Bible

1 Chronicles 15 - YLT (Nepali)

1 And he maketh for himself houses in the city of David, and prepareth a place for the ark of God, and stretcheth out for it a tent.दाऊदले आपने निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल टाँगे।

2 Then said David, `None `are' to carry the ark of God, except the Levites, for on them hath Jehovah fixed to carry the ark of God, and to serve Him -- unto the age.'तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।”

3 And David assembleth all Israel unto Jerusalem, to bring up the ark of Jehovah unto its place that he had prepared for it.दाऊदले इस्राएलका सबै मानिसहरूलाई यरूशलेममा एकसाथ भेट्नु भने जब लेवीहरूले करारको सन्दूकलाई बोकेर तिनले यसको निम्ति बनाएको स्थान मा ल्याउने छन्।

4 And David gathereth the sons of Aaron, and the Levites.दाऊदले हारूनका सन्तानहरू र लेवीहरूलाई एक साथ बोलाए।

5 Of sons of Kohath: Uriel the chief, and his brethren, a hundred and twenty.कहातका परिवार समूहबाट 120 मानिसहरू थिए। ऊरीएल तिनीहरूका मुखिया थिए।

6 Of sons of Merari: Asaiah the chief, and his brethren, two hundred and twenty.मरारीका परिवार समूहबाट 220 मानिसहरू थिए। असायाह तिनीहरूका अगुवा थिए।

7 Of sons of Gershom: Joel the chief, and his brethren, a hundred and thirty.गेर्शोमका परिवार समूहबाट 130 जना मानिसहरू थिए। योएल तिनीहरूका अगुवा थिए।

8 Of sons of Elizaphan: Shemaiah the chief, and his brethren, two hundred.एलीसापानका परिवार समूहबाट 200 मानिसहरू थिए। शमायाह तिनीहरूका मुखिया थिए।

9 Of sons of Hebron: Eliel the chief, and his brethren, eighty.हेब्रोनका परिवार समूहबाट 80 जना मानिसहरू थिए। तिनीहरूका मुखिया एलीएल थिए।

10 Of sons of Uzziel: Amminadab the chief, and his brethren, a hundred and twelve.उज्जीएलका परिवार समूहबाट 112 जना मानिसहरू थिए। तिनीहरूका मुखिया अम्मोनीदाब थिए।पूजाहारी र लेवीहरूसित दाऊद कुराकानी गर्छन्

11 And David calleth to Zadok and to Abiathar the priests, and to the Levites, to Uriel, Asaiah, and Joel, Shemaiah, and Eliel, and Amminadab,तब दाऊदले पूजाहारीहरू, सादोक अनि अबियाथारलाई तिनी कहाँ आउनु भने। दाऊदले यी लेवीहरूलाई पनि तिनी कहाँ आउनु भने, उरीएल, असायाह, योएल, शमायाह, एलीएल अनि अम्मीनादाब।

12 and saith to them, `Ye `are' heads of the fathers of the Levites; sanctify yourselves, ye and your brethren, and ye have brought up the ark of Jehovah, God of Israel, unto `the place' I have prepared for it;दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ।

13 because at the first `it was' not ye, Jehovah our God made a breach upon us, because we sought Him not according to the ordinance.'अघिल्लो पल्ट करारको सन्दूक कसरी बोक्नु पर्ने भनी हामीले परमप्रभुलाई सोधेनौं। तिमी लेवीहरूले त्यो बोकेनौ अनि त्यसै कारण परमप्रभुले हामीलाई दण्ड दिनुभयो।”

14 And the priests and the Levites sanctify themselves, to bring up the ark of Jehovah, God of Israel;तब पूजाहारी र लेवीहरूले स्वयंमलाई पवित्र तुल्याए जसद्वारा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दूक बोक्न सके।

15 and sons of the Levites bear the ark of God, as Moses commanded, according to the word of Jehovah, on their shoulder, with staves, above them.लेवीहरूले मोशाले आदेश गरे झैं करारको सन्दूकलाई आफ्ना काँधमा बोक्नमा निम्ति विशेष डन्डा प्रयोग गरे। तिनीहरूले करारको सन्दूक परमप्रभुले भन्नु भए अनुसार बोके।

16 And David saith to the heads of the Levites to appoint their brethren the singers, with instruments of song, psalteries, and harps, and cymbals, sounding, to lift up with the voice for joy.दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाईहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।

17 And the Levites appoint Heman son of Joel, and of his brethren, Asaph son of Berechiah, and of the sons of Merari their brethren, Ethan son of Kushaiah;तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाईहरू आसाप अनि एतानलाई ल्याए। हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए।

18 and with them their brethren, the seconds `in rank', Zechariah, Ben, and Jaaziel, and Shemiramoth, and Jehiel, and Unni, Eliab, and Benaiah, and Maaseiah, and Mattithiah, and Elipheleh, and Mikneiah; and Obed-Edom and Jeiel the gatekeepers;तिनीहरूको परिवारमा दोस्रो दर्जाका थिए। तिनीहरू जकर्याह, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहु, मिक्नेयाह ओबेद एदोम र यीएल यी मानिसहरू द्वार पालहरू थिए।

19 and the singers, Heman, Asaph, and Ethan, with cymbals of brass to sound,सङ्गीतकार हेमान, आसाप अनि एतानले काँसाका झ्यालीहरू बजाए।

20 and Zechariah, and Aziel, and Shemiramoth, and Jeheil, and Unni, and Eliab, and Maaseiah, and Benaiah, with psalteries besides virgins,जकर्याह, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह अनि बनायाहले अलामोत सारङ्गी बजाए।

21 and Mattithiah, and Elipheleh, and Mikneiah, and Obed-Edom, and Jeiel, and Azaziah, with harps, on the octave, to oversee.मत्तित्याह, एलीपलेहू मिक्नेयाह, ओबेद-एदोम यीएल अनि अजज्याहले शिमीनीत निदेशक अनुसार वीणा बजाए। यो तिनीहरूको प्रतिदिनको कार्य थियो।

22 And Chenaniah, head of the Levites, `is' over the burden; he instructeth about the burden, for he `is' intelligent.लेवी प्रमूख कनन्याह गाउने जिम्मामा थिए। कनन्याहले यो काम पाए किनभने तिनी गाउनमा खूबै निपुण थिए।

23 And Berechiah and Elkanah `are' gatekeepers for the ark.बेरेक्याह अनि एल्काना करारको सन्दूकका दुइ रक्षकहरू थिए।

24 And Shebaniah, and Joshaphat, and Nethaneel, and Amasai, and Zechariah, and Benaiah, and Eliezer the priests, are blowing with trumpets before the ark of God; and Obed-Edom and Jehiah `are' gatekeepers for the ark.पूजाहारीहरू शबन्याह, योशापात, नतनेल, अमासै, जकर्याह, बनायाह अनि एलीएजेरको काम करारको सन्दूक अघि-अघि हिंडदा तुरही बजाउने थियो। ओबेद-एदोम अनि यहियाह करारको सन्दूकका अन्य रक्षकहरू थिए।

25 And it is David, and the elders of Israel, and the heads of the thousands, who are going to bring up the ark of the covenant of Jehovah from the house of Obed-Edom with joy;दाऊद, इस्राएलका बूढा-प्रधानहरू अनि सेनाका कप्तानहरू करारको सन्दूक लिन गए। तिनीहरूले त्यसलाई ओबेद एदोमको घर बाहिर निकाले। प्रत्येक व्यक्ति खुशी थिए।

26 and it cometh to pass, in God's helping the Levites bearing the ark of the covenant of Jehovah, that they sacrifice seven bullocks and seven rams.परमेश्वरले लेवीहरूलाई सहायता गर्नु भयो जसले करारको सन्दूक बोकेका थिए। तिनीहरूले सातवटा साढे र सातवटा भेडाहरूको बलिदिए।

27 And David is wrapped in an upper robe of fine linen, and all the Levites who are bearing the ark, and the singers, and Chenaniah head of the burden of the singers; and on David `is' an Ephod of linen.सबै लेवीहरू जसले करारको सन्दूक बोकेका थिए तिनीहरूले मलमलका राम्रा पोशाक लगाएका थिए। कनन्याह, गाउने जिम्माका व्यक्ति अनि सबै गायकहरूका मलमलका राम्रा पोशाकहरूमा थिए। दाऊदले पनि मलमल द्वारानिर्मित राम्रा पोशाक लगाएका थिए। अनि दाऊदले उत्तम मलमलद्वारा निर्मित एपोद पनि लाएका थिए।

28 And all Israel are bringing up the ark of the covenant of Jehovah with shouting, and with the sound of a cornet, and with trumpets, and with cymbals, sounding with psalteries and harps,यसरी इस्राएलका सबै मानिसहरूले करारको सन्दूक ल्याए। तिनीहरूले जय-जयकार गरे, तिनीहरूले नरसिङ्गा तुरहीहरू र झ्याली, वीणा अनि साराङ्गीहरू बजाए।

29 and it cometh to pass, the ark of the covenant of Jehovah is entering in unto the city of David, and Michal daughter of Saul is looking through the window, and seeth king David dancing and playing, and despiseth him in her heart.जब करारको सन्दूक दाऊदको शहरमा ल्याइपुर्याइयो, मीकलले झ्यालबाट हेरिन्। मीकल शाऊलकी छोरी थिइन्। तब तिनले राजा दाऊदलाई नाच्दै गरेका अनि बाद्य-बाजाहरू बजाउँदै गरेका देखिन्, अनि तिनले दाऊद प्रतिको आफ्नो श्रद्धा हराइन अनि तिनले सोचिन दाऊदले आफैंलाई मूर्ख बनाइरहेछन्।

Nepali Bible