and they offered burnt-sacrifices and peace-offerings before God.लेवीहरूले करारको सन्दूक ल्याए अनि त्यसलाई दाऊदले टाँगेको पालभित्र राखे। त्यस पछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि अर्पण गरे।

2 And when David had made an end of offering the burnt-offerings and the peace-offerings, he blessed the people in the name of the LORD.दाऊदले होमबलि अनि मेलबलि चढाइसकेपछि तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।

3 And he dealt to every one of Israel, both man and woman, to every one a loaf of bread, and a good piece of flesh, and a flagon of wine.त्यस पछि तिनले हरेक इस्राएली पुरूष र स्त्रीहरूलाई एउटा-एउटा रोटी, केही खजूरका झुप्पा अनि किसमिसहरू दिए।

4 And he appointed certain of the Levites to minister before the ark of the LORD, and to record, and to thank and praise the LORD God of Israel:तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो।

5 Asaph the chief, and next to him Zechariah, Jeiel, and Shemiramoth, and Jehiel, and Mattithiah, and Eliab, and Benaiah, and Obed-edom: and Jeiel with psalteries and with harps; but Asaph made a sound with cymbals;आसाप पहिलो दलका प्रमुख थिए। आसापका दलले झ्याली बजाए। जकर्याह दोस्रो दलका प्रधान थिए। अन्य लेवीहरू यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद एदोम अनि यीएल थिए। यी मानिसहरूले वीणा, अनि सारङ्गी बजाए।

6 Benaiah also and Jahaziel the priests with trumpets continually before the ark of the covenant of God.बनायाह अनि यहजीएल पूजाहारीहरू थिए जसले सदैव करारको सन्दूक अघि तुरही बजाउथे।

7 Then on that day David delivered first this psalm to thank the LORD into the hand of Asaph and his brethren.यो त्यसबेला थियो जब दाऊदले पहिलो पल्ट आसाप अनि उनका भाइहरूलाई परमप्रभुको स्तुतिगान गर्ने काम दिएका थिए।

8 Give thanks to the LORD, call upon his name, make known his deeds among the people.परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार। मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ।

9 Sing to him, sing psalms to him, talk ye of all his wonderous works.परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर। उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ।

10 Glory ye in his holy name: let the heart of them rejoice that seek the LORD.परमप्रभुको पवित्र नाउँको गौरव गर। परमप्रभु तर्फ आउने सबै मानिसहरू, प्रसन्न होऊ।

11 Seek the LORD and his strength, seek his face continually.परमप्रभु र उहाँको शक्ति तर्फ हेर। परमप्रभु कहाँ जाऊ अनि उहाँको सहायता सधै खोज।

12 Remember his wonderful works that he hath done, his wonders, and the judgments of his mouth;ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ। उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर।

13 O ye seed of Israel his servant, ye children of Jacob, his chosen ones.इस्राएलका मानिसहरू परमप्रभुका दास हुन्। याकूबका सन्तानहरू परमप्रभुका चुनिएका मानिसहरू हुन्।

14 He is the LORD our God; his judgments are in all the earth.परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँले संसार भरि नै न्याय राख्नु हुन्छ।

15 Be ye mindful always of his covenant; the word which he commanded to a thousand generations;उहाँको करार सदैव सम्झ। उहाँले ती आज्ञाहरू हजारौ पुस्ताहरूका निम्ति दिनुभएको छ।

16 Even of the covenant which he made with Abraham, and of his oath to Isaac;त्यो करारलाई सम्झ जो परमप्रभुले अब्राहामसित गर्नु भएको थियो। उहाँले इसहाकसित गर्नु भएको प्रतिज्ञा सम्झ।

17 And which he confirmed to Jacob for a law, and to Israel for an everlasting covenant,परमप्रभुले यसलाई याकूबको निम्ति विधि बनाउनु भयो। यो करार इस्राएलसितको हो जो सदैव लगातार चलिरहन्छ।

18 Saying, To thee will I give the land of Canaan, the lot of your inheritance;परमप्रभुले इस्राएललाई भन्नु भयोः “मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ। यो तिम्रो पैतृक सम्पत्तिको भाग हुनेछ।”

19 When ye were but few, even a few, and strangers in it.जब तिनीहरू एउटा सानो संख्याका मानिसहरू मात्र थिए, अनि केही समयको लागि अन्य राज्यहरूसँग बसि रहे।

20 And when they went from nation to nation, and from one kingdom to another people;तिनीहरू एक राष्ट्रदेखि अर्को राष्ट्रमा गए। तिनीहरू एक राज्य देखि अर्को राज्यमा गए।

21 He suffered no man to do them wrong: yea, he reproved kings for their sakes,तर परमप्रभुले कसैलाईपनि तिनीहरू माथि चोट पुर्याउन दिनु भएन। परमप्रभुले तिनीहरूलाई चोट नुपर्याउनु भनी राजाहरूलाई चेतावनी दिनुभयो।

22 Saying, Touch not my anointed, and do my prophets no harm.परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, “मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ। मेरा अगमवक्ताहरूलाई चोट नदेऊ।”

23 Sing to the LORD, all the earth; show forth from day to day his salvation.सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ। हामीलाई बचाउँने परमप्रभुको बारेमा हेरक दिन तिमीले असल समाचार भन्नुपर्छ।

24 Declare his glory among the heathen; his wonderful works among all nations.सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर। हरेकलाई भन उहाँ कति अद्भुत हुनुहुन्छ।

25 For great is the LORD, and greatly to be praised: he also is to be feared above all gods.परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्, परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ।

26 For all the gods of the people are idols: but the LORD made the heavens.किन? किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्। तर परमप्रभुले आकाश बनाउनु भयो।

27 Glory and honor are in his presence; strength and gladness are in his place.परमप्रभुको महिमा अनि गौरव छ। शक्ति र आनन्दले ठाउँ भर्दछ जहाँ उहाँ बस्नु हुन्छ।

28 Give to the LORD, ye kindreds of the people, give to the LORD glory and strength.परिवारहरू अनि समूहहरू, परमप्रभुको महिमा र शक्तिको प्रशंसा गर।

29 Give to the LORD the glory due to his name: bring an offering, and come before him: worship the LORD in the beauty of holiness.परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्। परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ। परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर।

30 Fear before him, all the earth: the world also shall be stable, that it be not moved.उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ। जतिसक्दो संसार दृढ निमार्ण गरिएको छ। यो हल्लिने छैन।

31 Let the heavens be glad, and let the earth rejoice: and let men say among the nations, The LORD reigneth.पृथ्वी अनि आकाश प्रशन्न होऊन्! सबैतिरका मानिसहरूले भनून्, “परमप्रभुले शासन गर्नुहुन्छ।”

32 Let the sea roar, and the fullness thereof: let the fields rejoice, and all that is therein.समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गरून्! खेतहरू र तिनीहरूमा भएका हरेक थोकहरूले आनन्द देखाऊन्।

33 Then shall the trees of the wood sing at the presence of the LORD, because he cometh to judge the earth.तब जंङ्गलका वृक्षहरूले गाउने छन्। किन? किनभने परमप्रभु आउनु हुँदैछ। उहाँ पृथ्वीको न्याय गर्न आउनु हुँदैछ।

34 O give thanks to the LORD; for he is good; for his mercy endureth for ever.परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ, हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ।

35 And say ye, Save us, O God of our salvation, and gather us together, and deliver us from the heathen, that we may give thanks to thy holy name, and glory in thy praise.परमप्रभुसित भनः “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस् हामीलाई एकसाथ पारिदिनुहोस् र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्। यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं जब तपाईको स्तुति गर्छौं।”

36 Blessed be the LORD God of Israel for ever and ever. And all the people said, Amen, and praised the LORD.परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”

37 So he left there before the ark of the covenant of the LORD Asaph and his brethren, to minister before the ark continually, as every day's work required:त्यस पछि दाऊदले आसाप अनि उनका भाइहरूलाई करारको सन्दूकको सामु छाडे। दाऊदले तिनीहरूलाई त्यसको अघि हरेक दिन सेवा गर्न भनी छोडेका थिए।

38 And Obed-edom with their brethren, sixty and eight; Obed-edom also the son of Jeduthun and Hosah to be porters:दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छाडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतूनका छोरा थिए।

39 And Zadok the priest, and his brethren the priests, before the tabernacle of the LORD in the high place that was at Gibeon,दाऊदले पूजाहारी सादोक अनि अन्य पूजाहारीहरू जसले तिनीसित गिबोनको उच्च स्थानमा परमप्रभुको पाल अघि सेवा गरेका थिए।

40 To offer burnt-offerings to the LORD upon the altar of the burnt-offering continually morning and evening, and to do according to all that is written in the law of the LORD, which he commanded Israel;हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे।

41 And with them Heman and Jeduthun, and the rest that were chosen, who were expressed by name, to give thanks to the LORD, because his mercy endureth for ever;हेमान यदूतून अनि अन्य सबै लेवीहरूलाई स्तुति गान गाउँदै, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”

42 And with them Heman and Jeduthun with trumpets and cymbals for those that should make a sound, and with musical instruments of God. And the sons of Jeduthun were porters.गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे।

43 And all the people departed every man to his house: and David returned to bless his house.समारोह पछि, सबै मानिसहरू आफ्नो-आफ्नो घर गए। अनि दाऊद पनि आफ्ना परिवारलाई आशीर्वाद दिन घर गए।

Nepali Bible