1 Corinthians 4:17
यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई संझाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
1 Corinthians 4:17 in Other Translations
King James Version (KJV)
For this cause have I sent unto you Timotheus, who is my beloved son, and faithful in the Lord, who shall bring you into remembrance of my ways which be in Christ, as I teach every where in every church.
American Standard Version (ASV)
For this cause have I sent unto you Timothy, who is my beloved and faithful child in the Lord, who shall put you in remembrance of my ways which are in Christ, even as I teach everywhere in every church.
Bible in Basic English (BBE)
For this cause I have sent Timothy to you, who is my dear and true child in the Lord; he will make clear to you my ways in Christ, even as I am teaching everywhere in every church.
Darby English Bible (DBY)
For this reason I have sent to you Timotheus, who is my beloved and faithful child in [the] Lord, who shall put you in mind of my ways [as] they [are] in Christ, according as I teach everywhere in every assembly.
World English Bible (WEB)
Because of this I have sent Timothy to you, who is my beloved and faithful child in the Lord, who will remind you of my ways which are in Christ, even as I teach everywhere in every assembly.
Young's Literal Translation (YLT)
because of this I sent to you Timotheus, who is my child, beloved and faithful in the Lord, who shall remind you of my ways in Christ, according as everywhere in every assembly I teach.
| For | διὰ | dia | thee-AH |
| this cause | τοῦτο | touto | TOO-toh |
| sent I have | ἔπεμψα | epempsa | A-pame-psa |
| unto you | ὑμῖν | hymin | yoo-MEEN |
| Timotheus, | Τιμόθεον | timotheon | tee-MOH-thay-one |
| who | ὅς | hos | ose |
| is | ἐστίν | estin | ay-STEEN |
| my | τέκνον | teknon | TAY-knone |
| beloved | μου | mou | moo |
| son, | ἀγαπητὸν | agapēton | ah-ga-pay-TONE |
| and | καὶ | kai | kay |
| faithful | πιστὸν | piston | pee-STONE |
| in | ἐν | en | ane |
| Lord, the | κυρίῳ | kyriō | kyoo-REE-oh |
| who | ὃς | hos | ose |
| into you bring shall | ὑμᾶς | hymas | yoo-MAHS |
| remembrance | ἀναμνήσει | anamnēsei | ah-nahm-NAY-see |
| of my | τὰς | tas | tahs |
| ways | ὁδούς | hodous | oh-THOOS |
| which | μου | mou | moo |
| be | τὰς | tas | tahs |
| in | ἐν | en | ane |
| Christ, | Χριστῷ | christō | hree-STOH |
| as | καθὼς | kathōs | ka-THOSE |
| I teach | πανταχοῦ | pantachou | pahn-ta-HOO |
| every where | ἐν | en | ane |
| in | πάσῃ | pasē | PA-say |
| every | ἐκκλησίᾳ | ekklēsia | ake-klay-SEE-ah |
| church. | διδάσκω | didaskō | thee-THA-skoh |
Cross Reference
1 Corinthians 7:17
जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा उ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु।
1 Timothy 1:2
तिमोथीलाई, जो विश्वासमा मेरा सच्चा पुत्र हुन, हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह करूणा र शान्ति।
1 Corinthians 16:10
तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्।
2 Timothy 1:2
मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।उत्साह अनि धन्यवाद
1 Corinthians 16:1
अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः
1 Corinthians 14:33
किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।
1 Corinthians 7:25
अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन तथापि म आफ्नो विचार पोख्छु । मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ।
1 Corinthians 11:2
म तिमीहरूको प्रशंसा गर्दछु कारण तिमीहरूले सबै कुरामा मलाई सम्झन्छौ अनि मैले दिएको शिक्षालाई तिमीहरूले ठीकसँग पालन गर्दछौ।
1 Corinthians 11:16
यस विषयमा कोही मानिस अझै बहस गर्न खोज्छन्। हामी र परमेश्वरका मण्डलीहरूको त्यस्तो व्यवहार छैन।
Revelation 2:10
तिमीहरुले पाउने कष्टहरुमा भयभीत नबन। म तिमीहरुलाई भन्दछु, शैतानले तिमीहरु मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरुले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरुले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरु विश्वासी रह्यौ भने, म तिमीहरुलाई जीवनको मुकुट प्रदान गर्नेछु।
Revelation 2:13
मलाई थाहा छ तिमीहरु कहाँ बस्छौ। तिमीहरु त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरु म प्रति विश्वासी छौ। तिमीहरुले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरुको नगरमा मारियो। तिमीहरुको नगर त्याही हो जहाँ शैतान बस्छ।
2 Timothy 3:10
मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्द्छौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोडदिनँ।
2 Timothy 2:2
मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ।
1 Thessalonians 3:2
तिमीहरूलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं।
Proverbs 13:17
सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ।
Matthew 24:45
“बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ।
Matthew 25:21
“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ’
Matthew 25:23
“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति थोरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिनेछु। आऊ र म सित खुशी भनाऊ।’
Acts 19:21
तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।”
1 Corinthians 4:2
यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि उ त्यो विश्वासको योग्य छ।
1 Corinthians 4:15
ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ।
Ephesians 6:21
हाम्रा प्यारा भाइ टाइकिकसलाई तिमीहरूकहाँ पठाइएकोछ। उनी प्रभुको काममा एक विश्वासी सेवक हुन्। मेरो बारेमा उनले सबै कुरा बताउनेछन्। र म कस्तो छु, के गर्दैछु त्यो उनले बताउने छन्।
Philippians 2:19
तिमोथीलाई तिमीहरूकहाँ चाडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म र्हषित हुनेछु।
Colossians 1:7
परमेश्वरको अनुग्रह बारे तिमीहरूले इपाफ्रासबाट सिकेका छौ। इपाफ्रास हामीसँगै काम गर्छन्, अनि हामी उसलाई माया गर्छौं। हाम्रा लागि उनी ख्रीष्टका विश्वासी सेवक हुन्।
Colossians 4:9
ओनोसिमससित उनी आउँदैछन्। ओनेसिमस एकजना विश्वासयोग्य अनि प्यारो भाइ हुन। उनी तिमीहरूकै समूहका हुन्। टाइकिकस र ओनोसिमसले तिमीहरूलाई यहाँको जम्मै हालखबर भन्नेछन्।
Numbers 12:7
तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु।